pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कबड्डिमा राष्ट्रिय पदक विजेता निश्कला बिष्ट लाई जकमावी द्वारा सम्मान,

FB_IMG_1683187462244-1683193336.jpg

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्ववधान तथा राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गत बैशाख १५ देखि १७ सम्म काठमाडौमा सम्पन्न  राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे कवड्डी तर्फकाे राष्ट्रिय प्रतियाेगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकी जनकल्याण माबिकी छात्रा निश्कला बिष्टलाई  विद्यालयले एक कार्यक्रमको आयोजना गरि  सम्मान गरेको छ।
बैशाख २१ गते विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरि खेलाडी बिष्ट लाई नगद सहित सम्मान गरेको हो।
  जनकल्याण माबिमा कक्षा ११ मा मानविकी संकायमा अध्यनरत बिष्टले थाहानगर छनाेटमा प्रथम, जिल्ला स्थरिय छनाेट, प्रदेश स्तरिय छनाेट हुँदै राष्ट्रिय प्रतियाेगिताकाे लागि छनाेट भएकि थिइन् ।
 थाहानगरकाे कुनै पनि खेलाडीकाे लागि याे एेतिहासिक सफलता भएकाेले नगरपालिकाको गौरव बढेको विद्यालयका प्रधानाध्यापक सानोभाइ कार्कीले बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले विजेता खेलाडी निश्कला बिष्ट लाई सम्मानपत्र प्रदान गरेका थिय।
कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक रामकुमार बल,कवड्डी प्रशिक्षक राखी लामा,शिक्षक महासंघ थाहाका अध्यक्ष राजाराम कार्की ,सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्ट लगायत शिक्षक तथा कक्षा ११ का विद्यार्थी हरुको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...