pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कृष्ण जात्रा २०८०:- लिटल राधाकृष्ण प्रतियोगिता संगै घैटो फुटाइने,

FB_IMG_1693481602110-1693481824.jpg

थाहा नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि मानिसको सबभन्दा बढी भिड लाग्ने कृष्ण जात्रा ,घैटो फुटाउने जात्रा तथा लिटिल राधाकृष्ण प्रतियोगिता र लिटल लाखे प्रतियोगिता यस  बर्ष पनि भव्य रूपमा हुने भएको छ। 

२०७९ मा सम्पन्न लिटल राधाकृष्ण र लिटल लाखेमा सहभागीहरु

हरेक बर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट थाहा नगरको मुख्य बजार शिखरकोटमा घैटो फुटाउने जात्रा तथा लिटल राधाकृष्ण र लिटल लाखे प्रतियोगिता हुने   गर्दछ।

फाइल फोटो,घैटो फुटाउदै

२०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार ब्यबस्थापन समिती र शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी सस्कृतीको सास्कृतिक सहयोगमा आयोजना हुँदै आइरहेको २३ औं घैटो फुटाउने जात्रा भब्य र सभ्य रुपमा सम्पन्न गर्न मेला व्यवस्थापन उपसमिति समेत गठन गरिएको छ।
 यो बर्ष घैटो फुटाइ सङै अन्य विविध कार्यक्रम हरु बाल राधाकृष्ण प्रतियोगिता ,बाल लाखे नाच प्रतियोगिता तामाङ समुदायको ढ्याङ्रो नाच प्रदर्शनी ,गोपाली तथा पालुङ्गको धिमे बाजा सहित लाखे नाच समेत प्रदर्शन गरिने छ।भने महिला पंचेबाजा र महिला खैचेडी भजन सहित adidod डान्स समुहको बेजोड सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ।
मेला तथा कार्यक्रम व्यवस्थापन गर्नको निम्ति आयोजक बजार व्यवस्थापन समिती र शिखर क्लवको भाद्र १३ गते बसेको बैंठकले विभिन्न जिम्मेवारि समेत तोकेको छ।

जात्रा व्यवस्थापन गर्न तोकिएको जिम्मेवारी 

भाद्र २० गते कृष्ण मन्दिरमा पुजाआजा सहित लिटल राधाकृष्ण प्रतियोगिता सहित लिटल लाखे,धिमे बाजा र तामाङ ढ्याङ्रो झाकी सहित पालुङको महिला पंचेबाजा र किटेनिको महिला खैचडी भजन समेत प्रदर्शनी हुने आयोजकले जनाएको छ भने भाद्र २१ गते डान्सको भरपुर स्टेज कार्यक्रम सहित दिउँसो १ बजेबाट घैटो फुटाउने प्रतियोगिता हुने छ भने तेसपछि श्रीकृष्णको रथ यात्रा प्रारम्भ भै जात्रा समापन गरिने बजार व्यवस्थापन समितिको अध्यक्ष मनोज रायमाझीले जानकारी दिए।

फाइल फोटो कृष्ण जात्रा शिखरकोट

रायमाझीका अनुसार लिटल राधाकृष्ण प्रतियोगितामा नाम दर्ता गर्न निशुल्क हुने तथा नाम दर्ता गराउनको निम्ति फोन न ९८५५०७२५३३ र ९८१८७२७९२८ मा सम्पर्क गर्न सकिने छ।

Screenshot_20220819-20045-1693483078.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...