himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

ऋषेश्वर मन्दिर क्षेत्रमा एकादशी जात्रा व्यवस्थित गर्न मदिरा र माछामासु निषेध ‎

1761660060750-1761660148.jpg

थाहा, मकवानपुर ।

‎थाहा नगरपालिका वडा नम्बर ४ मा अवस्थित प्रसिद्ध ऋषेश्वर महादेव मन्दिरमा लाग्ने एकादशी जात्राको व्यवस्थापनका लागि आवश्यक तयारीकोलागि सिमभन्ज्याङमा बृहत् छलफल गरिएको छ।

‎बैठकले ऋषेश्वर मन्दिर प्रवेशद्वारदेखि मन्दिर परिसरसम्म माछामासु र मदिरा निषेध गरिएको छ। आउँदो कार्तिक १५ गते पर्ने ठूली एकादशी (हरिबोधनी एकादशी)को अवसरमा लाग्ने जात्रालाई लक्षित गर्दै  बैठकले यस्तो निर्णय गरेको हो।

‎जात्रा सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि विभिन्न संयोजक तथा जिम्मेवारी तोकिएको बैठकले निर्णय गरेको हो।

‎बैठकका अनुसार स्वयंसेवक व्यवस्थापनका लागि गणेश लामालाई संयोजक तोकिएको छ। परम्परागत रूपमा पाण्डुकेश्वर महादेवको मुकुट ऋषेश्वर लैजाने ल्याउने व्यवस्थाका लागि पाण्डुकेश्वर क्षेत्र विकास समितिका सदस्य कमल केसीलाई जिम्मेवारी दिइएको छ। त्यस्तै मन्दिर प्रवेशद्वार र बजार व्यवस्थापनका लागि सुमन भुजेल संयोजक तोकिएका छन्।

‎बैठकमा नगर प्रमुख विष्णु बहादुर विष्टले ऋषेश्वर क्षेत्र विकास समितिले नै जात्राको नेतृत्व लिनुपर्ने बताए। उहाँले “स्वयंसेवक सञ्चालनदेखि मन्दिर भेटी संकलन, बजार व्यवस्थापनलगायतका सबै कार्य एकद्वार प्रणालीबाट गर्नुपर्छ,” भन्दै नगरपालिकाले कार्यविधि तयार गरी आधिकारिक रूपमा क्षेत्र विकास समिति गठन गरिसकेकाले सबै सरोकारवाला निकायबीच समन्वय गरी ऋषेश्वर क्षेत्रको प्रवर्द्धनात्मक कार्य गर्नुपर्ने धारणा राख्नुभयो।

‎त्यस्तै, नगर उप–प्रमुख भरत गोपालीले ऐतिहासिक र परम्परागत रूपमा चल्दै आएको जात्राको सञ्चालन धार्मिक सहिष्णुतासहित गर्नुपर्ने बताउँदै क्षेत्र विकास समितिको भूमिका अझ सुदृढ हुनुपर्नेमा जोड दिनुभयो।

‎ऋषेश्वर क्षेत्र विकास समितिका अध्यक्ष विनोद लामाको अध्यक्षतामा ११ कार्तिकमा बसेको बैठकले एकादशी जात्रालाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

‎उक्त बैठकमा नगर प्रमुख विष्णु बहादुर विष्ट, उप–प्रमुख भरत गोपाली, वडा नम्बर ४ का वडा अध्यक्ष नारायण लामालगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको विशेष उपस्थिती रहेको थियो।

‎बैठकले इलाका प्रहरी कार्यालय पालुङ र नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन र सुरक्षाको जिम्मेवारी पनि दिने निर्णय गरेको छ।

FB_IMG_1761659673122-1761660148.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...