pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

क्रिसमसको अवसरमा थाहाको शिखर फल्चामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

20251217_092218-1765950807.jpg

थाहा नगरपालिका वडा नं. ३ शिखर फल्चामा क्रिसमसको अवसरमा थाहा ख्रिष्टीयन चर्चहरुको संयुक्त आयोजनामा बुधबार बिहान शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम मकवानपुर पाष्टर एसोसिएसनका अध्यक्ष पाष्टर सुबास गोपालीको अध्यक्षतामा तथा थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा एनसिएफ जिल्ला अध्यक्ष तथा वसन्त चर्चका पाष्टर सूर्य बहादुर पाख्रीन, एनसिएफ जिल्ला सदस्य तथा शिखर इम्माउसका पाष्टर राम बहादुर गोपाली लगायत थाहा नगरपालिका भित्रका विभिन्न चर्चका पाष्टरहरूको उपस्थिति रहेको थियो। पाष्टरहरू सूर्य बहादुर पाख्रीन, जित बहादुर थोकर र सुबास गोपालीले बचनको प्रार्थना गर्नुभएको थियो।
शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि उपप्रमुख भरत गोपालीले सबै धर्मको अस्तित्व स्वीकार्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुहुँदै समुन्नत समाज निर्माणका लागि आपसी सम्मान र सहअस्तित्व आवश्यक रहेको बताउनुभयो। उहाँले नेपाली समाजमा हिन्दू, बौद्ध, इस्लाम र इसाइ (क्रिश्चियन) धर्मका चाडपर्वलाई सबैले आफ्नै पर्वझैँ मनाउने परम्परा रहेको उल्लेख गर्दै सबै धर्मका पर्वलाई समान सम्मान गर्ने संस्कार हाम्रो विशेषता भएको बताउनुभयो।
विशिष्ट अतिथि वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले देशमा आएको आमूल राजनीतिक परिवर्तनपछि नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको स्मरण गराउँदै सबै धर्मलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिनुहुँदै क्रिसमसको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विभिन्न भजन प्रस्तुत गरिएको थियो भने कार्यक्रमको सञ्चालन शिखर इम्माउसका संजय गोपालीले गर्नुभएको थियो।

क्रिसमसका दिन ईशाई धर्मावलम्वीहरुले चर्चहरुमा प्रार्थना गर्ने र यशुको भजन सहित साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै मेरी क्रिसमस भन्दै शुभकामना आदानप्रदान गर्ने चलन रहेको छ ।
क्रिसमसको अवसरमा उपहार दिनुका साथै घर तथा चर्चहरुमा क्रिस्मस ट्री सजाएर सान्त क्लाउजको पोशाक लगाउने समेत गरिन्छ ।
सर्वसाधारण मानिसलाई विभेदबाट मुक्त पार्न येशु आफैँ क्रसमा चढेकोले येशुलाई जिसस क्राइस्ट पनि भन्ने गरिएको भनाइ छ ।
ईसाको जन्म २ ईसापूर्वमा इस्राइलको नासिरत प्रान्तको एक गाउँ बेतलेहममा धेरै कठिन परिस्थितिहरूमा भएको विश्वास गरिन्छ । उनको माता मरियम उनको जन्मको समय कुमारी नै थिइन् । नाम मात्रको लागि उनको यूसुफसँग विवाह भएको थियो ।
मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएका थिए ।
बाइबलका अनुसार नै मरियमलाई उनको कोखबाट ईश्वरपुत्रको जन्म हुनेछ भनेर ईश्वरको सन्देश प्राप्त भएको मानिन्छ ।
यहूदी धर्मका नबि हरुले युगौँ पहिले एक उद्धारक या मुक्तिदाता मसीहाको पुनः अवतरण हुने भविष्यवाणी गरेको मान्यता छ । जेरुसेलमको बेथलेहमा दुई हजार  २५ वर्षअघि कुमारी मारियमको कोखबाट येशुको जन्म भएको भनिएको छ ।
ईसा र उनको परिवार जन्मजात यहुदी थिए भनिएको छ भने मानवका लागि योगदान दिएको सम्झनामा इस्वी संवत् चलाइएको समेत विश्वास गरिएको छ।

20251217_094643-1765950807.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...