pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अब सिक्लान थाहाका विद्यार्थीले योग र ध्यान ?

FB_IMG_1694355998897-1694356016.jpg

थाहा नगरपालिकाको दामन, पालुङ र आग्रा क्षेत्रका विधालयका शिक्षकहरुका निम्ति भाद्र १८ देखि २४ गते सम्म संचालित पहिलो चरणको एक हप्ते योग शिक्षक तालिम आज समापन भएको छ।
थाहा नगरपालिकाका शिक्षकका लागि योग, ध्यान र साधना तालिम १८ भदौबाट सुरु भएको थियो। सात दिनसम्म सञ्चालन भएको तालिम आइतबार विहान   जेसीज सभाहलमा समापन भएको हो ।


थाहा नगरपालिकाका विद्यालयमा योग, ध्यानलाई नियमित गर्ने उद्देश्यले पहिलो चरणमा थाहाका १, २, ३, ४, ७ र ८ का सार्वजनिक विद्यालयका शिक्षकको सहभागितामा रहेको  तालिमका संचालक तथा सुनौला सिकाइ केन्द्रका संयोजक रुपचन्न्द्र गोपालीले जानकारी दिए ।

पहिलो चरणको तालिममा थाहा नगरपालिका साविक दामन, पालुङ र आग्राका गरी ३१ जनाको सहभागिता रहेको थियो। 


थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा विद्यालयमा नियमित रुपमा विद्यार्र्थीलाई योग, ध्यान कक्षा सञ्चालन गर्ने विषय पारित गरी बजेटसमेत विनियोजन गरेको थियो ।

शिक्षकलाई तालिम दिएर उनीहरुमार्फत विद्यार्र्थीलाई साधना कक्षामा सहभागी गराउने नगरपालिकाको योजना रहेको छ । विद्यार्थीलाई योग, ध्यान र साधनामार्फत अनुशासित र कर्तव्यनिष्ठ बनाई मानवमूल्यको जगेर्ना गर्ने थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्टले बताए । 
तालिमका सहाभागीलाई योगगुरु राजन बिडारीले प्रशिक्षण दिएका थिए । 
योग गुरु राजन बिडारी द्धारा सञ्चालित शिविरमा योगासन ,ध्यान मुद्रा ,प्राणायाम आहार विहार चर्या र प्रयोगात्मक ज्ञान सहितको विषेश शिक्षक प्रशिक्षण दिएको थियो।


थाहा नगर शिक्षा शाखाका अधिकृत माधव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा अधिकृत मल्लले अहिले  सामुदायिक विद्यालयमा योग र ध्यानको पठनपाठन र अभ्यासका लागि एक/एक जना शिक्षकलाई तालिम दिएर प्रशिक्षित गराएका छौँ, “अब प्रशिक्षित शिक्षकले आ–आफ्नो विद्यालयमा विद्यार्थीलाई योग र ध्यानबारे सैद्धान्तिक र व्यावहारिक अभ्यास गराउनु हुनेछ ।” भन्ने बिश्वास व्यक्त गर्नुभयो।


सात दिन सम्म योग ध्यानको प्रशिक्षण दिएका योग गुरु राजन बिडारीले योग र ध्यानले मानिस अनुशासित हुनेसँगै स्वस्थ रहने र मानसिक विकार हटेर आनन्दको अनुभूति गर्नसक्ने भनाइ छ । विद्यालयमा अनिवार्य शुरु गरिने ध्यान र योगका सैद्धान्तिक छलफल र अभ्यासले समाजमा यसको अनुकरण गर्ने थपिँदै जाने बिडारीले बताए ।
तालिमको संयोजन सुनौला सिकाइ केन्द्रले गरेको थियो।सिकाइ केन्द्रले हरेक सनिवार नियमित योग,ध्यान शिविर आयोजना गर्दै आइरहेको छ।

 

FB_IMG_1694356966159-1694356997.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...