gumba-1715660528.jpg
Sunday, 19 May, 2024
थाहा नगर

कार्यसम्पादन मुल्यांकनमा थाहा नगरपालिका दोस्रो स्थानमा ०.४५ अंकले हेटौंडा प्रथम

DSCN4807-1710724288.JPG

स्थानीय तहले कार्य सम्पादन मूल्याङ्कनको आधारमा प्राप्त गरेको अंक राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहसहित प्रदेश सरकारहरुले प्राप्त गरेको अन्तिम नतिजा २९ फागुनमा सार्वजनिक गरेको हो । कार्य सम्पादन मूल्याङ्कनको प्रारम्भिक अंक ८ फागुनमा प्रकाशित गरी ७ दिनको समय दिई पुनरावलोकन गर्न सूचना प्रकाशन गरेको थियो । उक्त अवधिमा प्राप्त निवेदनका आधारमा आयोगले अन्तिम नतिजा प्रकाशन गरेको हो ।

सार्वजनिक अंक अनुसार मकवानपुरमा हेटौंडा उपमहानगरपालिकाले ६१.११ अंक प्राप्त गर्दै पहिलो स्थानमा छ । ६०.६६ अंकसहित थाहा नगरपालिका दोस्रो स्थानमा रहेको छ । थाहालाई हेटौंडाले जम्मा ०.४५ अंकले उछिनेको छ । मकवानपुरका १० स्थानीय तह मध्ये कार्य सम्पादन मूल्याङ्कनको कुल १०० पूर्णाङ्कमा ६० अंक कटाउने यि दुई पालिका मात्र हुन् ।

त्यसैगरी मकवानपुरगढी गाउँपालिकाले ५५.९७ अंक पाएको छ । भीमफेदी गाउँपालिकाले ५५.९१, कैलाश गाउँपालिकाले ५६.५२, मनहरीले ५३.८४, इन्द्रसरोवरले ४९.५२, बकैयाले ४८.८४, राक्सिराङले ४८.२४ र बागमती गाउँपालिकाले ४०.२२ अंक प्राप्त गरेको छ ।

कार्यसम्पादन मूल्याङकनको सूचकका आधारमा स्थानीय तहमा वित्तिय समानीकरण अनुदानको बजेट निर्धारण हुने गर्दछ । प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधिनमा रही प्रदेश र स्थानीय तहका लागि निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन गरी अंक प्रदान गरिएको आयोगले जनाएको छ 


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...