jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

‘शैक्षिक गुणस्तर सुधार्न सरकारसँगै अभिभावक जिम्मेवार’ 

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षाको गुणस्तर सुधार गर्न सरकारसँगै विद्यार्थी, शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी, शिक्षकसँगै अभिभावकले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँनुभयो ।
सबै पक्ष जिम्मेवार भए विद्यार्थीको भविष्य राम्रो हुने भन्दै उहाँले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको रामेछाप स्थित गाउँको उदाहरण दिनुभयो । ‘विद्यालयको जग्गा हेरेपनि पर्याप्त छैन, ठाउँ हेरेपनि उस्तै छ भीर,’ उहाँले भन्नुभयो, ‘तरपनि त्यहाँको शिक्षाको गुणस्तर र मिहेनत हेर्दा निक्कै खुशी लाग्दो छ ।’
तामाङ बस्ती भएपनि रामेछापको कुलमान घिसिङको गाउँको विद्यालय पढेका सबै विद्यार्थी डाक्टर, ईन्जिनियर भएको भन्दै मन्त्री मोक्तानले शैक्षिक गुणस्तर बढाउँदै असल नागरिक बनाउँन शिक्षक, विद्यार्थीसँगै अभिभावकपनि जिम्मेवार बन्नुपर्ने तर्क गर्नुभयो । असल, सभ्य, अनुशासित नागरिक बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षकसँगै अभिभावक बढी सचेत बन्नुपर्ने उहाँको भनाई छ । ‘विद्यालयमा १०–४ बजेभित्र मात्र अनुशासित बनाएर बालबालिका बन्दैन,’ उहाँले भन्नुभयो, ‘परिवारले पनि छोराछोरीलाई अनिवार्य अनुशासित बनाउँनुपर्छ ।’
कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयमा लामोसमय अध्यापन गराउनु भएका पूर्व शिक्षकहरु रामकृष्ण रोक्का र श्यामकुमार भारद्वाजलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । साथै, विद्यालयको अक्षय कोषमा आर्थिक सहयोग गरेको भन्दै स्थानीय चन्द्रबहादुर वाईबा र गोपी बर्तौलालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
सम्मानितहरुलाई कार्यक्रमकी प्रमुख अतिथी मन्त्री मोक्तानले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । साथै, विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेका एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना पनि प्रदान गरिएको थियो ।
महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १३ का वडा अध्यक्ष मनोजकुमार वाईबा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, विद्यालय व्यस्थापन समितिका सदस्य बिरबहादुर गोले ‘सानु’, समाजसेवी बसन्तकुमार लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...