pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कार्यसम्पादन मुल्यांकन अनुदान पाउनेमा थाहा जिल्लामा अगाडी,हेटौंडा र थाहाको बराबर

DSCN4807-1711422733.JPG

स्थानीय तहको कार्यसम्पादन सूचकको आधारमा मकवानपुरको थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाले बराबर अनुदान पाएको छ । संघीय सरकारले कार्यसम्पादन सूचकमा यि दुई पालिकाको अवस्था उही भएका कारण अनुदान समेत बराबर सिफारिस गरेको बताइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामि आर्थिक वर्ष २०८१/०८२ का लागि न्यूनतम, सुत्रमा आधारित र कार्यसम्पादनमा आधारित अनुदानको एकमुष्ट बजेट वित्तीय समानीकरण अनुदानको रुपमा स्थानीय सरकारलाई पठाउन सिफारिस गर्दछ ।

आगामि आर्थिक वर्षका लागि इन्द्रसरोवर गाउँपालिकाले न्यूनतम ३ करोड, सुत्रमा आधारित ३ करोड ८४ लाख र कार्य सम्पादनमा आधारित ५२ लाख अनुदान पाएको छ । थाहा नगरपालिकाले न्यूनतम ३ करोड ५० लाख, सुत्रमा आधारित ८ करोड २६ लाख तथा कार्यसमदनमा आधारित अनुदान ५२ लाख पाएको छ । कार्यसम्पादनमा आधारित यो बजेट हेटौंडा उपमहानगरको जत्तिकै हो । कैलाश गाउँपालिकाले न्युनतम ३ करोड २५ लाख, सुत्रमा आधारित ५ करोड ५१ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४८ लाख पाएको छ । राक्सिराङ गाउँपालिकाले न्यूनतम ३ करोड २५ लाख, सुत्रमा आधारित ५ करोड ७८ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४१ लाख बजेट पाएको छ । मनहरी गाउापालिकाले न्यूनतम ३ करोड ७५ लाख, सुत्रमा आधारित ८ करोड १६ लाख र कार्यसम्पादनमा आधारित ४६ लाख पाएको छ ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिकाले न्यूतम ७ करोड ५० लाख, सुत्रमा आधारित २१ करोड ९६ लाख र कार्यसमपादनमा आधारित ५२ लाख रुपियाँ बजेट पाएको छ । भीमफेदी गाउँपालिकाले न्यूनतम ३ करोड २५ लाख, सुत्रमा आधारित ६ करोड १९ लाख र कार्यसम्पादनमा आधारित ४८ लाख रुपियाँ पाएको छ । मकवानपुरगढी गाउँपालिकाले न्यूनतम ३ करोड २५ लाख सुत्रमा आधारित ६ करोड ९ लाख र कार्यसम्पादनमा आधारित ४८ लाख रुपियाँ पाएको छ । बकैया गाउँपालिकाले न्यूनतम ३ करोड ७५ लाख सुत्रमा आधारित ७ करोड ७४ लाख र कार्यसम्पादनमा आधारित अनुदान ४२ लाख रुपियाँ पाएको छ । बागमती गाउँपालिकाले न्यूनतम ३ करोड ५० लाख, सुत्रमा आधारित ६ करोड ५५ लाख र कार्यसम्पादनमा आधारित ३४ लाख रुपियाँ बजेट आएको छ । कार्यसम्पादनमा बागमतीले पाएको बजेट जिल्लाकै सबैभन्दा कम हो ।

कार्यसम्पादन अन्तर्गत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गर्नुपर्ने कामहरु गरे÷नगरेको तथा बजेट विनियोजन बमोजिम गरे÷नगरेको, तोकिएको लक्ष हासिल गरे÷नगरेकोलगायतका विषयवस्तु समेटी १७ सूचक तय गरी अंकभार निर्धारण गरिएको छ ।

स्थानीय सरकारलाई न्यूनतम अनुदान सिफारिस गर्दा जनसंख्यालाई मुख्य आधार बनाइएको छ । सिफारिस गर्दा १० हजार भन्दा कम जनसंख्या भएको स्थानीय तहलाई २ करोड ७५ लाख निर्धारण गरिएको छ । १० हजार वा सो भन्दा बढि तर २ लाख भन्दा कम जनसंख्या भएका स्थानीय सरकारहरुको हकमा प्रति १० हजार जनसंख्यामा २ लाख अनुदानका दरले तय गरिएको छ । २ लाख भन्दा बढि जनसंख्या भएका स्थानीय सरकारहरुलाई एकमुष्ट ७ करकोड ७५ लाख न्यूतम सरकारी अनुदान निर्धारण गरिएको छ ।

सुत्रमा आधारित मानव विकास सूचाङ्क, आर्थिक सामाजिक असमानता, पूर्वाधारको अवस्था, राजश्वको अवस्था र खर्चको आवश्यकता तथा राजश्व उठाउन सक्ने क्षमता गरी ५ वटा शीर्षकमा समेटि मुल्याङ्कन गरिएको छ । यि सबै सूचकहरुमा मूल्याङ्कन गरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरुका लागि त्तिीय समानीकरण अनुदान सिफारिस गर्ने कानूनी व्यवस्था छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...