himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

स्ववियूमा क्रान्तिकारीले जित्दा सुशासनको अभियानलाई बल पुग्छ : बिजय गौतम

FB_IMG_1741099891698-1741100060.jpg

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले आसन्न स्ववियू निर्वाचनमा अखिल (क्रान्तिकारी)ले विजय हासिल गर्दा सुशासनको अभियानलाई बल पुग्ने दाबि गरेका छन्। 
अखिल (क्रान्तिकारी) बन बिज्ञान क्याम्पस हेटौंडाद्वारा आयोजित प्रशिक्षण एवं ब्याच कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले भने, “सरकार नांगो ढंगले कुशासन तर्फ उद्धत भईरहेको वर्तमान अवस्थामा यसको बिरुद्ध निसन्देह खबरदारीमा जुटेको बिध्यार्थी संगठन अखिल (क्रान्तिकारी) नै विजयको असली हकदार रहेको छ।” बिध्यार्थी आन्दोलनको मूल चरित्र कुशासनको बिरुद्ध र सत्ताको खबरदारी रहेकोले पनि बिध्यार्थीहरुले क्रान्तिकारीलाई रोज्ने स्थिति रहेको नेता गौतमले जिकिर गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य प्रल्हाद लामिछानेले यसपाली बिध्यार्थी सामू अखिल (क्रान्तिकारी) जिताउनुको बिकल्प नरहेको अवस्थामा एकताबद्ध भएर परिचालित हुन आग्रह गर्नुभयो। 
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) जिल्ला संयोजक भीम पाख्रिन, जिल्ला समन्वय प्रमुख ललित घलान, क्याम्पस प्रमुख  डा शिवकुमार मानजन, पार्टीका हेटौंडा उपमहानगरका निवर्तमान अध्यक्ष तिर्थबहादुर थापामगर, प्राध्यापक संगठनका जिल्ला सहसचिव शैलेन्द्र यादव, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य रोजल तामांग, केन्द्रीय सदस्य राजेन्द्र मोक्तान, जिल्ला अध्यक्ष बुद्धराज अर्याल, उपाध्यक्ष दिपक वाईबा, सचिव छोईसांग लामा, सचिवालय सदस्य सागर श्रेष्ठ, स्ववियूका कार्यबहाक सभापति अमृत देवकोटा लगायतले निर्वाचित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। 
 
भेलाले  बिमला खड्काको अध्यक्षतामा १७ सदस्यीय २०८१-२०८५ ब्याच कमिटी गठन गरेको छ। कार्यक्रमको अध्यक्षता संगठनक क्याम्पस कमिटीको उपाध्यक्ष आयुष्मा पन्थीले गर्नुभएको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg