gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

आग्रामा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, उपाधि पुपु मेहेन्दो युवा क्लबलाई 

59488719_508024299733479_-1557119661.jpg


सानोबाबु मुक्तान÷ थाहानगरपालिका वडा नं ७ चौवासको थुम्किडाँडामा आईतबार सशक्त युवा क्लबको आयोजनामा भएको साविक आग्रा गाउँविकास समिति वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुपु मेहेन्दो युवा क्लबले हासिल गरेको छ । प्रतियोगितामा सेभेन स्टार युथ क्लब– सल्लेलाई ३–० को सोझो सेटले पराजित गर्दै पुपु मेन्दो युवा क्लव चिसापानीले उपाधि हासिल गरेको हो । सशक्त युवा क्लब चौवासले साईनिङ स्टार्स युवा क्लव बतासेलाई ३–१ को सेटले पराजित गर्दै तृतिय भएको छ ।
 प्रतियोगिता समापनसंगै थाहा नगरपालिकाका उपप्रमूख खड्ग गोपालीको प्रमूख आतिथ्यतामा एक समारोहको विचमा विजेता खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै नगर उपप्रमूख गोपालीले नगरपालिकाले खेलकुदको दिगो विकासका लागि सोच बनाईरहेको र हरेक क्षेत्रमा भईरहेका विविध प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व तथा चासो चिन्तन भईरहेको बताउनुभयो । थाहा नगरपालिका पर्यटनसंग जोडिएको र खेलकुद पनि प्रत्यक्ष रुपमा पर्यटन संग जोडिएको खेलकुदको उचित विकासका लागि आफू संगै सिंगो नगरनै सकरात्मक रहेको पनि बताउनुभयो । आगामी दिनमा विविध खेलको आयोजना गरेर मात्रै हैन खेललाई प्रभावकारी तरीकाले अगाडि बढाउनका लागि विविध खेल कोच सहित खेललाई अगाडि बढाउनमा आफूले जोड दिईरहेको पनि बताउनुभयो ।
सशक्त युवा क्लव समूहको अध्यक्ष सुवित्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि थाहा नगरपालिका वडा नं ७ का वडा सदस्य तथा खेलकुद विकास समिति वडा नं.–७ का संयोजक दिपेन्द्र कुमार थिङले खेलकुद विकासका लागि खेलकुद आयोजना पनि प्रमूख रहेको भन्दै आउँदो विजया दशमीको अवसरमा नगरपालिका वडा स्तरीय प्रतियोगिताको आयोजना गरेर खेलाडि छनौट गरी छनौट खेलाडिको विकासका लागि उचित सोच निर्माण गर्नेमा जोड दिनुभयो ।  प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार सहित शिल्ड मेडल प्रमाण पत्र, द्धितिय हुनेले १५ हजार शिल्ड मेडल प्रमाण पत्र र तृतिय हुने टिमले नगद रु १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकको भूमिका सरस्वति वालबोधनि माविका उमाकान्त चौधरी र विनयबाबु स्मृति प्रतिष्ठानका किरण गिरीले निभाएका छन् । प्रतियोगितामा पुपु मेन्दो युवा क्लवका राजाराम स्याङ्तान उत्कृष्ट खेलाडि, सशक्त युवा क्लवका राजकुमार थिङ उत्कृष्ट ब्लकर, सेभेन स्टार्सका अनिल मोक्तान उत्कृष्ट लिव्रो, सशक्त युवा क्लवका विशाल मुक्तान उदयमान खेलाडि, र साईनिङ स्टार्स युवा क्लवका एकराज थिङ उत्कृष्ट लिफ्टर घोषित भएसंगै पुरस्कृत भएका छन् । 
पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका वडा नं ७ कांग्रेस सभापति शिवराज थिङ, सुन्दरी देवी माविका अध्यक्ष विनायक गोले, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तान, थाहा नगरपालिका वडा नं ३ का कांग्रेस सभापति विक्रम गोपाली, पूर्व गाविस अध्यक्ष बुद्धिलाल थिङले मन्तव्य व्यक्त गरेका थिए । साहित्यप्रेमी भिमसेन मोक्तानले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसको थाहा नगर सदस्य विर्जुलाल थिङ, हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामचन्द्र थिङ, डाईनामिक एकेडेमीका नविना बल लगायतका उपस्थिति रहेको थियो ।


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...