Wednesday, 19 Jun, 2024
थाहा नगर

ईन्द्रजात्रा मनाइयो पालुङमा,

FB_IMG_1696052858845-1696052884.jpg

 

मकवानपुर थाहा नगरपालिकाको पालुङमा भव्यताका साथ इन्द्रजात्रा मनाइएको छ । यसपालि १२ असोजमा पालुङको इन्द्रजात्रा परेको थियो । यद्यपि काठमाण्डौमा भने ११ असोजमा इन्द्रजात्रा मनाइसकिएको थियो । समुदायले बाहेक अन्य सरोकारवालाले महत्व दिन नगरिएको पालुङको इन्द्रजात्राको विशेष साँस्कृतिक महत्व रहेको छ ।

यहाँ काठमाण्डौमा जस्तै वर्षा र सहकालका देवता देवराज ईन्द्रको पुजा अरधना गरि ईन्द्र जात्रा मनाइन्छ । प्रत्येक बर्ष भाद्र शुक्ल चतुदर्शीका दिन पर्ने यो पर्व मकवानपुरको पालुङ शहरमा मनाईन्छ । पालुङमा पनि तृतीयाका दिन विधिपुर्वक देवतालाई बोकाको भोक दिएर पुजाआज गरि कुमारी, गणेश, सेतो भैरब, काला भैरब ईन्द्रयणीलाई नचाउने चलन छ । स्थानीय पुजारी सम्पुर्ण श्रेष्ठले ईन्द्रायणिको पुजा गरी देवतालाई भित्र्याएपछि अब एकैचोटि गठेमङगलमा मात्र निकाल्न मिल्ने प्रचलन रहेको छ ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याएको लिङगोलाई ईन्द्रध्वजोत्थान पनि भनिन्छ । लिङगको फेदमा भैरबको पुजा गरिन्छ । शत्रु पराजय भएपछि विजयको रुपमा ईन्द्रजात्रा मनाईएको हो । ईन्द्रध्वजको पुजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि ईन्द्र जात्रालाई लिइन्छ ।

यसरी मनाइन्छ इन्द्रजात्रा ?

हामी गठेमंगलमा देउता निकाल्छौं । नेवारहरुको कल्चर गठेमंगलबाट सुरु हुन्छ । लाखे नचाउन थालिन्छ । योभन्दा अगाडिको पूर्णिमाको दिन सबै नेवारहरुको हिलेजात्रा लाग्छ । अब हामी आज इन्द्रजात्रा मनाएर सबै देवी देउता भित्र राख्छौं । यसपछि हामीले अर्काे वर्षको गठेमंगलमा मात्रै देउता निकाल्ने चलन छ । इन्द्रजात्राको दिन हामीले गणेश, कुमारी, इन्द्रायणी, बाराही र भगवती नचाउँछौं । कालभैरव पनि नचाइन्छ ।

काठमाडौँको इन्द्रजात्रामा बेग्लै रथहरु हुन्छन् । पालुङको इन्द्रजात्रामा रथ हुँदैन । देवीहरु नचाइन्छ । र, उनीहरुलाई बोकाको भोग दिइन्छ । देवीहरुले बोकाको भोग खान्छन् । देवी नाच्नेहरुले काम्ने गर्छन् । तान्त्रिक विधिबाट पुजा हुन्छ । देवीहरुले भोग खाएपछि त्यही प्रसाद पकाएर हामी भोज खान्छौं । र, देउतालाई अब अर्काे वर्षसम्मको लागि बसिदिन अनुरोध गर्दछौं । पालुङका नेवारहरु धेरै पहिला काठमाडौँबाट आएका हुन भन्ने किंवदन्ती छ । काठमाडौँबाट बाहिर गएका अन्य स्थानका नेवारहरुले इन्द्रजात्रा मनाउँछन् जस्तो लाग्दैन । तर, हामीहरु चै मनाउने गर्छाैं ।

पालुङमा घोडेजात्रा पनि मनाइन्छ । पालुङमा अघिल्लो दिन घोडेजात्रा मनाइन्छ, काठमाडौँमा भोलिपल्ट । र, इन्द्रजात्रा भने अघिल्लो दिन काठमाडौँमा र भोलिपल्ट पालुङमा मनाउने गरिन्छ । किन यसरी एक दिन अघि वा पछि मनाइन्छ भन्ने चाही मलाई थाहा भएन । पालुङमा हामी ८० देखि ९० घर नेवार छौं । इन्द्रजात्राको दिन विहान सबैले घरघरबाट पुजा लानुपर्छ । त्यसमा पाँचवटा देवीलाई ५ वटा अण्डा लग्नै पर्छ । छ्याङ पनि लाने गरिन्छ । समयबजी भुटेर र फलफूल राखेर लानुपर्छ । हाम्रो कालाभैरव गुठी छ । अर्काे ३ वर्षे जात्रा पनि छ । यी ५ वटै देवीको ५ वटा रथ पनि छ । त्यो ठूलो जात्रा हो । पुजारी नेवारहरु नै हुन्छन् । पुजारीहरु विहानैदेखि भोकै बसेका हुन्छन् ।

दिउसो ३ बजेदेखि लाखे नचाउने, ख्या नचाउने, राजारानी नचाउने गरिन्छ । हाम्रो देउता कामिरहेको हुन्छ । उनीहरुलाई ल्याएर मुकुट लगाइन्छ । अनि १ घण्टाजति नचाइन्छ । नाच्दै गर्दा देउताले घरघरबाट ल्याएको अण्डा खान्छन् । आ–आफ्ना देवीहरुलाई देउताले नै अण्डा दिन्छन् । आफ्ना देवीहरुलाई ५÷१० वटा अण्डा फुटाएर दिन्छन् । देउता आफैले पनि ५/१० वटा अण्डा खान्छन् । नाच्दा नाच्दा थकाइ लागेपछि देउताले जलको रुपमा रक्सी खान्छन्, अण्डा पनि खान्छन् । अन्तिममा एउटा बोका काटिन्छ । सबै देवीले त्यही एउटा बोकाको भोग खान्छन् ।

बोका भैरवले काट्छन्, सुरुमा गणेशले भोग खान्छन् । त्यसपछि सबै देवीले पालैपालो भोग खान्छन् । भोग खान लागेपछि देवीले बोका छोड्दै छोड्दैनन् । ८–१० जनाले बोका तान्नुपर्छ र त्यति नै जनाले देउता समाएर तान्नुपर्छ । अनि मात्रै भोग छुटाउन सकिन्छ । हाम्रा एउटा गणेश छन् । उनी मासु खाँदैनन् । तर, भैरवले बोका काटेपछि उनलाई हरर्र बास्ना आउँछ रे । त्यसपछि ती गणेशले पनि भोग खान्छन् । एउटैले १५ वटासम्म काँचो अण्डा खान्छन् तर उनीहरुलाई केही हुँदैन । कहिल्यै रक्सी नखानेले पनि रक्सी खान्छन् । भोज खादावर्दा रातिको १० जति बजिसक्छ । देउतालाई भने साझ ७ बजेतिर विदा गरिन्छ । पालुङको नेवार गाउँको बीचमा डबली छ, नाच त्यही हुने हो । डबली २ वटा छन् ।

(निरोज प्रधानसंगको कुराकानीमा आधारित)

 

 

FB_IMG_1696052865543-1696052888.jpg
FB_IMG_1696052863491-1696052912.jpg
indraa-768x512-1696052912.jpg

world-link-1690434568.jpg
शिक्षकको पेशागत दक्षता अभिवृद्धि कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न माग
FB_IMG_1718716280862-1718716646.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनले थाहा नगरपालिकाको आगामी वर्षको वजेटमा शिक्षकहरुको क्षमता अभिवृद्धि...

२० वर्ष पछी फरार प्रतिवादी पक्राउ
FB_IMG_1718694197801-1718694615.jpg

कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् । जिल्लाको...

गर्मीको समयमा स्कुलमा बालबालिका बेहोस हुने टाउको दुख्ने समस्य किन हुन्छ? र बच्ने उपाय!
FB_IMG_1718599761953-1718599781.jpg

नवराज नेपाली थाहा ४  गर्मीको मौसममा तापक्रम अत्याधिक बृद्धि हुने हुँदा मानिसको शरीरमा पानीको कमी अर्थात्...

थाहाको वडा न ८ पुर्ण संस्थागत सुत्केरी वडा घोषणा
FB_IMG_1718556163576-1718556206.jpg

थाहा नगरपालिकाको वडा न –८  ‘पूर्ण संस्थागत सुत्केरी वडा’ घोषणा भएको छ ।  उक्त वडामा तीन आर्थिक बर्ष यता...

बागमती प्रदेश सरकारको बजेट : चालु आर्थिक वर्षको तुलनामा १ अर्ब ८४ करोड रुपैयाँ बढी
FB_IMG_1718469457432-1718469488.jpg

राजकुमार के.सी. मकवानपुर, १ असार/बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख...

डिजेल,पेट्रोल र मट्टीतेलको मूल्य घट्यो,पेट्रोल लिटरको १६५
FB_IMG_1718464680950-1718464702.jpg

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य फेरि पनि घटाएको छ । अहिलेसम्म लगातार तीन पटक मूल्य घटेको...

टिष्टुङ–पालुङ पदयात्रा,फोटोफिचर
FB_IMG_1718462400653-1718462432.jpg

     गणेश विष्ट  मकवानपुरको ‘टिष्टुङ–पालुङ’ त्यतिबेला चर्चामा आयो जुनबेला काठमाण्डौं जोड्ने...

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहाको अध्यक्षमा लामिछाने
FB_IMG_1718458798746-1718458886.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको अध्यक्षमा मनोज लामिछाने सर्वसम्मत चयन हुनु भएको छ । १ असारमा...

अपाङ्गता अधिकार र कानुनी व्यवस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
FB_IMG_1718458538644-1718458571.jpg

थाहा नगरपालिकाको सहकार्य तथा थाहा नगर स्तरीय अपांग समन्वय समितिको  केन्द्रको सहकार्य तथा अपाङ्ग सरोकार...