himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

होसियार ! वायु प्रदूषणले आँखालाई बिगार्छ

download-(1)-1610443634.jpg

चिसो मौसममा आँखा सुक्खा हुने, आँसु बग्ने लगायत विविध समस्या देखापर्छन् । तर यो चिसो मौसममै काठमाडौँ उपत्यकाको वायु प्रदूषणको तह उच्च हुँदा आँखामा धेरै खालका समस्या देखापर्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर कमल खड्का बताउँछन् । मानव शरीरको अभिन्न अङ्गमध्ये आँखा पनि एक हो । उपत्यकामा बढेको वायु प्रदूषणले आँखा रातो हुने, आँखा धमिलो हुने, चिलाउने, आँखा रातो हुने, लामो समयसम्म आँखा चिम्म गरेर बस्न मन लाग्ने आदि समस्या उत्पन्न भएको डा। खड्का बताउँछन् ।

वायु प्रदूषणसँगै चिसो मौसममा धेरै खालका किटाणु हावामा सक्रिय हुने भएकाले प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई आक्रमण गर्दा आँखामा धेरै समस्या देखापर्ने नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर कमल खड्काको भनाइ छ ।

धुवाँधुलोयुक्त वातावरणले आँखामा प्रत्यक्ष असर गर्ने उनी बताउँछन् । वायु प्रदूषणसँगै चिसो मौसममा धेरै खालका किटाणु हावामा सक्रिय हुने भएकाले प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई आक्रमण गर्दा आँखामा धेरै समस्या देखापर्ने उनको भनाइ छ । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वर्तमान समयमा उपत्यकाको वायु प्रदूषण घटे पनि उपत्यकावासी खुसी हुनुपर्ने अवस्था नरहेको जनाएको छ ।

यो जाडो मौसममा जुनसुकै बेला वायु प्रदूषण बढ्ने  खतरा भएकाले स्वास्थ्यको ख्याल गर्न उपत्यका तथा तराईवासीलाई आग्रहसमेत गरेको छ । त्यसैले वायु प्रदूषणले आँखामा नकारात्मक प्रभाव पर्ने भएकाले ख्याल गर्न अति आवश्यक भएको डा। खड्का बताउँछन् ।

मौसम परिवर्तन हुँदा मानिसको स्वास्थ्यमा पनि असर गर्छ । प्रायः मौसम परिवर्तन हुँदा धेरैलाई रुघाखोकी लाग्ने गर्छ । त्यस्तै मौसम परिवर्तन हुँदा आँखामा विभिन्न किसिमका समस्या देखिने गर्छन् । पछिल्लो केही वर्षयता युवाहरूमा आँखाको एलर्जी बढेको उनले सुनाए ।

विद्यार्थीका आँखामा समस्या देखिन थाल्यो ।

कोरोना महामारीका कारण लामो समयदेखि शैक्षिक संस्था ठप्प छन् । भौतिक रूपमा उपस्थित भएर कक्षा सञ्चालन नभए पनि डिजिटल माध्यमबाट लामो समयसम्म पढाइ हुँदा धेरै विद्यार्थी आँखाको समस्या लिएर उपचारका लागि आउने गरेको उनले सुनाए ।

लामो समयसम्म कम्प्युटर, मोबाइल, ल्यापटपमार्फत अध्ययन गर्दा कलिला बाबुनानी र वयस्क उमेर समूहका विद्यार्थी आँखा नझिम्क्याई लामो समयसम्म हेर्दा आँखामा विभिन्न समस्या देखिएको उनले सुनाए ।

लामो समयसम्म कम्प्युटर, मोबाइल, ल्यापटपमार्फत अध्ययन गर्दा कलिला बाबुनानी र वयस्क उमेर समूहका विद्यार्थी आँखा नझिम्क्याई लामो समयसम्म हेर्दा आँखामा विभिन्न समस्या देखिएको उनले सुनाए ।

डिजिटल माध्यमबाट लामो समयदेखि अध्ययन गरिरहेका बालबालिकाका आँखा छिटोछिटो थाक्ने, आँसु झर्ने, दुख्ने, पोल्ने, आँखा चिम्म गरेर बस्न मन लाग्ने जस्ता समस्या लिएर आउने युवाको सङ्ख्या बढ्दो छ । कोरोना भाइरस कोभिड—१९ सङ्क्रमणको त्रास कम हुँदै गएपछि आँखाका बिरामीको बढ्नुको अर्को मुख्य कारण भएको उनी बताउँछन् । बालबालिका, किशोर किशोरीको आँखामा समस्या बढेका बेला उपत्यका बढेको वायु प्रदूषणले झन् असर पु¥याएको छ । सानाबाबुु नानीलाई स्कुल भर्ना गर्नुभन्दा पहिला आँखाको जाँच गरेर मात्रै भर्ना गर्नसमेत उनले सुुझाव दिएका छन् । स्कुल पढ्ने बालबालिकाको प्रत्येक वर्ष वर्षमा आँखा जाँच गर्ने  व्यवस्था सम्बन्धित निकायले गरिदिनुपर्ने समेत उनको भनाइ छ ।

आँखामा मेकप गर्दा ख्याल गरौँ

सुन्दर देखिन महिलाहरुले विभिन्न किसिमका सौन्दर्य सामग्री आँखा र आँखा वरिपरिको भागमा लगाउने गर्छन् ।

आँखा सौन्दर्य सामग्री लगाउँदा परेलाको ग्रन्थी बन्द भएर आँसु बन्न पाउँदैन । त्यसपछि आँखा सुक्खा भएर आँसु बन्ने ग्रन्थी बन्द हुँदा आनोसमेत आउन सक्छ ।

आँखामा गाजल, आइलाइनर, आइस्याडो मस्कारा आदि प्रयोग गर्दा धेरै ख्याल गुर्नपर्छ । यी आँखा सौन्दर्य सामग्री लगाउँदा परेलाको ग्रन्थी बन्द भएर आँसु बन्न पाउँदैन । त्यसपछि आँखा सुक्खा भएर आँसु बन्ने ग्रन्थी बन्द हुँदा आनोसमेत आउन सक्छ । वायु प्रदूषण अत्यधिक बढेका बेला र जाडो याममा परेलामा चाया पनि पर्न सक्छ ।

आँखामा समस्या आए तत्काल उपचार गरौँ

आँखामा चोटपटक लाग्दा, धुलो तथा कसिङ्गर पर्दा रातो हुन्जेल हातले मिच्न गरिन्छ । त्यस्तो अत्तिएर भुलेर पनि गर्न हुँदैन । आँखा रातो हुँदा, घाउ हुँदा अन्य समस्या सिर्जना हुँदा थाहा नपाईकन हल्लाका भरमा घरयसी औषधिको नराखौँ । आँखा अत्यन्त संवेदनशील अङ्ग हो ।

शारीरिक रूपमा विभिन्न समस्या भएर औषधि सेवन गरिरहेका व्यक्तिका आँखामा समस्या देखापर्न सक्छ । त्यसैले ती व्यक्तिले समयमै जाँच गर्नु अति उपयुक्त हुन्छ । शरीरको स्वास्थ्य अवस्था छ कि छैन भनेर थाहा पाउन वर्षमा दुई पटक होलबडी जाँच गरेझैँ आँखाको अवस्था ठीक छ कि छैन भन्ने थाहा पाउन कम्तीमा वर्षमा एक पटक जाँच अति आवश्यक हुने उनको भनाइ छ ।

आँखामा समस्या देखिँदा सामान्य समस्या ठानेर उपचार नगरी बस्दा आँखाले काम नगर्ने अवस्थासम्म सिर्जना हुन सक्छ । त्यसैले आँखामा समस्या देखिएमा तत्काल उपचार गर्न स्वास्थ्य संस्था जान उनको आग्रह छ । आफूखुसी आँखामा औषधिको प्रयोग गर्न हुँदैन ।

 जाडो मौसम र वायु प्रदूषण हुँदा आँखाको हेरचाह यसरी गर्ने  

—आँखालाई सधैँ सफा राख्ने, कम्तीमा दिनमा दुई तीन पटकसम्म  चिसो पानीले आँखा पखाल्ने ।

—साबुन पानीले राम्ररी हात धोएर बल्ल आँखा छुने ।

—सौन्दर्यका लागि आँखामा प्रयोग गरिने गाजल, आइलाइनर, मस्करा सकेसम्म अरूलाई प्रयोग गर्न नदिने ।

—राति सुत्नुअघि गाजल, आइलाइनर, मस्करा राम्रोसँग सफा   गर्नुपर्छ । 

—आफ्नो आँखा सफाइ गर्न प्रयोग गरेको रुमाल अरूलाई प्रयोग गर्न नदिने । 

—सकेसम्म आई ड्रप्सको प्रयोग कमभन्दा कम प्रयोग गर्नुपर्छ  । आई ड्रप्सको हानिकारक रसायनले आँखामा झन् ठूलो समस्या पैदा गर्न सक्छ ।

—वायु प्रदूषण बढेका बेला, हावाहुरी आउँदा चस्माको प्रयोग गर्ने । 

—बालबालिका पानी खेल्न मन पराउँछन् । त्यसैले फोहोर पानीबाट टाढा राखौँ । बाहिरबाट आउँदा सबै जनाले हात धुने बानी बसालौँ ।

—प्रत्येक दिन ताजा खाना खाने, खानामा अनिवार्य रूपमा सागसब्जी, गेडागुडीको समावेश गर्ने ।

—बालबालिकाको खानामा प्रोटिन, भिटामिन ‘ए’ समावेश गर्ने ।

—धेरै धुवाँधुलो र घाममा धेरै समय नबस्ने ।

—कम्प्युटर ल्यापटपमा काम गर्दा लगातार नहेरी बीचबीचमा विश्राम लिने । 

—मोबाइल, कम्प्युटर, टेलिभिजन हेर्दा अलि टाढै बसेर हेर्ने बानी बसाल्नुपर्छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg