pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कृष्ण जात्रा तथा लिटल राधाकृष्ण प्रतियोगिताको तयारी पूरा।

jatra1-1693920672.jpg

बिगत २६ बर्ष देखि निरन्तर रूपमा थाहा नगरपालिकाको शिखरकोटमा लाग्दै आएको कृष्ण जात्राको तयारी पूरा भएको छ।
आयोजक शिखरकोट बजार व्यवस्थापन समितिको अनुसार मन्दिर तथा बजार क्षेत्रलाई शृङ्गारने काम सक्किसकेको तथा सांस्कृतिक कार्यक्रमको लागि स्टेज निर्माण कार्य भैरहेको समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिए।


रायमाझीका अनुसार भोलि बिहानै देखि मन्दिरमा पुजा गर्ने भक्तजनको भिड हुने भएकोले स्वयंसेवक परिचालन गरिने बताउदै ट्राफिक जाम हुने हुँदा पसल हरुलाइ सडक छेउछाउ नराख्न आग्रह गरियको बताए।
भोलि २० गते लिटल राधाकृष्ण प्रतियोगिता संगै लिटल लाखे,महिला पन्चेबाजा,महिला खैजडी भजन,तामाङ ढ्याङ्रो नाच सहित झाकी प्रदर्शनी हुने छ भने २१ गते घैटो फुटाइ र श्रीकृष्ण रथारोहण सहित जात्रा समापन गरिने छ।
२०५४ साल देखि शिखरकोट बजार व्यवस्थापन समिती,शिखर क्लव र गोपाली समाजले संयुक्त रुपमा जात्राको आयोजना गर्दै आइरहेको छ।


लिटल राधाकृष्ण प्रतियोगितामा निशुल्क रुपमा आफ्ना नानिबाबु लाई सहभागी गराउन पाइने आयोजक समितिका विश्व अर्यालले जानकारी दिएका छन।लिटल राधाकृष्ण प्रतियोगितामा भाग लिनको लागि २० गते ११ बजेसम्म आफ्ना नानिबाबुको नाम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ जस्को लागि मनोज रायमाझी लाई ८९५५०७२५३३ मा सम्पर्क गर्न सकिने छ।
बिजेतालाइ नगद पुरस्कारको समेत व्यवस्था रहेको छ।

jatra2-1693920672.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...