pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विश्व

अमेरिकामा बौद्ध भिक्षुहरूको २,३०० माइलको '"शान्तिको लागि पदयात्रा"

FB_IMG_1768733633535-1768733866.jpg

 

दावा सेर्पा/ थाहापाटी/ हाल अमेरिकाभरि एक अनौठो तर गहिरो आध्यात्मिक अभियानले लाखौँ मानिसको ध्यान खिचिरहेको छ। १९ जना बौद्ध भिक्षुहरूले सुरु गरेको २,३०० माइल (३,७०० कि.मी.) लामो 'Walk for Peace' (शान्तिका लागि पदयात्रा) अहिले अमेरिकाभर  आशा, करुणा र एकताको प्रतीक बनेको छ। टेक्सासको Huong Dao Vipassana Bhavana Center बाट सुरु भएको यो यात्रा करिब १२० दिनसम्म चल्नेछ। यो यात्रा २०२५ अक्टोबर २६ मा सुरु भएको थियो र २०२६ फेब्रुअरी मा वाशिङ्टन डी.सी. मा समापन हुने योजना छ।
‎
‎यो यात्रा बाहिरी दूरी पार गर्ने होइन आन्तरिक दूरी घटाउने अभ्यास हो। मनको अशान्ति, क्रोध, लोभ, द्वेष,ईर्श्या सबैलाई एक-एक कद‌मले पगाल्दै लैजानु नै यात्राको आध्यात्मिक उद्देश्य हो। भिक्षुहरूको सन्देश सरल तर शक्तिशाली छ “शान्ति कुनै स्थान  होइन,यो त चेतनाको अवस्था हो। हामी सबैले भित्रैबाट सुरु गर्नुपर्छ।"
‎
‎यो अभियानको नेतृत्व भिक्षु पन्नकाराले गरिरहेका छन्। उनीसँग १९ जना भिक्षुहरूको टोली छ। विशेष कुरा उनीहरूको साथमा एक उद्धार गरिएको कुकुर "अलोका" पनि छ, जो walk for peace अभियानमा सुरु देखिनै भिक्षुहरु सितै लगातार हिडिरहेको छ यो कुकुरले सबैको ध्यानाकर्षण गरिरहेको छ।
‎
‎चार आर्य सत्य  (Four Noble Truths) सँग यसको सम्बन्ध:
‎१. दुःखको सत्य - Truth of suffering
‎यो संसारमा जन्म, बुढ्यौली, रोग, मृत्यु, अपुर्ण ईच्छा,वियोग यी सबै दुःख हुन्। जीवनको स्वभाव नै अस्थिर भएकाले दुःख अनिवार्य हुन्छ।
‎
‎२. समुदय सत्य -Cause of Suffering
‎दुःखको कारण तृष्णा (लोभ, चाहना, आसक्ति) हो। इच्छा र मोहले मन अशान्त हुन्छ र दुःख उत्पन्न हुन्छ।
‎
‎3. निरोध सत्य - Cessation of Suffering
‎यदि तृष्णा र आसक्ति समाप्त भए, दुःख पनि समाप्त हुन्छ। यसलाई निर्वाण भनिन्छ जुन पूर्ण शान्ति र मुक्तिको अवस्था हो।
‎
‎४. मार्ग सत्य-  Path to End Suffering
‎दुःख अन्त्य गर्ने उपाय अष्टाङ्गिक मार्ग हो सम्यक दृष्टि, संकल्प, वाणी, कर्म, आजीविका, प्रयास, स्मृति, र समाधि। यही मुक्ति प्राप्त गर्ने व्यावहारिक बाटो हो।
‎
‎भिक्षुहरूको सन्देशः
‎"शान्ति कुनै स्थान होइन,शान्ति चेतनाको अवस्था हो।"
‎भिक्षुहरू बाहिर शान्ति ल्याउन हिँडिरहेका छैनन् न त  यो यात्रा बाहिरी संसारलाई बदल्ने प्रयास नै हो। यो त  मानिसहरूको हृदयमा शान्तिको बीउ रोप्न सुरु गरेको एक आध्यात्मिक यात्रा हो।
‎
‎ यो अभियान बुद्धको चार आर्य सत्य, अष्टाङ्गिक मार्ग, मेत्ता (प्रेम करुणा) शिक्षासित गहिरोसँग जोडिएको छ र यो अहिंसाको प्रत्यक्ष अभ्यास पनि हो।
‎आध्यात्मिक रूपमा, यो यात्रा निर्वाणतर्फको अभ्यास हो जहाँ मन हल्का, हृदय खुता र चेतना उज्यालो हुन्छ।
‎भिक्षुहरूले भाषण गर्दैनन्, नारा लगाउँदैनन् किनकि बौद्ध दर्शनमा "सबैभन्दा गहिरो शिक्षा मौनतामा हुन्छ।" यहि मौन हिडाईमा मौन उपदेश लुकेको छ जसलाई बुझ्न आध्यात्मिक चेतनाको जरुरी छ।
‎
‎उनीहरूको मौन उपस्थितिले मानिसहरूलाई भित्रैबाट परिवर्तन गरिरहेको छ । उनीहरु जुन राज्यमा पुग्छन् त्यहाँ मानिसहरूको भिडले मौन रूपमा स्वागत गरिरहेका छन्,मानिसहरु निकै भाबुक बनिरहेका छन् ।अमेरिकामा बढ्दो द्वेष,हिंसा,सामाजिक बिखण्डन,राजनीतिक अस्थिरताले पीडित अनि निराश मानिसहरुमा यो  "शान्तिको लागि यात्रा" अभियानले वास्तवमै केही राहत अनि सकारात्मक प्रभाव पारेको छ। यो आध्यात्मिक यात्रा एउटा  प्रतीक हो कि शान्ति शब्दले होइन तर व्यवहारले फैलिन्छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...