Wednesday, 24 Apr, 2024
साहित्य

हेटौंडामा नेपाली भाषा,साहित्यको बहस गर्दै सकियो बृहत साहित्य महोत्सव

हेटौंडा । वागमती प्रदेशको राजधानी हेटौंडामा भएको दुई दिने बृहत साहित्य महोत्सवको समापन भएको छ । मकवानपुरे महिला साहित्यकारको एकमात्र संस्था आँचल साहित्य कला पुञ्जले फागुन २० र २१ गते हेटौंडामा बृहत साहित्य महोत्सव आयोजना गरेको हो । 

हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा आँचलले मकवानपुरमा पहिलो पटक देशभरका साहित्यकारलाई जम्मा गरेर बृहत साहित्यक महोत्सवको आयोजना गरेको थियो । हेटौंडा उपमहानगर क्षेत्रका विभिन्न पर्यटकिय स्थलमा समेत आयोजना गरिएको महोत्सवमा साहित्यका विभिन्न पाटामा गहन बहस भएका थिए । 

महोत्सवको पहिलो दिन उद्घाटनसहित  “साहित्यमा राजनीति’ विषयमाथि बहस भएको थियो ।  बहसमा साहित्यकार भूपाल राई र समिक्षक घनश्याम घिमिरे वक्ता रहेका थिए । उक्त बहसको सहजकर्ता पत्रकार तथा साहित्यकार ठाकुर बेलबासेले गरेका थिए । बहसमा साहित्य राजनीतिबाट टाढा हुन नसक्ने वक्ताहरुले बताएका थिए । 

महोत्सवको पहिलो दिनमै  ‘भाषिक दृश्टिले साहित्यमा नारी’ विषयमा कार्यपत्र प्रस्तुत भएको थियो । महोत्सवमा साहित्यकार ज्ञानु अधिकारीले कार्यपत्र प्रस्तुत गरेकि थिइन् । कार्यपत्र माथि साहित्यकार प्रणेता र राम अविकासले टिप्पणी गरेका थिए ।

सोही दिन गजल तथा मुक्तक वाचन कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा मकवानपुरसहित देशभरका ४० जना साहित्यकारले गजल तथा मुक्तक वाचन गरेका थिए । यस्तै पहिलो दिनको साँझ साँगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रम हेटौंडाको पिएम सेन्टर र सुस्केरा परिवारले आआफ्नो प्रस्तुती दिएका थिए । 

महोत्सवको दोस्रो दिन बिहान हेटौंडामा साइकल संरचनाको सम्भावना विषयमा अन्र्तक्रिया भएको थियो । उक्त कार्यक्रम आँचल र हिमालयन राईडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको थियो । यस्तै दोस्रो दिनको दोस्रो कार्यक्रम मकवानपुरको पर्यटकीय स्थल गुम्बा डाँडामा आयोजना गरिएको थियो ।  ‘मकवानपुरको साहित्यिक महक’ विषयको बहसमा साहित्यकार तारालाल श्रेष्ठ, विना थिङ र सञ्जय साह बहसकर्ता र सुवास खनाल सहजकर्ता रहेका थिए । उक्त कार्यक्रममा मकवानपुरको साहित्यको विगत र वर्तमानका विषयमा छलफल भएको थियो । 

यसैगरी दोस्रो दिनको तेस्रो तथा महोत्सवको अन्तिम बहस कार्यक्रम हेटौंडामा भएको थियो ।   ‘समकालिन कविताको मार्ग चित्र’ विषय माथि भएको बहसमा साहित्यकार भूषिता वशिष्ठ, नेत्र एटम र चन्द्र गुरुङ वक्ता रहेका थिए भने यसको सहजकर्ता साहित्यकार निमेष निखिलले गरेका थिए । बहसमा साहित्यको वर्तमान अवस्था र अबको साहित्य कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । बहसकर्ताहरुले जस्तो लेखेपनि साहित्य मान्दा समग्र साहित्य क्षेत्र नै कमजोर बन्दै गएको टिप्पणी गरेका थिए । यसैगरी महोत्सवको अन्तिम कार्यक्रम कविता वाचनको रहेको थियो । उक्त कार्यक्रममा मकवानपुरकासहित ६० जना कविले कविता वाचन गरेका थिए । 

 महोत्सवमा मकवानपुरबाट प्रकाशित पुस्तकहरुको प्रर्दशनी, चित्रकार तथा साहित्यकार ऋषि केबी र ऋतिक केबीले बनाएको चिकला प्रर्दशनी गरिएको थियो । यस्तै महोत्सवमा मकवानपुरका महिलाहरुले उत्पादन गरेको हस्तकलाका सामाग्रीहरु पनि प्रर्दशनीमा राखिएको थियो । 

आँचलकी अध्यक्ष अनिता न्यौपानले सबैको सहयोगमा बृहत साहित्य महोत्सव भव्यताका साथ सम्पन्न भएको बताईन् । हेटौंडा उपमहानगरपालिकासहित मकवानपुरका सामाजिक तथा साहित्यक संघसंस्थाको सहयोगले महोत्सवलाई सहज रुपमा आयोजना गर्न मद्दत पुगेको उनले बताईन् । महोत्सवले मकवानपुरको भाषा, साहित्य, कला, संस्कृति, प्रकृति, पर्यटन, इतिहास, सम्पदा, दर्शन, उद्योग व्यापार र समग्र सामाजिक विकासमा टेवा पुग्नेको अध्यक्ष न्यौपानले उल्लेख गरिन् ।  महोत्सवले समग्र साहित्य, कला, संस्कृति, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको उनले बताइन् ।

साहित्य र समाजसँग जोडिएका विषयवस्तु माथि बहस, अन्र्तक्रियासहित नेपाली भाषा साहित्यको उत्थान र विकासका लागि महोत्सवको आयोजना गरिएको र त्यो उपलब्धि महोत्सवले दिएको अध्यक्ष न्यौपानेको दाबी छ । 

कार्यक्रमको उद्घाटन सत्र आँचलकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा वागमती प्रदेशका सांसद प्रेमबहादुर पुुलामी र हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा सर्जक सञ्जालका अध्यक्ष निमेष निखिल, अग्रज साहित्यकार तुल्सी थापा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नविन सिग्देलको आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुरका साहित्यक संघसंस्था, जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक संघसंस्थाको सहभागिता रहेको थियो । समापन कार्यक्रमको समापन आँचलकी अध्यक्ष न्यौपानेको सभाध्यक्षता तथा गायिका सुशिल पाण्डे मान्नधरको प्रमुख आतिथ्यतामा भएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...