pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

आग्राको पर्यटन प्रवर्द्धन गर्न मिनी महोत्सव हुँदै

1735223201244-1735223219.jpg

पुजन पाख्रीन/ थाहा नगर,थाहा नगरपालिकाको वडा न ८ ऐसेलुखर्कमा मिनी महोत्सव सहित अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता सहित बिबिध सांस्कृतिक प्रस्तुती हुने भएको छ।
नमुना जनजागरण युवा क्लव र खेलकुद विकास समिती थाहा ८ को आयोजनामा प्रतियोगिता सहित बिबिध कार्यक्रम हुने भएको हो।
आग्राको पर्यटनलाई चिनाउनको लागि महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका सल्लाहकार रामकुमार घलानले बताउनुभयो।
घलानका अनुसार हाल थाहा नगरपालिकाको वडा न ७ र ८ तथा तत्कालीन आग्रा गाबिसमा रहेको पौराणिक,ऐतिहासिक तथा धार्मिक पर्यटकिय स्थलहरुको प्रचार प्रचार र आन्तरिक पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना गर्न लागिएको बताए।
आग्रामा डाडाबास पार्क,स्तम्भ डाडा बुद्ध पार्क,सप्तकन्या गुफा,काला कण्ठेश्वर महादेवको मन्दिर,गोक्सेखानी भग्नावसेस दरबार,बथानचुली झण्डाचुली,उन्यु चौर,कैलाश डाडा,६४ ज्योतिर लिङ्ग मध्यको एक कुटेश्वर महादेव,र नेपालकै तेस्रो झोलुङे पुल अवलोकन तथा घुमफिर गर्न सकिने घलानले बताए।
आयोजकले दिएको जानकारी अनुसार २८६१ औं सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका,राक्सिराङ गाउँपालिका,थाहा नगरपालिका,र थाक्रे गाउँ पालिका स्तरिय भलिबल प्रतियोगिता सहित कार्यक्रम हुने भएको हो।
 २०८१ पौष २८ गते देखि माघ २ गते सम्म थाहा नगरपालिका वडा न ८ को ऐसेलुखर्कमा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ।
राष्ट्रिय कलाकारहरु गायिका शान्ता रानी परियार,जितु लोप्चन,बाबुकृष्ण परियार,सानू केसी,सर्मिला गुरुङ(सरु),रजनी लामा र डान्सर हरु ममता रानामगर,पुजा सुनार, सविना राई,उद्घोषक पिम्सरा आले मगर र राममाया वाइवा सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।
कार्यक्रममा तामाङ खाना,तामाङ संस्कृति झल्कने विभिन्न झाकी सहित बिबिध स्टलहरु रहने छ।
महोत्सव आयोजनाबाट खेलाडी उत्पादन र पर्यटकीय क्षेत्रको उत्थान हुने आयोजकको बिश्वास रहेको छ।

 

FB_IMG_1735222663800-1735223219.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...