Sunday, 19 May, 2024
शिक्षा

स्थानीय पाठ्यसामग्री:-विद्यार्थी लाई नगर शिक्षाले विभेद गर्यो- सुरेन्द्रमान प्रधान-अध्यक्ष प्याब्सन थाहा

CamScanner-05-26-2022-09.-1656592179.jpg

असार १५ गते थाहापाटी अनलाइनमा स्थानीय पाठ्यसामग्री प्रति थाहा नगरमा रहेका संस्थागत विद्यालयको अरुची भन्ने शिर्षकमा समाचार आएपछि संस्थागत विद्यालयको छाता संगठन प्याब्सन थाहा नगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रतिक्रिया आएको छ ।अध्यक्ष प्रधानले थाहापाटी सङ कुरा गर्दै नगर शिक्षा समितिले  निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयका विद्यार्थीबीच भेदभाव गरेको बताउनु भयो । निजी विद्यालयका विद्यार्थीहरुलाई ३० प्रतिशत छुट भन्दै मूल्य तोकिनु र सामुदायिक विद्यालयका बिद्यार्थीलाई नि:शुल्क बितरण गरिनु बिद्यार्थीबीच पक्षपाती व्यवहार भएको प्रती आपत्ती जनाउदै प्रधानले भने, "पुस्तक खरिदविक्रीसङ्ग निजी विद्यालय कहि पनि जोडिदैन, विद्यालयले निर्धारण गरेको पुस्तक किन्ने काम अभिभावकको रहेको हुँदा अभिभावकबीच पनि विभेद नहोस् भन्ने हाम्रो कुरा हो ।" 
जेठदेखि शैक्षिक सत्र सुरु भई कम्प्युटर विज्ञान पुस्तकको पठनपाठन समेत भैइरहेको सन्दर्भमा यो वर्ष सो पुस्तक लागू गर्न ढिलाई भएको प्रधानको प्रतिक्रिया छ । नगर शिक्षाले पनि सो पुस्तक लागू गर्न असार ७ गते मात्र पत्र प्रेषित गरेको थियो । जब कि शिक्षा शाखाले नै प्रकाशित गरेको शैक्षिक क्यालेन्डरमा साउन २ गतेदेखि प्रथम त्रैमासिक परीक्षा छ ।
प्रधानले पुस्तकमा प्रयोग भएको कागज र मसीको गुणस्तर पनि कमजोर रहेको टिप्पणी गर्दै बच्चाहरुले ६ महिना पनि पुस्तक टिकाउन कठिन हुने बताउनु भयो ।   "कम्तिमा स्थानीय पाठ्यक्रमलाई लागू गर्न सरोकारवालाहरुबीच आपसी छलफल त हुनु पर्थ्यो नि !" प्रधान बताउनुहुन्छ । यो हाम्रो एकलौटी निर्णयविरुद्धको सान्केतिक बिरोध पनि हो । 
यसबारेमा नगर शिक्षा समितिका संयोजक राजेन्द्र भक्त श्रेष्ठसङ्ग जिज्ञासा राख्दा उहाँले अगाडिको समितिले के के निर्णय गरेको थियो त्यसबारेमा आफू अनभिज्ञ रहेको बताउदै छिटो बैठक बसि यश बारेमा निर्णय लिइने बताउनुभयो । पुस्तक लागू गर्ने र निजी विद्यालयलाई शुल्क लिने विषयमा आफू अनविज्ञ रहेको प्रतिक्रिया दिदै श्रेष्ठले तत्काल शिक्षा समितिको बैठक  राखेर पुनः विचार गर्ने बताउनु भयो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...