Thursday, 09 May, 2024
थाहा नगर

एलआईसी पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी

1711980884499-1711981140.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था एल आई सी नेपाल पालुङ शाखाले  स्वर्गीय किसन तामाङको परिवारलाई मृत्युदावीको रकम हस्तान्तरण गरेको छ ।
थाहा नगरपालिका ३ घर्तीखोला दम्की निवासी किसन तामाङले वि स २०७९  असोजमा एल आई सी नेपालमा दुइ लाखको बीमा गरेकामा पोलिसीमा मृत्यु दावी परेपछि उनको आश्रीत परिवारलाई दावी भुक्तानी गरिएको हो । सोमबार एक कार्यक्रमकाबीच थाहा नगरपालिका ३ का वडाअध्यक्ष हिरेन्द्रकुमार रायमाझी र शाखा प्रमुख विकल्प बजगाँईले २ लाख २२ हजार  रुपैंयाको चेक उनको परिवारलाई हस्तान्तरण गरेका हुन् ।

स्वर्गाीय तामाङको बीमा गरेको एक बर्षमा नै कालगतीको कारण २०८० कार्तिक २४ मा निधन भएपछि निजकी श्रीमती माया तामाङलाई विमाङक र एक वर्षको लाभांश सहित प्रदान गरिएको हो । तामाङले पहिलो र दोस्रो किस्ताको २६ हजार १ सय २० रुपियाँ मात्र बुझाएका थिए ।

चेक हस्तान्तरण गर्दै वडाअध्यक्ष रायमाझीले बीमा मानिसका लागि अनिवार्य नै भएकाले आफु हुदाँ आर्र्थिक सुरक्षा र आफु नहुँदा पारिवारिकक सुरक्षा हुने भएकाले आफनो क्षमता अनुसारको बीमा गरि लगानीलाई सुरक्षीत गर्नुपर्नेमा जोड दिएका थिए । बीमाको महत्व र उपयोगिता ग्रामिण तहसम्म बुझाउन नसक्दा परिवारमा पर्ने अकल्पनिय दुर्घटना पछि भोग्नु परेको आर्थिक समस्याको तितो सत्यलाई आत्मसाथ गर्दै बीमालाई आपत विपतको साथी बनाउनु पर्ने सुझाव दिदै उपलब्ध भएको रकमलाई सहि सदुपयोग गरि आफना बाल बालिकाको शिक्षा दिक्षामा प्रयोग गरि सुरक्षीत लगानी गर्न समेत उनले अनुरोध गरे ।

सोही अवसरमा एल आई सी नेपाल पालुङ शाखाका शाखा प्रमुख बिकल्प बजगाँई, एजेन्सी म्यानेजर युगशेर बिष्टले बीमा अनिवार्य बचत, आर्थिक सुरक्षा र पारिवारिक दायित्व प्रति सचेत गराउने योजना भएकाले बीमाको महत्व र उपयोगितालाई सवैले बुझनु पर्नेमा जोड दिएका थिए ।

1711980888494-1711981140.jpg

world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...