Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

आग्रामा वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, उपाधि पुपु मेहेन्दो युवा क्लबलाई 

59488719_508024299733479_-1557119661.jpg


सानोबाबु मुक्तान÷ थाहानगरपालिका वडा नं ७ चौवासको थुम्किडाँडामा आईतबार सशक्त युवा क्लबको आयोजनामा भएको साविक आग्रा गाउँविकास समिति वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि पुपु मेहेन्दो युवा क्लबले हासिल गरेको छ । प्रतियोगितामा सेभेन स्टार युथ क्लब– सल्लेलाई ३–० को सोझो सेटले पराजित गर्दै पुपु मेन्दो युवा क्लव चिसापानीले उपाधि हासिल गरेको हो । सशक्त युवा क्लब चौवासले साईनिङ स्टार्स युवा क्लव बतासेलाई ३–१ को सेटले पराजित गर्दै तृतिय भएको छ ।
 प्रतियोगिता समापनसंगै थाहा नगरपालिकाका उपप्रमूख खड्ग गोपालीको प्रमूख आतिथ्यतामा एक समारोहको विचमा विजेता खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै नगर उपप्रमूख गोपालीले नगरपालिकाले खेलकुदको दिगो विकासका लागि सोच बनाईरहेको र हरेक क्षेत्रमा भईरहेका विविध प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व तथा चासो चिन्तन भईरहेको बताउनुभयो । थाहा नगरपालिका पर्यटनसंग जोडिएको र खेलकुद पनि प्रत्यक्ष रुपमा पर्यटन संग जोडिएको खेलकुदको उचित विकासका लागि आफू संगै सिंगो नगरनै सकरात्मक रहेको पनि बताउनुभयो । आगामी दिनमा विविध खेलको आयोजना गरेर मात्रै हैन खेललाई प्रभावकारी तरीकाले अगाडि बढाउनका लागि विविध खेल कोच सहित खेललाई अगाडि बढाउनमा आफूले जोड दिईरहेको पनि बताउनुभयो ।
सशक्त युवा क्लव समूहको अध्यक्ष सुवित्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि थाहा नगरपालिका वडा नं ७ का वडा सदस्य तथा खेलकुद विकास समिति वडा नं.–७ का संयोजक दिपेन्द्र कुमार थिङले खेलकुद विकासका लागि खेलकुद आयोजना पनि प्रमूख रहेको भन्दै आउँदो विजया दशमीको अवसरमा नगरपालिका वडा स्तरीय प्रतियोगिताको आयोजना गरेर खेलाडि छनौट गरी छनौट खेलाडिको विकासका लागि उचित सोच निर्माण गर्नेमा जोड दिनुभयो ।  प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार सहित शिल्ड मेडल प्रमाण पत्र, द्धितिय हुनेले १५ हजार शिल्ड मेडल प्रमाण पत्र र तृतिय हुने टिमले नगद रु १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकको भूमिका सरस्वति वालबोधनि माविका उमाकान्त चौधरी र विनयबाबु स्मृति प्रतिष्ठानका किरण गिरीले निभाएका छन् । प्रतियोगितामा पुपु मेन्दो युवा क्लवका राजाराम स्याङ्तान उत्कृष्ट खेलाडि, सशक्त युवा क्लवका राजकुमार थिङ उत्कृष्ट ब्लकर, सेभेन स्टार्सका अनिल मोक्तान उत्कृष्ट लिव्रो, सशक्त युवा क्लवका विशाल मुक्तान उदयमान खेलाडि, र साईनिङ स्टार्स युवा क्लवका एकराज थिङ उत्कृष्ट लिफ्टर घोषित भएसंगै पुरस्कृत भएका छन् । 
पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका वडा नं ७ कांग्रेस सभापति शिवराज थिङ, सुन्दरी देवी माविका अध्यक्ष विनायक गोले, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तान, थाहा नगरपालिका वडा नं ३ का कांग्रेस सभापति विक्रम गोपाली, पूर्व गाविस अध्यक्ष बुद्धिलाल थिङले मन्तव्य व्यक्त गरेका थिए । साहित्यप्रेमी भिमसेन मोक्तानले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसको थाहा नगर सदस्य विर्जुलाल थिङ, हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामचन्द्र थिङ, डाईनामिक एकेडेमीका नविना बल लगायतका उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...