jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

‘दैवले दिएको चोट त सहेकै थिएँ, लोग्नेको चोट कसरी सहनु !’

s_xn6aPPvZdl-1611640794.jpg

नाम हो शान्ति, उमेर चाहिँ २७ वर्ष । 


बैतडीको सदरमुकाम गोठालापानीबाट उत्तरतर्फ पर्छ दोगडा केदार गाउँपालिका । गाउँपालिकाको सबैभन्दा विकट ठाउँ हो रिम । सदरमुकामबाट पैदल हिँडेर जाँदा तीन, चार दिनभन्दा बढी लाग्छ । तर सिल्लेगडासम्म गाडी चल्ने भएकाले सदरमुकामबाट हिँडेर जान पर्दैन । त्यही विकट रिमको डरमकी बासिन्दा हुनुहुन्छ, शान्ति । झट्ट हेर्दा लाग्दैन, उहाँ दृष्टिविहीन हुनुहुन्छ । तर वास्तविकता उहाँ आँखा देख्नुहुन्न ।

नाम शान्ति भए पनि मनमा कहिल्यै शान्ति भएन । सानैमा आँखाको ज्योति गुम्यो । पढ्दै गरेको विद्यालय छुट्यो, साथीभाइ छुटे । घाँस दाउरा गर्ने उकाली–ओराली र लेकबेसीको बाटो छिनमै अँध्यारो भयोे । 
सानैमा बुरुकबुरुक उफ्रँदै खेलेको आँगन छामेर हिँड्नुपर्‍यो । सँगै खेलेका साथीभाइलाई आवाजको भरमा ठम्याउनु पर्ने भयो । 

१२ वर्षदेखि शान्तिको जिन्दगी यही अँध्यारोमै चलिरहेको थियो र अँध्यारोमा जिउने बानी पनि परिसकेको थियो । एकदिन कसैले अँध्यारो जिन्दगीलाई डोर्‍याइदिन हात थाम्ने कुरा गर्‍यो । अँध्यारो मनमा खुसी छायो । केही दिन खुसीमै बिते पनि शान्तिको खुसी वर्ष दिन पनि टिकेन । एकाएक त्यो खुसी पनि हरायो । जिन्दगीभर हात थाम्ने कसम खाएका श्रीमानले साथ छोडे । अहिले न हातमा नागरिकता छ, न बिहे दर्ता छ । एक वर्षे खुसीको प्रमाण जन्मदर्ताविहीन छोरी काखमा छिन् । अनि सानो बुकुरोमा छन्, अशक्त र कमजोर सासु ससुरा, जसले शान्तिलाई आज पनि सहारा दिने कोसिस गरिरहेकै छन् । तर शान्ति र सासु–ससुरा दुवैको सुख र दुःख एउटै ज्यानमा पुगेर ठोकिन्छ । नाम हो भीम साउद । सासु–ससुराको छोरा र शान्तिको लोग्ने । 

शान्ति १२ वर्षकी हुँदा दुवै आँखा राम्रोसँग देख्नुहुन्थ्यो । गाउँको विद्यालयमा कक्षा सातसम्म पढ्नुभयो । एकदिन कक्षामा बसिरहेकै बेला बेस्सरी टाउको दुख्यो । आँखा तिरमिराए । के भयो भनेर आँखा मिच्न खोज्दा हेरिरहेको किताब धमिलो देखियो ।

एक हप्तासम्म शान्तिका आँखाको उज्यालो हराउँदै गयो र अँध्यारो देखिने क्रम बढ्दै गयो । त्यसपछि शान्तिलाई लिएर शान्तिका बा आँखा जँचाउन कैलालीको धनगढीमा रहेको गेटा आँखा अस्पताल पुगे ।
अस्पतालमा जाँच भयो । डाक्टरले आँखामा जलबिन्दु भएको र दृष्टि फर्किन नसक्ने बताएपछि बाबु–छोरी डाँको छोडेर रोएर आँखा त भिज्यो, तर दृष्टि फर्किएन । एकाएक हराएको दृष्टिमा अभ्यस्त भएको १२ वर्षपछि शान्तिको जीवनमा एउटा नयाँ मोड आयो । 

सन्तान जन्माउन बिहे

शान्तिसँग अहिले पाँच वर्षकी छोरी छिन् । दिनहुँ हुर्किँदै गरेकी छोरी आमाको हात समाएर डोर्‍या​उँछिन् । छोरी, काम गर्न र कुरा बुझ्न सक्ने उमेरमा नपुगे पनि घरभित्रको सानोतिनो सामान शान्तिको हातसम्म पुर्‍याउने काम गर्छिन् । छोरीको अनुहार शान्तिको जस्तै छ तर छोरीको अनुहार आफ्नै जस्तो छ भन्ने कुरा आमालाई थाहा छैन । 

पढेर केही बन्ने लक्ष्य नभए पनि शान्तिलाई आफ्नै खुट्टामा उभिन सक्ने हुनु थियो । गाउँघरका अरू महिला जस्तै सामान्य जीवन जिउने सपना थियो । तर आँखा नदेख्दा शान्तिको त्यो सपना पनि हरायो । २१ वर्ष पुग्दा रहर र सपना दुवै टुटेका बेला आजभन्दा सात वर्षअघि शान्तिको हात थाम्छु भनेर पुगे दोगडाकेदारकै भीम साउद । बिहेको कुरा चल्यो, बिहे भयो र शान्तिका पाइला बेहुलीका रूपमा भीम साउदका घरमा भित्रिए । 

त्यसो त अपाङ्गता भएकी छोरीसँग भीमले बिहे गर्छु भन्दा शान्तिका आमाबुबाले पत्याएका थिएनन् । आँखा नदेख्ने छोरी बिहे गरि पठाउँदा छोरीको जीवनमा दुःख थपिने भन्दै शान्तिका बाले बिहेको कुरा अस्वीकार गर्दा भीमले भनेका थिए, ‘तमरी चेलीलाई ब्या गरि, दुःख नाइदिन्याहू भणी देवता माण्णोमा झाइ कबुल गर्‍योु अर्थात् तपाईँको छोरीलाई बिहे गरेर दुःख दिने छैन भन्दै देवताको मन्दिरमा गएर कबुल गर्‍यो ।

भीमले देवताको मन्दिरमा गएर वाचा गरेपछि शान्तिका आमाबुवाले २०७२ सालको फागुनमा शान्तिको बिहे भीमसँग गराइदिए । पहिलो बिहे गरेको १२ वर्षसम्म भीमकी जेठी श्रीमतीबाट सन्तान जन्मेको थिएन । जेठी श्रीमतीबाट बच्चा नजन्मने भएपछि भीमले बच्चा जन्माउनकै लागि शान्तिसँग बिहे गरेका थिए । तर अहिले शान्ति भन्नुहुन्छ, “बिहेपछि के को माया, झन् दुःख थपियो’ ।  

छोरी जन्मिँदा कुटपिट सुरु 

बिहे गरेको एक वर्षसम्म भीमले शान्तिलाई माया गरे । जेठी श्रीमती जमुना अथवा सौतेनी दिदीको व्यवहार पनि नराम्रो थिएन । शान्तिले घरमा आफूले सकेको काम गर्नुभयो भने भीम र जेठी श्रीमती घरबाहिरको काम गर्थे । घरपरिवार राम्रोसँग मिल्दा शान्तिका आमाबुबा पनि खुसी थिए तर २०७३ सालमा शान्तिको कोखबाट छोरी जन्मेपछि सबै कुरा बाङ्गा र पेचिला हुँदै गए । 

छोराको आशा गरेका भीमले छोरी जन्माएको भन्दै शान्तिमाथि कुटपिट सुरु गरे । भन्न थाले, ‘छोरा जन्माउन तँसँग बिहे गरेको हो ।’  सौताले पनि उस्तै व्यवहार गरिन्, श्रीमान् र सौताले आफूमाथि गरेको दुर्व्यवहार सम्झँदा शान्तिका आँखा रसाउन थाल्छन् ।

दैवले हाणेकी चोट मइ सइवर बसीरैथ्यौं । अइल त मलाई मान्सैले चोट दियो । यो चोट सइवर बस्सा है और केइ लै उपाय नाइथीन । ९‘दैवले दिएको चोट सहेरै बसेकी थिएँ । तर अहिले त मान्छेले नै चोट दियो । यो पनि सहेर बस्नुको विकल्प छैन’० अहिले शान्ति आफनो मन आफैले बुझाउन यसै भन्नुहुन्छ ।

छोरी जन्मेपछि भीमले घर छोड्नुभयो । चार वर्ष भयो भीम कहाँ हुनुहुन्छ पत्तो छैन । ‘अब भारत जान्छु । उतै बेपत्ता हुन्छु । तँ यो घरमै बस्छेस् वा माइती जतासुकै जान्छेस् जानू । यो घरमा कहिल्यै आउँदैन भनेर निस्केका हुन् । कहाँ छन्, जिउँदो छन् कि छैनन् केही थाहा छैन,’ शान्तिले भन्नुभयो ।

भीम घरबाट गएपछि जेठी श्रीमती जमुना पनि सित्तड माइती गएर बसिन् । शान्तिले दुःखी हुँदै भन्नुभयो, ‘भारतबाट आएकालाई सोध्छु, कसैले देखेनौँ भन्छन्, खोज्न कहाँ जानु रु सासु–ससुरा बूढा, म आफू यस्ती, अब कहाँ खोज्ने ।’

नागरिकता नहुँदा समस्या

शान्तिसँग न त नागरिकता छ, न त विवाह दर्ता नै । नागरिकता नहुँदा अपाङ्गता परिचयपत्र समेत बनाउन पाएको छैन । ‘काम गर्न आँखा छैन, सासु–ससुरा केही गर्न सक्दैनन् । अपाङ्गता परिचयपत्र भए पनि केही भत्ता त आउँथ्यो होला । त्यो पनि छैन । कसरी बनाउने होला रु’ शान्तिले नागरिकता नहुँदाको समस्या सुनाउनुभयो ।

शान्तिसँग नागरिकता र विवाहदर्ता नहुँदा छोरीको पनि जन्मदर्ता भएको छैन । जन्मदर्ता नहुँदा छोरीलाई पढाउन समस्या भएको छ । ‘दिनहुँ छोरी बढ्दैछे । विद्यालय भर्ना गर्ने बेला भयो, जन्मदर्ता छैन । यो समस्या लिएर तीनरचार पटक वडा कार्यालयसमेत पुगे । वडाले श्रीमान् चाहिन्छ भन्छ, अब श्रीमानलाई खोजेर कहाँबाट ल्याउँ रु रित्तो हात फर्कन्छु’ शान्तिले भन्नुभयो ।

श्रीमान् नहुँदा बुवाको नामबाट नागरिकता लिने प्रयास पनि शान्तिले गर्नुभयो । नागरिकता बनाइदिन माइतीबाट बुवा र दाइ पनि वडा कार्यालय पुगे । तर वडा कार्यालयले नागरिकताको लागि सिफारिस नै दिन मानेन ।

‘फर्की आइजा छोरा’

ढुंगाले चिनेको घर, सिलेटले छाएको छाना । एकापट्टी गाइगोरु बाधिएका छन्, अर्कोपट्टी बस्छ शान्तिको परिवार । आँगन नजिकैको बारीलाई लहलह गहुँले हरियो र बारीमा फुलेको पहेलो तोरीले रंगीन बनाएको छ, तर शान्तिका आँखा न बारीको रंग देख्छन् न त भविष्यको रंग ।

त्यही घरको आँगनीमा मलिनो अनुहारमा सधै झोक्राइ रहन्छन् ९५ वर्षका बूढा ससुरा अर्थात् भीमका बा । लठ्ठीको सहारामा हिँडडुल गर्नुहुन्छ । घरकै आँगन भिर जस्तो लाग्ने शान्तिका ससुरा बालाई एकातिर आँखा देख्न नसक्ने बुहारीको पीर छ, अर्कोतिर हराएको छोराको चिन्ता । 

कपाल दारी फुलेर सेताम्मे भएका बुढा बालाई आफूहरू मरेपछि नातिनी र बुहारीको के होला भन्ने पिर लाग्छ । श्रीमानले आफ्नो पीडा सुनाउँदा ७० वर्षीया शान्तिकी सासु मीना साउद सलले मुख छोपेर घुँक्क–घुँक्क गर्छिन् । चमेलियाको पानी उनका आँखाबाट भल बनेर बग्न थालेको वर्षौँ भइसक्यो । उहाँको पनि एउटा आँखा छैन । सानैमा कमिलो पस्दा मिचेर बिग्रेको आँखा अहिलेसम्म पनि देख्न मिल्ने भएन । 

त्यसमाथि शान्तिका सासुका दुई सन्तान यो संसारमा छैनन् । भएका एकमात्र कान्छो छोरा बेपत्ता छन् । मीना भन्नुहुन्छ, ‘जेठो चेलो मर्‍यो, ब्वारी पोइल गइ, ब्या गर्याकी चेली थि, उइ मरी । उत्थपछा अर्का चेलानले ब्या गर्यो,  बालबच्चा नाइभ्या । अर्को ब्या गर्यो, त्यइ छाडी गयो अर्थात् जेठो छोरा खस्यो, बुहारीले अर्को बिहे गर्‍यो । छोरी भिरमा घाँस काट्दा लडेर मरिन् । कान्छो छोराले बिहे गर्यो सन्तान भएन । अर्को बिहे गरेर आफू हरायो । 

उहाँ भन्नुहुन्छ, ‘नातिनी दिनहुँ ठूली हुँदैछे । हामी बूढाबूढी डाँडामाथिको जुन जस्तै छौँ । अपाङ्ग बुहारीको निकै पीर लाग्छ । छोरा फर्की आइजा । सपनामा छोरो मलिनो अनुहार देखिन्छ । बोलाउन खोज्छु । निद्राबाट बिउँझन्छु । छोरालाई सम्झँदा दिनको भोक र रातिको निद्रा हराउँछ ।’  

विवाहदर्ता दिन जेठी श्रीमतीले मान्दिनन् स् वडाध्यक्ष

नागरिकताको सिफारिस माग्न जाँदा वडा कार्यालयले नसुनेको शान्तिको गुनासो छ । तर वडाध्यक्ष ध्वजबहादुर कार्की भने जेठी श्रीमतीको कारण आफूले सिफारिस दिन नसकेको बताउनुहुन्छ ।

‘जेठी श्रीमतीले मेरो श्रीमानले त्योसँग बिहे नै गरेको छैन भन्छिन्, कसरी सिफारिस दिने । मै दोधारमा परेको छु’, अध्यक्ष कार्कीले भन्नुभयो ।

उज्यालोसित कुरा गर्दै कार्कीले भन्नुभयो, ‘विवाहदर्ता, जन्मदर्ताका लागि के–के गर्नुपर्छ भन्ने सबै प्रक्रिया मलाई पनि थाहा छैन । तपाईँहरूले सिफारिस दिन मिल्ने प्रक्रिया सिकाउनुभयो र जिल्लाको आदेश आयो भने म सिफारिस बनाइदिन्छु ।’

यस्तो अवस्थामा दुई तरिका अपनाउन सकिन्छ  स् अधिवक्ता  श्रेष्ठ

बैतडीकी शान्तिको समस्या समाधान गर्ने उपाय दुइटा उपाय छन् भन्ने धेरै वकिललाई थाहा छ । अधिवक्ता सविन श्रेष्ठ शान्तिले नागरिकता लिन दुई उपाय सुझाउनुहुन्छ । पहिलो सासु–ससुराको सनाखत र गाउँको मुचुल्काबाट । अर्को अदालती प्रक्रियाबाट ।

शान्तिका श्रीमान बेपत्ता भएकाले सासु–ससुरा सहमत भएको खण्डमा गाउँलेहरूले साक्षी बसि मुचुल्का दिएमा वडा कार्यालयले नागरिकताको लागि सिफारिस दिन मिल्छ ।  वडाले सिरफारिस दिइसकेपछि जिल्ला प्रशासन कार्यालयबाट सजिलै नागरिकता लिन सकिन्छ । नागरिकता लिइसकेपछि जन्मदर्ताको हकमा आमा वा बाबु जसले पनि जन्मदर्ता गराउन सक्ने व्यवस्था भएको अधिवक्ता श्रेष्ठ बताउनुहुन्छ । 

अधिवक्ता श्रेष्ठ भन्नुहुन्छ, ‘श्रीमान् नहुँदा सासु–ससुराले मेरो बुहारी हो भनेर साक्षी बस्दा विवाह दर्ता हुन्छ । अनि विवाह दर्ताको कागज राखेर नागरिकता लिन सक्ने व्यवस्था हुन्छ । वडाले यसमा सहजीकरण गरेको खण्डमा यो सजिलै बन्छ ।’

यदि यो अवस्था सिर्जना भएन भने कानुनी प्रक्रियाबाटै अगाडि जानुपर्छ । ‘अदालतमा नाता कायम भन्ने मुद्दा हुन्छ । यसमा श्रीमती तथा छोरी कायम गराइ पाउँ भनेर मुद्दाको प्रक्रियाबाट अघि जानु पर्‍यो । यसमा सासु–ससुरा दुवै सहमत भएकाले उहाँहरूलाई समेत साक्षी प्रमाण मानेर मुद्दा दर्ता गर्दा सजिलो हुन्छु श्रेष्ठको सल्लाह छ ।

उहाँ भन्नुहुन्छ, ‘यसो भएको खण्डमा अदालतबाटै नाता कायम गरेको आधारमा विवाह कायम गरेर त्यही आधारमा नागरिकता लिने तथा जन्मदर्ता गराउन सकिन्छ ।’  यो नाता कायम भइसकेपछि शान्तिले नेपालको कानुनअनुसार श्रीमानबाट श्रीमतीले पाउने सबै अधिकार र अंश पाउँछिन् ।   


 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...