pani-1786865868.jpg
Friday, 28 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहाको परिषद भेला सम्पन्न

FB_IMG_1710600650426-1710600681.jpg

नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगरपालिकाको प्रथम परिषद भेला शनिवार शिखरकोटको शंकर होटलको सभाहलमा सम्पन्न भएको छ । 
संगठनका थाहा नगरपालिका अध्यक्ष मनोज रायमाझीको अध्यक्षता एवम् बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र थाहा नगर प्रमुख समेत रहेका माओवादी थाहा नगर इन्चार्ज बिष्णु बिष्ट आदर्शको बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रिय सदस्य हरीकृष्ण कार्की ,नेकपा माओवादी केन्द्रका थाहा नगरपालिका अध्यक्ष बिनोद कुमार लामा, एकिकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष वसन्त राइ,उपाध्यक्ष राजाराम कार्की,केन्द्रिय परिषद सदस्य जंगबहादुर लामा,प्रदेश परिषद सदस्य राजकुमार कार्की,दिपक बिष्ट,प्रदेश सदस्य दिपा बल,   लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल समाजवादी राष्ट्रिय शिक्षक संगठन  परित्याग गरि बिष्णु वाइवा एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका थाहा नगर इन्चार्ज तथा नगर प्रमुख समेत रहेक बिष्णु बिष्टले देशमा आमुल परिवर्तन ल्याउन शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेकोले अब समाजवादी आन्दोलनमा शिक्षकहरुको भुमिका आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई आस्थाको आधारमा भेदभाव गर्न नहुने बताउनुभयो । 

तेसै गरि प्रमुख अतिथी माओवादी मकवानपुर जिल्ला इन्चार्ज तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले अन्य संगठन भन्दा फरक ढंगवाट शैक्षिक शत्रको गुणस्तरीयता बढाउन लागिपर्नु पर्ने र एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध साथीहरुलाई आवश्यक साथ सहयोगको लागि पार्टि प्रदेश सरकार लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
भेलाले सदस्यता अभियान सञ्चालन, शिक्षकहरुविच अन्तरक्रिया तथा सङ्गठन सुदृढिकरण लगायतका प्रस्तावहरुमा छलफल गरी निर्णय भएको छ भने उक्त भेला तथा प्रशिक्षणबाट सदस्यता वितरण नविकरण, शिक्षकका समस्या र गुनासोको बारेमा छलफल तथा संगठन सुदृढिकरणको विषयमा रणनीति तय गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

FB_IMG_1710600638446-1710600681.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...