pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

आग्राका स्थानीय,श्रमदान मार्फत सडक मर्मत गर्दै ।

FB_IMG_1686019218928-1686019411.jpg

कसैको हातमा चादे  र कसैको हातमा पिक तर सबैको उद्देश्य सडकको नाली बनाउने र खाल्डा खुल्डी पुर्ने। यो दृश्य थाहा ८ आग्रा गाउँवासीको हो। विकास निर्माणको कामलाई सरकारको मुख ताकेर बजेट नै कुर्नुपर्छ भन्ने मान्यतालाइ उनीहरुले तोडेका छन्।
अहिले गाउँवासीले वडा कार्यालयसँग साझेदारी गर्दै गाउँमा सडक मर्मत गर्न जनश्रमदानमा जुटेका हुन्।
वडा कार्यालयसँग सीमित बजेट हुने भएकोले जनताको सहभागितामा गरिएको विकास कम लागत र बलियो हुने वडा अध्यक्ष हेमराज थिङ बताउँछन्। असहज सडक भएको कारण जनताले सास्ती भोगेको बताउँदै थिङ  भन्छन्, ‘वडाले आवश्यक खाजा  उपलब्ध गराउने भएपछि यहाँका जनता जागरुक हुनुभएको छ। 
जनश्रमदान बाट भकुण्डे,काभ्रे,खर्क भञ्ज्याङ्,सिम्ले सडक अन्तर्गत सुनकाली देखि छाप ,जल्किन खोला सम्म ७ किलोमीटर सडकको नाली तथा खाल्डाखुल्डी पुरी मर्मत गरिएको छ।
करिव ३ सयजनाको सहभागितामा श्रमदान मार्फत हुलाक डाडा,काभ्रे वडा कार्यालय सम्म ३ किलोमीटर र सौरा गारेघर २ किलोमीटर सडक समेत जनश्रमदान बाट मर्मत गरियको अध्यक्ष थिङ ले बताए ।
अब २७ गते दामगाडे-महादेववेशी सडक,दामगाडे देखि ऐसेलुखर्क मोरिया सम्मको सडक मर्मत तथा नाली बनाउन जनश्रमदानको निम्ति अव्ह्वान गरिने अध्यक्ष थिङले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...