jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

स्थानीय पाठ्यसामग्री:-विद्यार्थी लाई नगर शिक्षाले विभेद गर्यो- सुरेन्द्रमान प्रधान-अध्यक्ष प्याब्सन थाहा

CamScanner-05-26-2022-09.-1656592179.jpg

असार १५ गते थाहापाटी अनलाइनमा स्थानीय पाठ्यसामग्री प्रति थाहा नगरमा रहेका संस्थागत विद्यालयको अरुची भन्ने शिर्षकमा समाचार आएपछि संस्थागत विद्यालयको छाता संगठन प्याब्सन थाहा नगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको प्रतिक्रिया आएको छ ।अध्यक्ष प्रधानले थाहापाटी सङ कुरा गर्दै नगर शिक्षा समितिले  निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी र सामुदायिक विद्यालयका विद्यार्थीबीच भेदभाव गरेको बताउनु भयो । निजी विद्यालयका विद्यार्थीहरुलाई ३० प्रतिशत छुट भन्दै मूल्य तोकिनु र सामुदायिक विद्यालयका बिद्यार्थीलाई नि:शुल्क बितरण गरिनु बिद्यार्थीबीच पक्षपाती व्यवहार भएको प्रती आपत्ती जनाउदै प्रधानले भने, "पुस्तक खरिदविक्रीसङ्ग निजी विद्यालय कहि पनि जोडिदैन, विद्यालयले निर्धारण गरेको पुस्तक किन्ने काम अभिभावकको रहेको हुँदा अभिभावकबीच पनि विभेद नहोस् भन्ने हाम्रो कुरा हो ।" 
जेठदेखि शैक्षिक सत्र सुरु भई कम्प्युटर विज्ञान पुस्तकको पठनपाठन समेत भैइरहेको सन्दर्भमा यो वर्ष सो पुस्तक लागू गर्न ढिलाई भएको प्रधानको प्रतिक्रिया छ । नगर शिक्षाले पनि सो पुस्तक लागू गर्न असार ७ गते मात्र पत्र प्रेषित गरेको थियो । जब कि शिक्षा शाखाले नै प्रकाशित गरेको शैक्षिक क्यालेन्डरमा साउन २ गतेदेखि प्रथम त्रैमासिक परीक्षा छ ।
प्रधानले पुस्तकमा प्रयोग भएको कागज र मसीको गुणस्तर पनि कमजोर रहेको टिप्पणी गर्दै बच्चाहरुले ६ महिना पनि पुस्तक टिकाउन कठिन हुने बताउनु भयो ।   "कम्तिमा स्थानीय पाठ्यक्रमलाई लागू गर्न सरोकारवालाहरुबीच आपसी छलफल त हुनु पर्थ्यो नि !" प्रधान बताउनुहुन्छ । यो हाम्रो एकलौटी निर्णयविरुद्धको सान्केतिक बिरोध पनि हो । 
यसबारेमा नगर शिक्षा समितिका संयोजक राजेन्द्र भक्त श्रेष्ठसङ्ग जिज्ञासा राख्दा उहाँले अगाडिको समितिले के के निर्णय गरेको थियो त्यसबारेमा आफू अनभिज्ञ रहेको बताउदै छिटो बैठक बसि यश बारेमा निर्णय लिइने बताउनुभयो । पुस्तक लागू गर्ने र निजी विद्यालयलाई शुल्क लिने विषयमा आफू अनविज्ञ रहेको प्रतिक्रिया दिदै श्रेष्ठले तत्काल शिक्षा समितिको बैठक  राखेर पुनः विचार गर्ने बताउनु भयो ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...