pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा

FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा नगरपालिकाबाटै उपलब्ध हुने भएका छन्। “आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुने करसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्यविधि, २०८२” बमोजिम थाहा नगरपालिकाले बिहीबारदेखि औपचारिक रूपमा सेवा शुभारम्भ गरेको हो।
नगरपालिकामा आयोजित कार्यक्रममा सेवाग्राहीलाई प्यान प्रमाणपत्र वितरण गर्दै सेवाको उद्घाटन गरिएको थियो। अब नयाँ प्यान नम्बर जारी, बायोमेट्रिक दर्ता, राजस्व भुक्तानी, कर चुक्ता लगायतका आधारभूत करसम्बन्धी सेवाहरू थाहा नगरपालिकाबाटै प्राप्त गर्न सकिने भएको छ।
सेवा शुभारम्भ कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदी, थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल तथा थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा थाहा नगरपालिका–३ निवासी राधिका रायमाझीलाई व्यक्तिगत प्यान कार्ड तथा बीएम एकीकृत कृषि तथा पशुपन्छी फार्म र फुर्सोमाटा कृषि तथा पशुपन्छी फार्मलाई व्यावसायिक प्यान नम्बर प्रदान गरिएको थियो।
थाहा नगरपालिका प्रमुख विष्णुबहादुर विष्टले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीले हेटौंडासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको बताउँदै भने, “नगरवासीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो। करसम्बन्धी आधारभूत सेवा नगरपालिकाबाटै उपलब्ध हुनु संघीयताको व्यवहारिक कार्यान्वयनको महत्वपूर्ण उदाहरण हो। यसले समय, श्रम र खर्चको बचत गर्नुका साथै करदाताको पहुँचलाई अझ सरल बनाउनेछ।”
त्यसैगरी आन्तरिक राजस्व कार्यालय हेटौंडाका प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले कर प्रशासनलाई नागरिकको घरदैलोमा पुर्‍याउने उद्देश्यअनुसार स्थानीय तहसँगको सहकार्यमा सेवा विस्तार गरिएको जानकारी दिए। उनले भने, “करदाताले सामान्य सेवाका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न यो व्यवस्था गरिएको हो। स्थानीय तहबाट सेवा प्रवाह हुँदा करदाताको सहभागिता बढ्नुका साथै कर प्रणालीप्रति विश्वास र पहुँच पनि विस्तार हुनेछ।”
नगरपालिकाले सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा गरेको जनाएको छ। स्थानीय स्तरमै सेवा उपलब्ध हुन थालेपछि थाहा नगरपालिकासहित आसपासका क्षेत्रका नागरिक तथा व्यवसायीहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

FB_IMG_1781779142632-1781779159.jpg
FB_IMG_1781779145245-1781779176.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg