pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

ऋषेश्वर मन्दिर परिसरमा बौद्ध बिश्वशान्ती महायज्ञ पुजा हुँदै।

rishishwor-1-768x512-1677078115.jpg

मकवानपुर जिल्ला,थाहा नगरपालिकाको वडा नं.४ दामनमा अवस्थित हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको पबित्र तिर्थ स्थल ऋषेश्वर महादेव मन्दिर परिसरमा फागुन १६ र १७ गते बौद्ध धर्मावलम्बीहरुको प्रचलन अनुसार  २ दिने बृहत् विश्व शान्ति महायज्ञ  पुजा आयोजना हुने भएको छ। कार्यक्रमको प्रमुख  लामा पवन तितुङ्गको  अनुसार  यसअघि  पनि  महायज्ञ पुजा  दुईपटक सम्पन्न भैसकेको र यो पुजा तेस्रोपटक आयोजना गरिन लागेको बताउनुभयो। 
लामा पवनले सुरुमा आफ्नै पहलमा  धर्म,संस्कृतिको संरक्षण  एवं ऋषेश्वर तिर्थ क्षेत्रको प्रचारप्रसार र बिकास गर्न/गराउन सो अभियानको थालनी गरेको र पछि अन्य स्थानका लामा गुरुहरु र धार्मिक संगठनहरुको सहकार्यमा सो अभियानलाई थप सक्रिय बनाउदै अधि बढिरहेको पनि बताउनुभयो । बिश्व शान्ती पुजाको प्रमुख उद्देश्य भन्नू नै धर्म,संस्कृतिको रक्षा,बिश्व शान्ति एवं ऋषेश्वर तिर्थ क्षेत्रको सम्पुर्ण बिकास गर्नु रहेको लामाले बताउनुभयो।

दामनको ऋषेश्वर क्षेत्र धार्मिक सहिष्णुताको उदाहरण बनेको छ । हिन्दु र बुद्ध धर्मावलम्बीहरूले आ–आफ्नो आस्था अनुसार यहाँ पूजा गर्छन् । भाकल भाक्छन् र पुरा भएको भन्दै धन्यवाद दिन आउँछन् ।
हिन्दु धर्मावलम्बीले यसलाई ऋषेश्वर महादेव र बौद्धमार्गीले पद्यसम्भव (छिमि झ्याङछुप) का रूपमा यहाँ पूजा गर्दै आएका छन् ।
काठमाडौँबाट ८० किलोमिटर दुरीमा पर्ने दामन मकवानपुरको उत्तरी क्षेत्रमा पर्छ । त्रिभुवन राजपथमा पर्ने उक्त मन्दिर सडकबाट एक किलोमिटरको दुरीमा छ । पैदल यात्रुलाई सडकबाट एक घण्टा  लाग्छ ।
सडकखण्डबाट जङ्गलको बिच बाटो हुँदै मन्दिर पुग्न सकिन्छ । पैदल यात्राका लागि बाटोमा सिँढी बनाइएको छ । पैदलयात्रीलाई बाटोको चिसो पानीले थप ऊर्जा दिन्छ ।
लुम्बिनी विश्वविद्यालयका बुद्धिजम तथा पिस स्टडिजका उपप्राध्यापक पुष्पबहादुर गुरुङका अनुसार सातौँ शताब्दीमा पद्यसम्भव काठमाडौँ हुँदै चीन जाने क्रममा दामन र फर्पिङमा बसेर गएको विश्वास गरिन्छ ।
हिन्दु र बौद्धमार्गीबीचमा धार्मिक सहिस्णुता रहेका कारण नै दुवै धर्मावलम्बीहरूको संयुक्त मन्दिर रहेको हो’ उनी भन्छन्, ‘यो गुफालाई हिन्दु धर्मावलम्बीले भन्दा पनि बुद्धिस्टहरुले बढी मान्ने गरेका छन् । यो गुफालाई दुवै धर्मको तिर्थस्थलका रूपमा लिन सकिन्छ ।’
यसलाई बुद्धिष्ट लामाहरूले छिमि झ्याङछुप गुफा भनेर चिन्दछन् । गुफाको बारेमा पुराना कृति तथा आधिकारिक दस्ताबेजहरू नभेटिए पनि लामाहरू टाढा टाढाबाट आएर लोसुम धोसुम (तीन वर्ष तीन महिना)को तपस्यामा बस्ने गर्छन् । लामाहरू तीन वर्ष तीन महिनासम्म पनि यहाँ तपस्या गर्छन् ।
‘गुफामा पद्यसम्भवको आकृति छ । पद्यसम्भव गुरु आएर यहाँ ध्यान गर्न बस्नु भएको थियो रे’ लामा गुरु निमा लामा भन्छन्, ‘उहाँ बसेको स्थानमा उहाँकै आकृति बनेको छ । यो आकृतिलाई हिन्दु र बौद्ध दुवै थरीले पूजापाठ गर्ने गर्छन् ।’
पद्मसंभवले तपस्या गर्ने क्रममा पानीको अभाव भएपछि ध्यान गरेर पानी निकालेको समेत बताइन्छ । त्यही पानी अझैसम्म प्रयोगमा रहेको स्थानीय किंवदन्ती छ ।
यतिका धेरै विशेषता रहेको यस धार्मिक क्षेत्रको बिकासको लागि भने आजसम्म कुनै व्यवस्थापन समिती बन्न सकेको छैन। त्यसैले पनि भौतिक पुर्वाधारहरु निर्माण गर्नदेखी लिएर प्रचारप्रसार गर्न,धार्मिक पर्यटन प्रवर्द्धन गर्न र नितिगत व्यवस्थापन गर्नमा अनेकौं समस्याहरू आएका छन् ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...