Thursday, 25 Apr, 2024
खेल

केशवलाल स्मृति राष्ट्रिय भलिबल जेठ १६ देखि हेटौंडामा

FB_IMG_1685280761823-1685280772.jpg

यही जेठ १६ गते हेटौंडामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाका अध्यक्ष प्रताप विष्टले जेठ १६ गते देखी हेटौंडामा राष्ट्रिय भलिबल हुन लागेको बताए । प्रतियोगितामा दश टोलीले नाम दर्ता गरिसकेको भन्दै अध्यक्ष विष्टले प्रतियोगितामा पुरस्कार सहित करिब २५ लाख खर्च हुने अनुमान रहेको बताएका छन् ।

प्रतियोगितामा विजेताले दुई लाख नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष विष्टले बताए । प्रतियोगिताको सेमी फाइनलमा पुग्ने दुई टिमलाई नगद ५० हजार सान्त्वना पुरस्कार प्रदान गर्ने जनाइएको छ । खेलको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडा १९ र ३ नम्बर वडा कार्यालय सहयोगीको रुपमा रहने आयोजकले जनाएको छ । यस वर्ष पुरुष तर्फको राष्ट्रिय खेल भएता पनि आगामी वर्षदेखी महिलाहरुको पनि प्रतियोगिता गरिने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाले बताए ।

प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेश प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङ्जा र पाथिभरा भलिबल टिम झापाको प्रतिस्पर्धा रहने सिटौलाले बताए ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला, हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको थियो ।
सतमार्ग अनलाइन बाट

 


world-link-1690434568.jpg
सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...