pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

उद्योग मन्त्रालयका सहसचिब नेतृत्वको टोली संग थाहाका लघु उद्यमीहरुको छलफल

FB_IMG_1684247363812-1684247383.jpg

थाहा नगरपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिब यज्ञराज कोइराला नेतृत्वको टोलीले लघु उद्यम विकास कार्यक्रमको अनुगमन गरेको छ । 

सहसचिब कोइराला नेतृत्वमा उपसचिब प्रकाश आचार्य, उपसचिब अनुषा कोइराला, शाखा अधिकृत त्रिशान श्रेष्ठ र शाखा अधिकृत राजन पराजुली संलग्न टोलीले थाहा नगरमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेड्पाको सञ्चालन, समस्या र चुनौतिहरुका बारेमा सरोकारवालाहरुसँग छलफलसहित अनुगमन गरेको हो । 

थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, वडा नम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, लघु उद्यम विकास कार्यक्रम अधिकृत कुमार नेगी, उद्यम विकास समिति सदस्य आरती श्रेष्ठ, उद्यम विकास सहजकर्ता तथा लघु उद्यमी महिलाहरुसहितको सहभागिताबीच टोलीले छलफल गरेको थियो । 

कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले मेड्पालाई स्थानीय सरकारले अपनत्व लिएको र उक्त कार्यक्रम प्रभावकारी रहेको बताएका थिए । उनले स्थानीयस्तरमा लघुउद्यमशीलताको विकास हुँदै गएको र कतिपय उत्पादनको बजारीकरण तथा सीप र प्रविधिको स्तरीकरणमा समस्या देखिएकोले सहयोगका लागि मन्त्रालयलाई आग्रह गरेका थिए । 

कार्यक्रममा मन्त्रालयका उपसचिब अनुषा आचार्यले विषय प्रवेश गराएपछि थाहा नगरपालिकाका उद्यम विकास कार्यक्रम अधिकृत नेगीले पालिकामा मेड्पाअन्तर्गत विगतदेखि सञ्चालन हुँदै आएका कार्यक्रम, चालु आर्थिक वर्षका गतिविधिहरु, तिनको परिणाम र प्रभाव, समस्या र चुनौतिहरुका बारेमा जानकारी गराएका थिए । त्यस्तै लघुउद्यमी महिलाहरु निरमाया बल, शान्ति श्रेष्ठ, असनी गोपाली, रेशममाया गोपाली, शान्ति तामाङ लगायतले आफूहरुले लघु उद्यम विकास कार्यक्रमअन्तर्गत् सिकेका सीप, तिनको उपयोगिता, उत्पादन र बजारको बारेमा जानकारी गराउनुका साथै केही अपेक्षाहरु पनि राखेका थिए । 

लघु उद्यमी महिला, कार्यक्रम अधिकृत, उद्यम विकास सहजकर्ता, मन्त्रालयका टोलीका सदस्यहरुसमेतको कुरा सुनिसकेपछि सम्बोधन गर्दै मन्त्रालयका औद्योगिक तथा लगानी प्रवर्धन महाशाखाका प्रमुखसमेत रहेका सहसचिब कोइरालाले थाहा नगरपालिकामा मेड्पा कार्यक्रमको प्रभावकारिता राम्रो रहेको भन्दै प्रशंसा गरेका थिए । उनले सिप विकास लिएपछि विपन्न वर्गका महिलाहरु उद्यमशीलतामा लाग्नु, त्यसबाट आयआर्जनका ढोकाहरु खुल्दै जानु, कार्यक्रमबारे लघुउद्यमी, कर्मचारी र जनप्रतिनिधिहरुबीच सहकार्य तथा बुझाइमा एकरुपता हुनु, समस्या समाधानबारे बेलाबेला अन्तरक्रया कार्यक्रम हुनु आदि सकारात्मक रहेको उल्लेख गरे । 
स्थानीय लघुउद्यमी महिलाहरुको उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले आयोजना गर्ने कार्यक्रमहरुमा आफ्नै उत्पादनलाई प्रयोग गर्नु निकै नै राम्रो कदम भएको उनको भनाइ थियो ।  थाहा नगरपालिकामा अल्लोको कपडा उत्पादनका लागि राम्रो सम्भावना रहेकोले यसप्रति महाशाखा सकारात्मक रहेको र कतिपय उत्पादनलाई बजारसँग जोड्ने र सीप÷प्रविधिको स्तरीकरण गर्ने विषयमा महाशाखाले विचार गर्ने उनले बताए । 

कार्यक्रममा टोलीलाई स्थानीय महिलाहरुले उत्पादन गरेको खादा अर्पण गरिएको थियो भने टोली प्रमुख कोइरालालाई दामन अल्लो महिला उद्यमी समूहकी अध्यक्ष रेशममाया गोपालीले आफैले बुनेको अल्लोको टोपी पहि¥याइदिएकी थिइन् ।

थाहा नगरपालिकामा यस वर्ष उद्यमी महिलाहरुले अचार, निगालो र बाँसका हस्तकलाका सामग्री, अल्लोको कपडा, डलकुशन उत्पादन गर्दै आएका छन् । यसअघि यहाँका महिलाहरुले मखमलीको जुत्ता, होजियारी र सिस्नुको पाउडर बनाउने तालिम लिएर उत्पादन गर्दै आएका छन् । कतिपय उत्पादनहरु दामन नयाँगाउँस्थित कोशेली घरमा राखिएकोमा अनुगमन टोलीले कोशेली घरमै पुगेर महिलाहरुद्वारा निर्मित सामग्रीहरुको अवलोकन गरेको थियो । कोशेली घरको अनुगमनपछि टोलीका सदस्यहरुले कोशेली घरका कारण महिलाहरुमा उद्यमशीलतामा उत्साह थपिएको हुनुपर्ने विश्वास व्यक्त गरेका थिए 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...