pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अतिथीलाई मायाको चिनो, तरकारीको पोको,

FB_IMG_1692288584552-1692416217.jpg

 भदौ २ गते । अतिथिलाई स्वागत र सम्मान गर्दै माला, खादा, टोपी, ब्याच लगाउने गाउँदेखि सहरसम्मको प्रचलन छँदै छ । कार्यक्रम समापनको समयमा पनि विशेषतः प्रमुख अतिथि र कतिपय कार्यक्रममा अतिथिलाई मायाको चिनो वा सौगात दिने क्रम बढ्दो छ । 

प्रमुख अतिथिलाई दिने मायाको चिनो राम्रो दिनु पर्छ भन्ने आम मान्यता र प्रचलन छ । अझ उद्योगी व्यवसायीको कार्यक्रमका सहभागी अतिथि र प्रमुख अतिथिलाई दिने मायाको चिनो त सामान्य होइन विशिष्ट नै हुन्छ भन्नु स्वाभाविक नै हो । 

मकवानपुरको थाहा नगरपालिकामा भने यो पटक मायाको चिनो दिने फरक शैली र प्रयोग भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा आउने अतिथिलाई मायाको चिनो तरकारी दिइयो । नेपाल तरकारी तथा फलफूल व्यवसायी सङ्घ थाहानगरले अतिथिलाई कार्यव्रmममा बिदाइ गर्दै खुर्सानीदेखि आलुसम्मको प्याकेज बनाएर तरकारी कोसेली दिएको सङ्घका अध्यक्ष राजेन्द्र बिडारीले जानकारी दिनुभयो । 

थाहा नगरपालिकामा उत्पादन हुने मौसमी तथा बेमौसमी तरकारीले काठमाडौँ उपत्यकादेखि प्रदेश राजधानी हेटौँडा हुँदै पोखरा, नारायणगढ र भारतीय सीमावर्ती सहर रक्सौलदेखि पटनासम्मको मागलाई धान्ने गरेको छ । 

तरकारी उत्पादन गर्दा पर्ने किसानको मेहनतको महìवसँगै थाहा नगरपालिकामा हुने तरकारी उत्पादनको महतब बुझाउन र यहाँ उत्पादित तरकारीबारे फैलने अफवाह चिर्न पनि कोसेली स्थानीय उत्पादन तरकारीको १० केजीको प्याकेज बनाएर अतिथिलाई प्रदान गर्दै आएको अध्यक्ष बिडारीले बताउनुभयो । अतिथिलाई अहिले थाहा नगरपालिकाको खेतबारीमा उत्पादन भइरहेको आलु, काउली, बन्दा, भेडे खुर्सानी, माच्छे खुर्सानी र अकबरे खुर्सानीको प्याकेट बनाएर दिइएको थियो । 

त्यसो त प्रमुख अतिथि, अतिथिको तस्बिर, मन्दिरलगायत मूर्तिकला पनि मायाको चिनोका रूपमा दिइन्छ । पछिल्लो समयमा मकवानपुरमा जिल्लाकै पहिचान र नामसँग जोडिएको काठको ठेकी मायाको चिनो दिने गरेको देखिन्छ ।

अध्यक्ष बिडारीले उद्योग वाणिज्य महासङ्घ प्रदेशदेखि नगर तथा जिल्ला उद्योग वाणिज्य सङ्घका पदाधिकारीलगायतका १२५ जना अतिथिलाई हरियो तरकारी सङ्कलन गरी प्याकेट बनाएर कार्यक्रमको समापनसँगै प्रदान गरिएको बताउनुभयो । 

कार्यक्रमको समन्वय गरेको थाहा नगर उद्योग वाणिज्य सङ्घका महासचिव सुरेन्द्रमान प्रधानले कार्यक्रमममा आएका पाहुनालाई मायाको चिनो प्रदानमा नयाँ प्रयोग र अभ्यासको थालनी गरिएको बताउनुभयो । 

“मायाको चिनो के दिने भन्ने विषयमा हामी अन्योलमा थियौँ, हामीले धेरै पटक विभिन्न सजावटका सामग्री मायाको चिनोस्वरूप दियौँ तर ती सामान घर लगेपछि अतिथिलाई व्यवस्था गर्न नै समस्या र झन्झट हुने, उपयोगमा पनि नआउने गरेको पायौँ । त्यसैले स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णयमा पुग्यौँ,” उहाँले भन्नुभयो । गोरखापत्र अनलाइन 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...