Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

१२ शिक्षक संगठद्धारा शिक्षक महासंघमा उत्पन्न समस्या समाधानकाे माग सहित संयुक्त बिज्ञप्ति ( बिज्ञप्तिको पूर्ण पाठ)

Untitled-1-1622960180.jpg

सम्पूर्ण शिक्षक तथा कर्माचारी एक हुन अखिल नेपाल शिक्षक संघ केन्द्रिय अध्यक्ष एवम् पुर्व सहजिकरण समिति संयोजक सानोभाई कार्कीले अनुरोध गर्नुभएको छ । नेपाल शिक्षक महासंघलाई मजबुद बनाउन र अनिर्णयको बन्दी नबनाउन अखिल नेपाल शिक्षक संघ लगायत १२ शिक्षक संघले  बिज्ञप्ति जारी गरि अनुरोध गरेको हो ।

बिज्ञप्तिमा छिट्टै नयाँ कार्य समिति चयन गर्न मार्ग प्रसस्त गर्न भनिएको छ । नेपालमा हाल शिक्षकहरुका १५ संगठन भएकोमा १२ संगठनको सहमतिमा शिक्षक महासंघमा उत्पन्न समस्या समाधान गर्ने उद्देश्यले संयुक्त बिज्ञप्ति प्रकाशन गरेको अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाई कार्कीले बताउनुभयो ।

(हेर्नुस बिज्ञप्ति)

आदरणीय विद्यालय शिक्षक एब कर्मचारी मित्रहरु !अभिवादन !!
मित्रहरु नेपाली शिक्षक र कर्मचारीहरुको उपलब्धि र समस्या साझा हो ।पेशागत साझा सवाललाई समाधान गरी शिक्षण पेशालाई मर्यादित ,सुरक्षित ,आकर्षित बनाई शिक्षाको माध्यमबाट नेपाल र नेपालीहरुको समग्र उन्नयनको खातिर हाम्रा अग्रज शिक्षक नेताहरुले नेपाल राष्ट्रिय शिक्षक संगठन नामक संस्थाबाट एकत्रित भै संगठित हुने प्रारम्भ भएको र त्यस संस्था  मार्फत नेपाली शिक्षकहरुको पेशा उपलब्धिमुलक बन्न केही हदसम्म मद्दत पुराएको प्रति हामीले गौरव गर्नै पर्दछ ।

एकदशक(२०३६-०४६)को एकता र दुई दशकको छिन्नभिन्नता पछि नेपाली शिक्षकहरुको विकसित चेतकासाथ नेपाल शिक्षक महासङ्को जन्म भयो  ।यस बैधानिक संस्था बाट संगठित  नेपाली शिक्षकहरुको एकता  एकपछि अर्को गरी विघटनको चरणमा पुगेको आभाष नेपाली शिक्षकहरुले गर्न पुगेका छन ।शिक्षा र शैक्षिक मुद्दाहरूको परिवर्तित समय र सन्दर्भसङै स्वरुप बदलिएको हुन्छ  र  छ । राज्यले नेपालको शिक्षा प्रणालीलाई आवस्यक सुधार गर्न नसकेको तथ्य अहिले पनि शिक्षा ऐन २०२८(समय समयको संशोधित )बाट सन्चालन भै रहेको जगजाहेर छ ।ब्यबस्था पटकपटक बदलियो ,शिक्षा ब्यब्बस्थापन फेरिएन ।अर्को शब्दमा भन्नु पर्दा शिक्षामा अर्जुनदृष्टि राखेर मुलुकको परिवर्तन गर्ने सोच ,कार्यक्रमका साथ उपस्थित भएको दल र सरकार पाउन सकिएन ।केबल कर्मकाण्ड धान्ने प्रवृति नै हावी भयो ।यस कुराको प्रमाणित यसै वर्ष वाचित बजेट भाषणले पनि गरेको छ ।मुलुकको प्रशासन क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई काखा र शिक्षकहरु जस्ले नेता,कर्मचारी ,बैज्ञानिक र सारमा सबै क्षेत्रको कुशल नागरिक उत्पादकलाई गरिएको पाखाको नीतिले के प्रश्न जन्मिएको छ भने सरकार दैनिक सन्चालन हुने कर्मकाण्ड लाई निरन्तरता दिने र मुलुकको दीर्घकालीन र दीगो परिवर्तनबाट सम्वृद्द नेपाल सुखी नेपाली बनाउने नारालाई ब्यबहारमै देखाउन चहादैन ।विद्वानहरुको भनाई छ कि मुलुकको बिनाश गर्नु छ भने शिक्षा र शैक्षिक क्षेत्रलाई अस्तव्यस्त बनाए पुग्छ ।
   यी सबै सन्दर्भलाई मनन गरी सचेत नागरिक शिक्षकहरुले एकतावद्द भै अधिकार र कर्तव्यको लागि शिक्षक एकताको सारगर्भित ,अर्थपूर्ण र दीगो सोचकासाथ नेपाल शिक्षक महासङ संस्था निर्माण गरी कृयाशील रहेको विदितै छ ।यसबाट पेशामा प्रवेश गरेका तर थुप्रै पेशागत समस्याबाट पीडित शिक्षकहरुमा आशाको दीयो प्रज्वलित भएको तथ्य स्पष्ट छ ।यद्यपि वर्तमानमा पनि शिक्षक र विद्यालय कर्मचारीहरुमा रहेका प्रशस्त समस्याहरुको निष्कर्ष नै निराशा हो ।एक वा अर्को प्रकारको असन्तुष्टिलाई  शब्दमा बर्षा गरि आत्मरती लिनु परेको परिस्थितिले मोड लिएको हुनसक्दछ ।एकातिर यो अवस्था छ भने अर्कोतर्फ जहाँ भर गरेर टेकियो त्यहीँ भासियो  भने झै नेपाल शिक्षक महासङ्को गठन पश्चात एकपछि अर्को गरी शिक्षक कर्मचारीहरुको समस्यामा गम्भीर हुनु पर्नेमा ठुला र भर गरिएका संस्थाहरु वीच नेतृत्व लिने र नछाड्ने प्रवृति हावी भैरहेको सन्दर्भप्रति हामी गम्भीर भएका छौ ।विगत वर्ष नेपाल शिक्षक संघको असहमतिलाई सहमतिमा ल्याउने प्रयास गरियो ।सो असहमतिमा रहेका दुई बुदा नेपाल शिक्षक महासङको अवधी ४ वर्ष बाट ३ वर्ष कायम गर्ने र दोश्रो संस्करणबाट निवर्तमान भएका शिक्षकहरुलाई कुनै पनि तहको नेतृत्वमा नलाने भनी २०७७ फागुन १४ गते पटकपटकको भगीरथ प्रयास पछि नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय कार्यालय कुमारी पाटीमा बसी नेपाल शिक्षक महासङको मर्म ,भावना ,आवस्यकता र सन्स्थाको दायित्वलाई आत्मसात गरी महासङको परम्परा लाई निरन्तरता दिने गरी कतिपय लिखित र भावनात्मक रुपमा सहमति गरियो ।सहमतिपत्रमा महासङ्को तर्फबाटतात्कालीन अध्यक्षको तर्फबाट  बाबुराम थापा ,नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र राज पौडेल ,नेपाल राष्ट्रिय शिक्षक सङठनका अध्यक्ष लक्षमण शर्मा र सहजीकरण को तर्फबाट सानोभाइ कार्की समेत रहेको सबै सामु दर्पण छ ।यसपछि सोही १७ गते महासङको कार्यालय केशरमहलमा सहमति सार्वजिनिकिकरण ,२१ गते पर्यटकीय क्षेत्र दामनमा बैठक गरी फागुन २९ गते ललितपुर
स्थित साझा बैकवेटमा सहमति अनुरुप नै दोश्रो परिषद बैठक बस्यो। विडम्बना  भन्नु  पर्छ हिजोको सौहाद्रता र  भावनात्मक एकताको मसी सुक्न नपाउदै समझदारी अनुसार पदसोपानको जिम्मेवारी ,दायित्व ,विधि र प्रक्रियाको एक वा अर्को पक्षतर्फ औलो तेर्स्याई  फेरि अनेकताका आभाष देखा पर्न गयो ।सिमित मानसम्मानको थित्री तेर्स्याउदै शक्ति प्रदर्शनमा रमाउन थाल्यौ ।यसरी आम शिक्षक कर्मचारीहरुको आशाको दीप (शिक्षकहरू कर्मचारी भन्दा १०% तलव सुबिधासम्पन्न हुनेछन ,सामुहिक बढुवा हुनेछ ,राजनैतिक अभियोगका कारण विस्थापित र स्थायीका कारण विस्थापित शिक्षकहरुको आवाजको सम्बोधन हुनेछ ,शिक्षक अस्पताल गतवर्ष नै सम्बोधितलाई कार्यानवयन हुनेछ,विद्यालयहरु बिपतकालिन बैकल्पिक शिक्षण सिकाईको ब्यबस्था हुनेछ ,शिक्षकहरुलाई खोपको ब्यबस्था हुनेछ ,राहत दरवन्दी दरबन्दीमा मिलान हुनेछ ,उच्चस्तरीय शिक्षा आयोगको सम्बोधन हुनेछ,नेपाल शिक्षक महासङ र शिक्षा मन्त्रालयबिच भएको ३० बुदे सहमतिको सम्मान हुनेछ  लगायत) लाई समस्या समाधान गरी शक्ति देखाउन पर्नेमा पद र प्रतिष्ठाका लागि र यसको भागिदार बन्ने होडबाजीमा लाग्यौ ।यसर्थ यो परिस्थितिबाट सिर्जित आम नेपाली शिक्षक कर्मचारीहरुको निराशालाई जिम्मेवारी लिने कस्ले हो ?कसरी महासङको जिवन्तताले सक्रीयता लिन्छ ?यी र यसप्रकारको सवालहरुतर्फ नेतृत्वदायी संस्था र ब्यक्तिहरुमा हामी गम्भीर ध्यानाकर्षण गराउदै यस्को शीघ्रातिशीघ्र उत्तर नपाएमा वा समाधान नभएमा हामी तपसिलका संस्थाहरु बैकल्पिक उपायको खोजी गर्न  वाध्य हुनेछौ ।हामी चहान्छौ कि विगत जस्तै पुन एकमना एकताको साथ महासङले निरन्तरता पाओस ।

    तपसिल
१)अखिल नेपाल शिक्षक संघ  अध्यक्ष एबम पुर्व सहजीकरण समिती संयोजक -सानोभाइ कार्की
२)अखिल नेपाल शिक्षक सङठन अध्यक्ष एबम सदस्य घनश्याम पाठक
३) नेपाल राष्ट्रिय शिक्षक परिषद  अध्यक्ष एबम सदस्य यादव राज पाण्डे
४)अध्यक्ष ईस्टु - होम कुमार थापा
५) अध्यक्ष शिक्षक फोरम लोकतान्त्रिक  बिष्णु चैधरी
६)अध्यक्ष मधेशी शिक्षक फोरम चुल्हाई यादव
७)लोकतान्त्रिक शिक्षक युनियन -अतुल लाल कर्ण
८)लोकतान्त्रिक शिक्षक फेडरेसन -रामेश्वर राय यादव
९)मदेशी शि युनियन शिक्षक संघ -रमाकान्त चौधरी
१०)अध्यक्ष राष्ट्रिय शिक्षक मंच - कुमोद सिंह
११) नेपाल विद्यालय कर्मचारी परिषद  का वा अध्यक्ष डोल राज शर्मा पौडेल
१२) अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन  अध्यक्ष  विजय रत्न बज्राचार्य 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...