Friday, 10 May, 2024
आर्थिक खबर

हेटौंडामा मनाइयो ६५औ सहकारी दिवस।

1648984890699-1648987714.jpg

६५ औं राष्ट्रिय सहकारी दिवस “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नारा सहित हेटौंडामा मनाइएको छ । 
६५ औं राष्ट्रिय सहकारी दिवस, मुल समारोह समिति बागमती प्रदेशको आयोजनामा सहकारी दिवश मनाईएको हो । 
सहकारी दिवसको अवसरमा आईतबार होटौंडाको भुटनदेबी माबिको चौरबाट ¥याली सुरुगरी रोयल पार्टी प्यालेसमा गई सम्मान, पुरस्कार वितरण तथा समापन कार्यक्रममा परिणत भएको थियो ।
६५ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाको सभाअध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिब बलराम निरौला, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणी पाण्डेको बिशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, बागमती प्रदेश सहकारी विकास बोर्डको सदस्य शान्ति अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेब अधिकारी, मकवानपुर जिल्ला बहुउद्देश्यी सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
सहकारी दिवसकै अवसरमा बिभिन्न सहकारी संस्था र सहकारीकर्मीलाई सम्मान गरिएको थियो ।
बिगत ३० बर्षदेखि सहकारी अभियानमा सक्रिय हेटौडाका बद्री प्रसाद लम्साललाई सम्मान गरेको छ ।  त्यस्तै प्रदेशस्तरीय सहकारी दिवस मूल समारोह समितिले दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बाजा तथा भजन सहित सहभागिता जनाउने नारायणी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हेटौंडा, युवा वचत तथा ऋण सहकारी संस्था हेटौंडा–२ र साना किसान कृषि सहकारी संस्था, मनहरी ८ लाई सम्मान गरिएको थियो । 
नेपालमा सहकारीको सुरुवात गर्ने बखान वहुद्देश्यीय सहकारी संस्था भरतपुर–१९, चितवनलाई सहकारी अभियानको ऐतिहाँसिक सम्मान गरएको थियो । 

सहकारी दिवसको अवसरमा गरिएको प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने हेटौंडा–११ स्थित बागेश्वरी महिला बचत सहकारी संस्था लिमिटेडलाई प्रथम, हेटौंडा–१३ स्थित महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड द्वितीय, हेटौंडा–१२ स्थित महिला सेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई तृतीय घोषणा गरी नगद सहित सम्मन गरिएको थियो । 
त्यस्तै सहकारी दिवसकै अवसरमा मानव सेवा आश्रमलाई खाद्यान्नका लागि २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा मन्त्री बलराम पौडेलले सहकारी क्षेत्रलाई प्राथमिकता दिएर बागमती प्रदेश सरकारले मन्त्रालय नै स्थापना गरेको बताउनुभयो । आगामी आर्थिक वर्षमा सहकारीका व्यवस्थापकहरुलाई प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने समेत मन्त्री पौडेलले बताउनुभयो ।
सहकारी दिवसको अवसरमा आयोजित सभा परिसरमा मकवानपुर जिल्ला कृषि सहकारी संघको समन्वयमा मकवानपुरका किसानले उत्पादन गरेको फलफूल, तरकारी तथा गेडागुडीजन्य उत्पादनको प्रदर्शनी तथा विक्रीका लागि स्टल समेत राखिएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1648984911025-1648987715.jpg

world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...