Sunday, 05 May, 2024
शिक्षा

हिमालयनले एसईई २०७९ मा नगर उत्कृष्ट हुने आफ्नो विद्यार्थी लाई सम्मान गर्यो।

FB_IMG_1688996271308-1688996449.jpg

थाहा नगरको संस्थागत विद्यालय मध्य थाहा ४ शिखरकोटमा रहेको हिमालयन इङ्लिस बोर्डिङले २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ।

३.६५ जिपिए ल्याउने निरुता रायमाझी 


विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयबाट एसइइ २०७९ को परीक्षामा थाहा नगरभरीकै  सबैभन्दा उच्च जिपिए ३.९ ल्याउने परिक्षित रायमाझी र ३.६५ जिपिए ल्याउने निरुता रायमाझीलाई  सम्मान गरिएको प्रधानाध्यापक बाबुलाल कार्कीले जानकारी दिए ।
नगर उत्कृष्ट हुने परिक्षित रायमाझी लाई नगद १० हजार ५ सय र निरुता रायमाझी लाई नगद ५ हजार ५ सय र सम्मानपत्र सहित विद्यालयले सम्मान गरेको हो ।
विद्यालयबाट एसइइमा ३४ जना विद्यार्थी सहभागी थिए । 


तेसै गरि विद्यालयले कक्षा ८ को नगरस्तरिय परिक्षामा नगर दोस्रो र तेस्रो हुने विद्यार्थी अरबिन कुमार कार्की र प्रनिसा केसीलाई समेत सम्मान गरेको छ।


नगर स्तरीय परिक्षा कक्षा ८ २०७९ मा उत्कृष्ट जिपिए ल्याउने दुबै विद्यार्थी लाई आंसिक छात्रवृत्ति र सम्मानपत्र  सहित सम्मानित गरियको थियो।
विद्यालयका प्रीन्सिपल बाबुलाल कार्किको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा न ४ का वडा अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक सानोभाइ कार्कीको बिशिस्ट आतिथ्यता रहेको थियो भने कार्यक्रमको अवसरमा उत्कृष्ट हुने विद्यार्थीका अभिभावक ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक ,विद्यार्थीको उपस्थिति रहेको थियो।

 


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...