pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

अक्सिजन प्लान्टमा अनियमितता भएको भन्दै थाहाका प्रमुख प्रशासकिय अधिकृत सहित ३ जना बिरुद्ध अख्तियारमा उजुरी ,

Screenshot_20211223-10483-1657863754.png

मकवानपुरको थाहा नगरपालिकाले आपूर्तिकर्तासँगको सेटिङमा १३ लाख बढी हालेर अक्सिजन प्लान्ट किनेको खुल्न आएको छ । भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) कबोल गर्नेसँग अक्सिजन प्लान्ट खरिद नगरी १ करोड १० लाख बढी कबोल्नेसँग ठेक्का सम्झौता गरेको फेला परेको छ ।
अक्सिजन प्लान्ट खरिदको ठेक्का पाउने सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिभन्दा मुनरक इन्टरनेशल प्रालिले झन्डै १३ लाख कममा अक्सिजन प्लान्ट आपूर्ति गर्ने प्रस्ताव गरेको छ । तर थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, नगरपालिकाका बायोमेडिकल इन्जिनियर राजेश्वर कमाली र सुभारम्भका मालिक सो#भित प्रसाईको मिलेमतोमा १३ लाख बढी मूल्यको अक्सिजन प्लान्ट खरिदको ठेक्का सेटिङ भएको खुल्न आएको छ ।

नगरपालिकाले आफूहरूलाई थाहै नदिई आशयपत्रको सूचना पत्रिकामार्फत निकालेको भन्दै मुनरकले उजुरी समेत दिएको छ । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी भने मुनरकलाई जानकारी गराएरै सुभारम्भलाई ठेक्का दिएको दाबी गर्छन् । भदौसम्ममा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी सुभारम्भ सर्भिस ट्रेडर्स प्रालिसँग १ करोड १० लाख ११ हजार ९९ रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनको भनाइ छ ।
१३ लाख बढी कबोल्नेसँग अक्सिजन प्लान्ट खरिद गर्न लागेको विषयमा प्रश्न गर्दा पुरीले बागमती प्रदेश सरकारको गाइडलाइन्स अनुसार सम्झौता भएको बताए । यो विषयमा मुनरक प्रालिलाई पनि जानकारी गराइएको उनको प्रतिक्रिया छ । पुरीसँग ति सबै कागजात माग गर्दा दिन भने इन्कार गरेका छन् ।
मुनरकले भने नगरपालिकाले कुनै जानकारी नगराएको भन्दै उजुरी हालेको छ । ‘अक्सिजन प्लान्ट स्थापनाका लागि नगरपालिकाले लिएको यस कसिमको प्रक्रियागत छनौट स्वतन्त्र, निश्पक्ष र पारदर्शी नहुँदा आगामी दिनमा हुने अन्य टेण्डर प्रक्रियामाथि पनि प्रश्न उठ्ने निश्चितप्रायः छ’, मुनरकको उजुरीमा उल्लेख छ, ‘ के- कति कारणले सबै प्रक्रिया पूरा गर्दा र न्यूनतम दररेट कायम गरी बोलपत्रमा भाग लिँदापनि हाम्रो कम्पनी छनौट हुन सकेन ? यसबारेमा यहाँको तर्फबाट तत्काल निर्णय सच्याई पूनःमूल्यांकन गर्न माग गर्दछौं ।’,
यो टेण्डर प्रक्रियामा हामी भ्याटसहित ९७ लाख १८ हजार रुपैयाँ (सबभन्दा कम मूल्य) मा सहभागी भएका थियौं । तर, हामीभन्दा करिब १३ लाख बढि रुपैयाँ मूल्यमा टेण्डर हालेको कम्पनी छनौट गरिनुले यो प्रक्रियामा बदनियत र खोट देखिएको प्रष्ट हुन्छ ।’, मुनरकले भनेको छ ।
मिलेमतोमा बदनियतपूर्ण तवरले गैरकानूनी रुपमा अख्तियारको दुरुपयोग गरी गरिएको टेण्डर छनौट सच्याउन उजुरी परेको हो । टेण्डर प्रक्रियामा निर्णय गर्ने अख्तियारप्राप्त व्यक्तिहरुबाट कानून र अख्तियारको दुरुपयोग गरी निर्णय लिईएकोले यस निर्णय प्रक्रियामा संलग्नहरुउपर अख्तियार दुरुपयोग अनुशासन आयोगमा समेत छानबिन गरि दोषीउपर कारबाही गर्न माग गरिएको छ ।  स्वास्थ्य लाइभ बाट।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

Screenshot_20220715-11212-1657863756.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...