pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अत्याधिक जनश्रमदान बाट थाहा ११ मा दुईवटा खानेपानी आयोजना सम्पन्न

FB_IMG_1684386237975-1684386591.jpg

एका विहानै कुवामा पुग्नैपर्ने, नपुगे दिनभरी घरमा ‘थोप्पो’ पानी हुँदैन थियो । रातभरी कुवामा जम्मा भएको पानी विहान भेला भएका महिलाहरु मग (पानी उभाउने भाँडो) ले भाग लगाउँथे । कसैको घरमा पाहुना आएको भए एक÷दुई मग थपिदिन्थे । परिवार संख्या अनुसार पानीको बाँडफाँड हुन्थ्यो । वर्षौसम्म खानेपानीको अभाव खेपेका मकवानपुर टिष्टुङ कुवापानीले धेरै पुस्ता फेर्यो । गाउँको नामै कुवापानी । गाउँमा प्रतिनीधि निर्वाचित भएर आएपछि खानेपानी घरघरमा पु¥याउने योजना बन्यो, उपभोक्ता उत्साहित भए ।

कुवापनीसंगै थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकै कालोपानी ठाडोखोलामा पनि घरैपिच्छे शुद्ध खानेपानीसहित धारा पु¥याउने योजना थपियो । 
कुवापानीले अहिले मुहार फेरेको छ । मगले पानी भाग लगाउने दिनको अन्त्य भएको छ । निरन्तरको प्रयासपछि कुवापनी गाउँका २८ वटै घरमा धारा जडान भएको छ । धारामा नियमित पानी आउँछ, कुवापानीकी निरा घिसिङले भनिन् । ‘खानेपानी बोक्न जाँदा बालबालिकालाई समयमै खाना बनाउन नभ्याएर कतिपटक गाउँलेहरुले स्कूलसम्म पठाउन भ्याउँदैन थिए’ निराले पुराना दिन सम्झिइन् । खानेपानी लिनकै लागि जंगलमा रहेको कुवामा पुग्न कुवापानीबासीलाई डेढ घण्टासम्म लाग्थ्यो । थाहा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दिनेश तामाङले भने–‘अन्नको भन्दा नि दुःख पानीको थियो, अहिले दुःख तोडियो नागरिकहरु खुशी छन् ।’ विकासका कामसंगै घरघरमा धारा पु¥याउँदा निकै खुशी लागेको वडाध्यक्ष तामाङले बताए । ‘नागरिकको लागि काम गर्ने हामी प्रतिनीधिलाई नागरिकको आवश्यकता पूरा गर्न पाउँदा खुशी लाग्ने रहेछ’–उनको प्रतिक्रिया थियो। विद्युतको सहायताले मुहानदेखि २२ सय मीटर माथि लिफ्टीङ गरी वस्ती भन्दा माथि निर्माण गरिएको पानीट्याङ्कीबाट अहिले कुवापानीबासीलाई खानेपानी वितरण भइरहेको छ ।


खानेपानी आयोजनाका लागि स्थानीय सरकारको मात्र लगानीले पुगेन । यसका लागि उपभोक्ताहरु कम्मर कसेर लागे । खानेपानीको अभाव टार्न २८ परिवारले ५३ लाख जुटाए । उनीहरु महिनौसम्म श्रमदानमा जुटेर यति धेरै लगानी गरेका हुन् । गाउँका लागि आएको योजनामा श्रमदान गर्दा योजनाको मायाँ पनि हुने र दीगोपना आउने भएपछि उपभोक्ताहरु उत्साहित भएको वडाध्यक्ष तामाङले सुनाए । कुवापानी खानेपानी आयोजनाका लागि थाहा नगरपालिकाले २० लाख, गैरसरकारी संस्था च्वाइस नेपालले २५ लाख लगानी गरेका छन् । बाँकी श्रमदानबाटै योजना निर्माण भएको हो । 

कुवापानीबासीका जस्तै खानेपानीका लागि अभाव झेलीरहेका थाहा नगरपालिका वडा नम्बर ११ टिष्टुङकै फलाँटे, भट्टीडाँडा, तल्लो देउराली, माथ्लो देउरालीलगायतका क्षेत्रका बासिन्दाहरुको पनि घरघरमा खानेपानी धारा जडान भएको छ ।नगरपालिकाका प्रमुख बिष्णु बिष्टले थाहा नगरपालिका  वडा न  ११, कालोपानी ठाडोखोला तथा कुवापानी लिफ्टिङ  वृहत खानेपानी आयोजनाको बुधबार  उद्घाटन गरेका छन् । 

च्वाइस नेपाल र थाहा नगरपालिकाको लगानीमा निर्माण सम्पन्न भएको दुई वटा खानेपानी आयोजनाको नगर प्रमुख  बिष्टले  उद्घाटन गरेका हुन् ।

आर्थिक वर्ष २०७८ /७९ मा निर्माण सुरु भएको कालोपानी ठाडोखोला आयोजनाको लागत अनुमान थाहा नगरपालिकाको ४५ लाख तथा च्वाइस नेपालको ८० लाख  र स्थानिय जनश्रमदान बाट ५६ लाख सहित कुल १ करोड ८१ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो भने कुवापानी लिफ्टिङ खानेपानीको लागि थाहा नगरपालिकाको २० लाख च्वाइस नेपालको २५ लाख र जनश्रमदान बाट  ५३ लाख गरि कुल १ करोड ६ लाखमा निर्माण सम्पन्न गरिएको छ।

ठाडोखोला खानेपानीमा एउटा रिजर्भ ट्याङ्की सहित एउटा ५० हजार लिटर ,एउटा २० हजार लिटर र अर्को १४ हजार लिटरको ट्याङ्कि सहित आयोजनाको स्टमेट बाहेक २० लाखको  उपभोक्ता समितिको भवन अफिस सहित निर्माण गरि नगद १० लाख  रकम बचत समेत गरेको वडा न ११ का अध्यक्ष दिनेश बलले बताए।
ठाडोखोला खानेपानी आयोजना बाट वडा न १ र ११ का १६७ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन।
तेसैगरी कुवापानी लिफ्टिङमा मुल बाट ६ हजार लिटरको ट्याङ्की बाट माथी १० हजार लिटरमा पानी लिफ्टिङ गरि २८ घरधुरीलाई खानेपानी वितरण गरियको उपभोक्ता समितिका सचिव सविन तितुङले जानकारी दिए।
३ जेठमा च्वाइस नेपालका प्रमुख प्रतीक शर्माले एक समारोहका बिच थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टलाई सम्पन्न आयोजना हस्तान्तरण गरेका छन आयोजना हस्तान्तरण गर्दै च्वाइस नेपालका प्रमुख प्रतीक शर्माले उपभोक्ताको अत्याधिक जनश्रमदानले बचत भएको रकमले खानेपानी आयोजनाको दिगो सन्चालन तथा उपभोक्ताको आयआर्जनमा सहयोग पुग्नेमा बिश्वास व्यक्त गरे।
आयोजना उद्घाटन समारोहलाइ सम्बोधन गर्दै नगर प्रमुख बिष्टले नागरिकहरु खानेपानीबाट वञ्चित रहेको अवस्थामा थाहा ११ मा  निर्धारित समयमै अत्याधिक जनश्रमदान बाट आयोजना सम्पन्न भएकोप्रति उनले खुसी व्यक्त गरे । अहिले  मात्र थाहा नगरको धेरै स्थानमा लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्युत महसुलका कारण उपभोक्ता मारमा परेको उनको भनाइ थियो । स्थानीय  सरकारले अहिले नै सबै आयोजनालाई विद्युत महसुल छुट दिन नसके पनि प्राथमिकता तोकेर क्रमश गर्दै जाने प्रतिबद्धता नगर प्रमुख बिष्टले जनाएका छन्।
नगर प्रमुख बिष्टले अहिले नगरको ४ वटा वडामा बृहत खानेपानी आयोजनाको काम भैरहेको र बाकी वडाहरुमा पनि छिटोभन्दा छिटो खानेपानी आयोजना निर्माण गर्ने लक्ष्य सहित नगरपालिका अगाडि बढिरहेकोले च्वाइस नेपाल संगको सहकार्य अगाडिपनी बढिरहने बिश्वास व्यक्त गर्दै स्वच्छ खानेपानी नागरिकको मौलिक अधिकार भएकोले छिट्टै नगरभित्रका खानेपानी नगर खानेपानी बोर्डले संचालन गरि प्रत्यक वडाबासीको घरघरमा खानेपानीको धारा पुर्याउने प्रतिवद्द्ता व्यक्त गरे।
थाहा नगरपालिका वडा न ११ का अध्यक्ष दिनेश बलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख भरत गोपाली ,च्वाइस नेपालका प्रमुख प्रतीक शर्मापालुङ कार्यालयका कुल प्रसाद तिवारी, प्रताप घिमिरे, जनप्रतिनीधिहरु, स्थानीय संघसंस्,डोटेरा अमेरिका,डोटेरा मलेसिया,डोटेरा चाइना,र डोटेरा ताइवानका ४१ जना बिदेशी प्रतिनिधि सहितको सहभागीता रहेको थियो।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...