pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

स्वास्थ्य बिमाको २२ लाख लियर स्वास्थ्यकर्मी फरार।

FB_IMG_1678974855377-1678974898.jpg

 

 

 

 

 

 

 

 

 

 

 

स्वास्थ्य बीमाका लागि सर्वसाधारणले तिरेको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा राखेर एक स्वास्थ्यकर्मी फरार भएका छन्। 

स्वास्थ्य बीमा बोर्डका अनुसार उदयपुरमा दर्ता अधिकारीको रुपमा कार्यरत सीअहेब (छैटौं तह) मोहम्मद फिरोज अली बीमाका लागि नागरिकले तिरेको प्रिमियम बापतको २१ लाख ८५ हजार १५० रुपैयाँ रकम आफ्नो व्यक्तिगत खातामा राखेर सम्पर्कविहीन भएका हुन्।

बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाका अनुसार ती स्वास्थ्यकर्मी पुस ११ गतेदेखि सम्पर्कविहीन भएका हुन्। उनलाई एक साताभित्र उक्त रकम बोर्डको खातामा जम्मा गरी सम्पर्कमा आउन सार्वजनिक सूचना निकालिएको बसौलाले जानकारी दिए।

सीअहेब अलीले गत असार मसान्तसम्म स्वास्थ्य बीमाका लागि दर्ता सहयोगीमार्फत् उठेको रकम आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ। प्रिमियम रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेस गरेका थिए । तर, त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो।

चेक बाउन्स भएपछि बैंकले गत पुस १३ मा उनको नाममा पत्र काटेको थियो। तर, त्यसको जवाफ अहिलेसम्म नआएको बोर्डद्वारा जारी सूचनामा उल्लेख छ। अलीलाई खोजी गर्न बोर्डले जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरलाई समेत पत्राचार गरेपनि अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ।

बोर्डले २९ फागुनमा सार्वजनिक सूचना निकाल्दै तोकिएको समयभित्र रकम दाखिला गरेर स्पष्टीकरण पेस नगरेमा अपचलन गरेको रकम ब्याजसहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारबाही गर्ने जनाएको छ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg