pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

आत्मनिर्भरका लागि थाहाका महिलाहरुको लागि आयोजित साबुन, हर्पिक र फिनेल बनाउने तालिम सम्पन्न

FB_IMG_1717762260434-1717762474.jpg

सीप सिकेपछि सानो लगानी गरेर आय-आर्जन गरी आत्मनिर्भर बनाउने मुख्य उद्देश्य राखेर थाहा नगर का महिला  लागि ६ दिने प्रयोगात्मक सीपमूलक तालिम शुक्रवार सकिएको छ ।

थाहाका २० जना महिला सहभागी तालिममा साबुन, फिनेल र हर्पिक बनाउने तालिम भएको हो ।

तालिम समापनका क्रममा थाहा नगरका प्रमुख बिष्णु बिष्टले परम्परागत तालिमभन्दा यस खाले तालिमले नयाँपन ल्याएको बताए ।

उनका अनुसार तालिममा सहभागी भएर अब साबुन, हर्पिक र फिनेल बनाएर स्वरोजगारीमुखी हुनेलाई नगरपालिकाले सक्दो सहयोग गर्नेछ ।
प्रमुख बिष्टले महिलाहरुले उत्पादन गरेको सामान नगरपालिका मातहतका कार्यालय,विद्यालय तथा स्वास्थ्य केन्द्रमा प्रयोग गर्न नगरपालिकाले पहल गर्ने बिश्वास दिलाए।

सो क्रममा थाहा वडा नं ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले तालिममा सहभागीलाई अब सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गर्न सामान तयार गर्नतिर लाग्नुपर्ने सुल्झाए ।

तालिममा हर्पिक र फिनेल बनाउने प्रयोगात्मक तालिम  प्रशिक्षक राधिका चौलागाईंले प्रशिक्षण दिनुभएको थियो।
जेष्ठ २० गतेदेखि २५ गतेसम्म संचालित ६दिने तालिममा नगरका २० जना महिलाहरुले सहभागिता जनाएका थिए ।

दामन चेली समाजको आयोजनामा भएको  तालिमलाई थाहा नगरपालिकाको महिला तथा बालबालिका शाखाले सहयोग गरेको थियो ।

तालिममा सहभागी महिलाहरुले बनाएका साबुन, हार्पिक र फिनेलको पनि समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । 
दामन चेली समाजका अध्यक्ष राधिका रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका सचिव शकुन्तला गोपालीले संचालन गर्नुभएको थियो भने उपाध्यक्ष राममाया खत्रीले स्वागत गर्नुभएको थियो।
कार्यक्रममा सहभागीहरुले आफुले उत्पादन गरेको सामानलाई नगरपालिकाले बजारीकरणको लागि सहयोग गरिदिन आग्रह गरेका थिए।

समापन कार्यक्रममा वडा न ४ का अध्यक्ष नारायण लामा,महिला तथा बालबालिका समिती सदस्य चन्द्रमाया थिङ,न्युज 24 टेलिभिजनका ब्युरो प्रमुख बाशु श्रेष्ठ,दामन चेली समाजका पुर्व अध्यक्षहरु रिता कार्की,जयन्ती रायमाझी, नागरिक आरोग्य सेवा केन्द्रकी देवकी तिमल्सिना,समाजका वर्तमान पदाधिकारी हरुको उपस्थिति रहेको थियो।

FB_IMG_1717762206503-1717762474.jpg
FB_IMG_1717762196093-1717762490.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...