Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

आज एसिया कपमा नेपाल र भारत खेल्दै,

Nepali-cricket-team-2-768-1693792373.jpg

आफ्नो २७ वर्षे अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेपाली सिनियर टोलीले पहिलो पटक भारतसँग क्रिकेट खेल्दैछ । त्यो अवसर एसिया कपमा जुरेको छ ।

श्रीलंका र पाकिस्तानमा संयुक्त रुपमा जारी १६औं संस्करणको एसिया कपमा नेपालले आज विश्व क्रिकेटको हस्ती भारतसँग खेल्न लागेको हो । खेल श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेले इन्टरनेशनल स्टेडियममा दिउँसो सवा तीन बजे हुनेछ । यस खेल जित्ने टिम सुपर फोरमा पुग्ने भएकाले दुवैका लागि महत्वपूर्ण छ ।

टेष्ट र टी-२० फर्म्याटको नम्बर वान टिम भारतसँगको खेल नेपालको लागि बहुप्रतिक्षित बनेको छ । छिमेकी भएर पनि नेपालले भारतसँग खेल्न लामो प्रतिक्षा नै गर्नुपर्‍यो । पहिलो पटक एसिया कप खेलिरहेको नेपालले एकै संस्करणमा भारत र पाकिस्तान जस्ता टिमसँग खेल्न पाउनु नेपाली क्रिकेटकै लागि ठूलो अवसर समेत हो । सधैँ टिभीमा हेर्दै आएको रोहित शर्मा, विराट कोहली जस्ता लेजेण्डसँग अब नेपालले मैदानमै खेल्दैछ ।

एसीसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा परेको थियो । बुधबार मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

भारतसँग नेपालले खेलेको प्रत्यक्ष हेर्नका लागि धेरै नेपाली समर्थक उत्साहित छन् । हजारौँ समर्थक तथा दर्शक नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका नै पुगेका छन् ।

कप्तान र प्रशिक्षकको संयोग

संयोगबस भारत र नेपाल दुवै टिमका कप्तान रोहित छन् । नेपाली कप्तान रोहित पौडेलका आइडल पनि हुन् भारतीय कप्तान रोहित शर्मा । नेपालका कप्तान रोहितले आइडल खेलाडीको विरुद्ध खेल्न उत्साहित रहेको एसिया कप जानुअघि नै बताएका थिए ।

खेलअघि टस गर्दादेखि नै यो खेल रोहित भर्सेस रोहित हुनेछ । टस पनि रोहितले जित्नेछ भने खेल पनि रोहितकै टिमले जित्नेछ । तर कुन रोहितले जित्नेछ भन्ने थाहा पाउन टस र खेल नै कुर्नुपर्नेछ ।

नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाई

नेपालले भारतसँग खेल्नु पाउनु नै ठूलो कुरा रहेकाले नेपाली टिमले सकेसम्म यसलाई इन्जोए गर्ने मुख्य प्रशिक्षक मोन्टी देसाईले बताएका थिए ।

यस्तै खेलबाट दुई भारतीय प्रशिक्षक राहुल द्रविड र मोन्टी पनि आमने-सामने हुँदैछन् । कुनै समय आईपीएल टोली राजस्थान रोयल्समा यी दुईले सँगै काम गरेका थिए । तर सोमबार द्रविड भारतकै प्रशिक्षकमा हुँदा मोन्टी भने नेपाली टिममा हुनेछन् ।

यसअघि मोन्टी नेपालको ब्याटिङ कन्सलटेन्ट हुँदा नै नेपाली यू-१९ टिमले भारतको यू-१९ टिममाथि ऐतिहासिक जित निकालेको थियो । त्यतिबेला भारतको यू-१९ को प्रशिक्षक द्रविड नै थिए । नेपाल यू-१९ को प्रशिक्षक भने विनोद दास थिए । अहिले विनोद दास क्यानको क्रिकेट डिरेक्टरको भूमिका छन् र उनी एसिया कपमा नेपाली टिमसँगै छन् ।

मोन्टीले एसिया कप खेल्न जानुअघि आफूले दुवै देशको राष्ट्रिय गान गाउने बताएका थिए ।

अवसर सदुपयोग गर्ने नेपालको योजना

नेपाल भारतविरुद्ध पहिलो पटक खेल्न पाएको अवसर सदुपयोग गर्ने योजनामा छ । भारतविरुद्ध हार वा खेल रद्ध भएमा नेपाल समूह चरणबाट बाहिरिँदै घर फर्कने छ । यदि नेपालले अप्रत्यासित नतिजा निकालेमा भने भारत समूह चरणबाट बाहिरिनेछ ।

आजको खेलमा जसप्रति बुमराहले नेपालविरुद्ध खेल्ने छैनन् । उनी व्यक्तिगत कारणले मुम्बई फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सुफर फोर चरणमा भने उनी श्रीलंका जाने बताइएको छ ।

पहिलो खेलमा पाकिस्तानसँग मुलतानमा फराकिलो हार बेहोरेपछि अनुभवी टोलीविरुद्ध कसरी खेल्ने भन्ने पाठ नेपालले सिकेको छ ।

वर्षाको सम्भावना

नेपाल र भारतबीचको खेलमा वर्षा हुने सम्भावना पनि छ । पाल्लेकेले मैदानमा यसअघि गत शनिबार भारत र पाकिस्तानबीचको खेल वर्षाले बारम्बार प्रभावित हुँदा दुवैले अंक बाँडेका थिए । भारतले पहिलो इनिङ्समा ब्याटिङ गरे पनि दोस्रो इनिङ्स वर्षाकै कारण हुन सकेन ।

श्रीलंकाको पाल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान

त्यही मैदानमा नेपाल र भारतको खेल हुन लागेको हो । तर वर्षाले खेल प्रभावित हुने सम्भावना छ । सोमबार ८० प्रतिशत वर्षा हुने प्रक्षेपण मौसमविदले गरेका छन् ।

यदि खेल वर्षाले रद्ध भए दुवैले अंक बाँड्ने छन् र समूह ‘ए’ बाट भारत सुपर फोरमा पुग्नेछ । पाकिस्तान यसअघि नै सुपर फोरमा पुगिसकेको छ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png