Saturday, 04 May, 2024
थाहा नगर

एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहाको परिषद भेला सम्पन्न

FB_IMG_1710600650426-1710600681.jpg

नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगरपालिकाको प्रथम परिषद भेला शनिवार शिखरकोटको शंकर होटलको सभाहलमा सम्पन्न भएको छ । 
संगठनका थाहा नगरपालिका अध्यक्ष मनोज रायमाझीको अध्यक्षता एवम् बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र थाहा नगर प्रमुख समेत रहेका माओवादी थाहा नगर इन्चार्ज बिष्णु बिष्ट आदर्शको बिशिस्ट आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रिय सदस्य हरीकृष्ण कार्की ,नेकपा माओवादी केन्द्रका थाहा नगरपालिका अध्यक्ष बिनोद कुमार लामा, एकिकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष वसन्त राइ,उपाध्यक्ष राजाराम कार्की,केन्द्रिय परिषद सदस्य जंगबहादुर लामा,प्रदेश परिषद सदस्य राजकुमार कार्की,दिपक बिष्ट,प्रदेश सदस्य दिपा बल,   लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल समाजवादी राष्ट्रिय शिक्षक संगठन  परित्याग गरि बिष्णु वाइवा एकीकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका थाहा नगर इन्चार्ज तथा नगर प्रमुख समेत रहेक बिष्णु बिष्टले देशमा आमुल परिवर्तन ल्याउन शिक्षकहरुको महत्वपूर्ण भुमिका रहेकोले अब समाजवादी आन्दोलनमा शिक्षकहरुको भुमिका आवश्यक रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई आस्थाको आधारमा भेदभाव गर्न नहुने बताउनुभयो । 

तेसै गरि प्रमुख अतिथी माओवादी मकवानपुर जिल्ला इन्चार्ज तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले अन्य संगठन भन्दा फरक ढंगवाट शैक्षिक शत्रको गुणस्तरीयता बढाउन लागिपर्नु पर्ने र एकिकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्ध साथीहरुलाई आवश्यक साथ सहयोगको लागि पार्टि प्रदेश सरकार लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
भेलाले सदस्यता अभियान सञ्चालन, शिक्षकहरुविच अन्तरक्रिया तथा सङ्गठन सुदृढिकरण लगायतका प्रस्तावहरुमा छलफल गरी निर्णय भएको छ भने उक्त भेला तथा प्रशिक्षणबाट सदस्यता वितरण नविकरण, शिक्षकका समस्या र गुनासोको बारेमा छलफल तथा संगठन सुदृढिकरणको विषयमा रणनीति तय गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

FB_IMG_1710600638446-1710600681.jpg

world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...