pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

एमाले थाहा नगर द्वारा थाहा नगरलाई १८ बुँदे ध्यानाकर्षणपत्र

emale-1676454115.jpg

नेकपा एमाले थाहा नगर कमिटिले थाहा नगरको चौतर्फी बिकासे योजनाको कार्यान्वयनको लागि १८ बुदे ध्यानाकर्षण पत्र थाहा नगर प्रमुख बिष्णु बिष्ट समक्ष बुझाएको छ। नेकपा एमाले थाहा नगर अध्यक्ष अच्युतम प्रसाद ढकालको नेतृत्वमा विभिन्न विषयमा पार्टीको ध्यानाकर्षण भएको बताएको छ। ध्यानाकर्षण पत्रमा भनियको छ " नेकपा एमालेले थाहा नगर स्थापना कालदेखी नै थाहा नगरको समृद्धिको बाटो तय गर्ने सम्बन्धमा महत्वपूर्ण भुमिका खेल्दै आइरहेकोले आम थाहा नगरबासिको बिकासको परिकल्पना लाई साकार पार्न आफ्नो पार्टीले सो भुमिकामा कुनै कमि हुन नदिने र स्थानीय सरकारलाई पटक पटक सुझाव र ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको बिगतको बिसंगती नदोहोर्‍याउन ध्यानाकर्षण गरियको " भन्दै १८ वटा बुदामा थाहा नगरपालिकाको ध्यानाकर्षण गरियको जनायको छ। ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख बिष्टले सवै संग सहकार्य गरेर नै थाहा नगरको बिकासमा हातेमालो गरेर अगाडि बढ्ने बताउदै वहाँ हरुले ल्यायको ध्यानाकर्षण पत्रमा भएको बुदाहरुलाइ कार्यान्वयन गरेर अगाडि बढ्ने तेसको लागि होस्टेमा हैसेको आवश्यक रहेको बताउनुभयो। हेर्नुस ध्यानाकर्षण पत्रको १८ बुदा 

१) थाहा नगर समृद्धिको मुलधारको रुपमा रहेको थानकोट चित्लाङ मार्गलाई आगामी आर्थिक बर्षमा निरन्तर बजेटको व्यवस्थापन गरि छिटो सम्पन्न गर्ने पहलका लागि ध्यानाकर्षण गर्दछौ।
२) थाहा नगर बिस्तारै कन्क्रीटयुक्त शहरको रुपमा बिकास हुँदै गैरहेको हुँदा तुरुन्तै भुउपयोग नितिलाइ कार्यान्वयनमा लेराइ कृषियोग्य जमिनको संरक्षण गर्न 
३)थानकोट चित्लाङ घोषित सुरुङमार्ग छिटो कार्यान्वयनमा ल्याउन पहल कदमी गर्नुपर्ने 
४)नागरिकको सुसूचित हुने अधिकारलाई संरक्षण गर्दै नगरको भावी योजनाको सार्वजनिक र पर्यटन गुरुयोजना र अन्य योजनाको सार्वजनिक गर्दै,छलफलमा ल्याइ परिमार्जन गर्न र आवश्यक भए परिमार्जन गरि सोही अनुरुपको बजेटको व्यवस्थापन गर्न।
५) बाध्यताले उपभोक्ता समिती बिचौलिया बन्ने अवस्थाको अन्त गरि विधि र प्रक्रियालाई सहज बनाइ विकास निर्माणको योजना कार्यान्वयनमा उपभोक्ता मैत्री बनाइ नितिगत भस्ट्रचारमा कमि ल्याइयोस।
६) थाहा नगरमा अवस्थित,बागवानी फाम,बनस्पति उद्दान,भेडा फाम,जस्ता कम उपयोगमा आएका जमिन हरुलाई नगर मातहतमा ल्याइ कृषि पर्यटनको रुपमा बिकास गर्न गुरुयोजना बनाइ कार्यान्वयन गर्नुपर्ने ।
७)खेल पर्यटन भित्र्याउने संभावना भएको स्थान नगरमा थुप्रै भएकोले तेस्ता स्थानमा भौतिक संरचना बनाउने योजना ल्याउनुपर्ने ।
८)मुलाबारी,मनकामना ,कोटथुम्की ,डाडाबास,झम्केश्वरी जस्ता संभावित पर्यटकिय गन्तव्यको रूपमा पहिचान गरि पर्यटकिय स्थल बनाउने तथा जिर्ण रुपमा रहेको दामन भ्यु टावर लाई व्यवस्थित गर्न योजना ल्याउनुपर्ने ।
९)झम्केश्वरी देखि संखमुल सम्मको यरियालाइ लेक पार्कको रुपमा बिकास गर्न सम्भब्यता अध्ययन गर्दै गुरुयोजना बनाउनुपर्ने।
१०)प्राकृतिक जोखिममा परेका मानव बस्ती र आवादी जमिनको संरक्षण गर्ने योजना तत्काल बनाउनुपर्ने ।
११)नगरलाइ आन्तरिक श्रोतमा अब्बल बनाउन सम्भावित योजनाको खोजी गरि योजना बनाउनुपर्ने।
१२)जनप्रतिनिधि हरुले आफ्नो क्षत्राधिकार भन्दा बाहिर हस्ताक्षप अन्त्य गर्नुपर्ने ।
१३)गत आब २०७८/०७९ को योजनाहरु टेन्डरमा दिएका कामहरु सुरु नभएका योजनाहरुलाइ तदारुकताका साथ यथासिघ्र कार्यान्वयनमा ल्याइनुपर्ने।
१४)विशेष गरि कृषि पर्यटन र शिक्षाको लागि बिषयबिज्ञहरु द्वारा संघ संस्था बुद्दिजिवी,राजनैतिक दल हरु संग छलफल र परामर्श गर्नुपर्ने ।
१५)सवै वडामा जेष्ठ नागरिक दिवासेवा केन्द्रको स्थापना गर्ने योजना तय गर्नुपर्ने ।
१६)महिला तथा युवाको लागि युवा स्वरोजगारको लागि कृषि उपज उद्योगको स्थापना गर्न जोड दिनुपर्ने ।
१७)खेतियोग्य जमिनको लागि डिप बोरिङ तथा थोपा सिचाइको योजना निर्माण गर्नुपर्ने ।
१८)देशभर अन्य स्थानहरुमा रासायनिक मलको माग कम हुने स्थानको पहिक्स्हान गरि थाहा नगरमा मलको मात्रा वृद्धि गर्न सम्बन्धित निकायमा पहल गरि मलखादको अभावलाइ कम गर्न सहज योजना बनाउनुपर्ने।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...