Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

विश्व

संयुक्त अरब इमिरेटसमा राष्ट्रिय दिवसको अवसरमा दुई दिन सार्वजनिक बिदा घोषणा

IMG-20251201-WA0008-1764572176.jpg

दावा सेर्पा,/अबुधाबी, डिसेम्बर १ - संयुक्त अरब इमिरेटस (UAE) सरकारले आफ्नो ५४औं राष्ट्रिय दिवस (ईद अल इत्तिहाद) को अवसरमा डिसेम्बर १ र २ मा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। यस निर्णय अनुसार सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरूले दुई दिनको आधिकारिक बिदा पाउनेछन् ।

‎राष्ट्रिय दिवस हरेक वर्ष डिसेम्बर २ मा मनाइन्छ, जसले १९७१ मा सात इमिरेटस् ( राज्यहरु)  अबुधाबी, दुबई, शारजाह, आजमान, अम्मअल क्वैन, रसअल खैमा र फुजेरा एक भएर रास्ट्र  बनेको ऐतिहासिक क्षणलाई स्मरण गर्छ। यस वर्ष बिदा सोमबार र मंगलबार परेको हुँदा स्थानीय नागरिक तथा आप्रवासीहरुले ५ दिन लामो सप्ताहान्त उपभोग गर्ने अवसर पाएका छन् ।

‎ब्रिटिशहरूले संयुक्त अरब इमिरेट्सलाई त्यतिबेला Trucial States भन्ने  गर्थ्यो। करिब १५० वर्षजति प्रभाव र संरक्षकत्व कायम राखेका थिए। उनीहरूको औपचारिक संलग्नता सन्  १८२० मा सुरु भई सन् १९७१ मा अन्त्य भएको थियो। संयुक्त अरब इमिरेट्स (UAE) ले डिसेम्बर २ लाई  स्वतन्त्रता दिवसको विकल्पमा  जुन १९७१ मा ब्रिटिश अधिनायकबाट सात राज्यहरू स्वतन्त्र भएर  सिङ्गो राष्ट्र बनेको क्षणलाई स्मरण गर्दै रास्ट्रीय दिवस भनेर मनाउछन्।


‎डिसेम्बर १ देखि ५ सम्म सातैवटा राज्यहरूमा बिबिध कार्यक्रमहरु आयोजना गरि उत्सव मनाईदै छ।  राजधानी आबुधाबीमा विशेष सांस्कृतिक नृत्य नाटक "From the Desert to the Stars" डिसेम्बर १ देखि ३ सम्म प्रस्तुत हुँदैछ। दुबई, शारजाह र अन्य प्रमुख शहरहरूमा आतसबाजी,ड्रोन शो तथा परेड आयोजना गरिनेछ। ग्लोबल भिलेज लगायतका स्थानहरूमा निःशुल्क सांस्कृतिक कार्यक्रमहरू उपलब्ध हुनेछन्, साथै  विभिन्न सामुदायिक केन्द्रहरूमा परम्परागत नृत्य, कला प्रदर्शनी र परिवारमैत्री गतिविधिहरू सञ्चालन गरिने भएको छ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...