Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023
shambhu-1691912419.jpg

शिक्षा

सिर्जनशील शिक्षणका लागि रचनात्मक शिक्षणकला विषयक अभिमुखीकरण कार्यशाला शुन्दरीदेवीमा सम्पन्न

FB_IMG_1684594254517-1684595726.jpg

शिक्षकहरू आफू कतै भ्रमणमा जाँदा देखेका कुराहरू, आफ्नै जीवनमा आइपरेका घटनाहरू, आफूले हासिल गरेका ज्ञान र सीपहरू अनि आफूले पढेका नयाँ विषयवस्तुहरूलाई समेत ज्ञानवद्र्धक रुपमा आफ्ना विद्यार्थीहरूलाई कसरी सिकाउने ?

यिनै विषयहरूमा केन्द्रित भई थाहा नगरपालिका वडा न ७ स्थित शुन्दरीदेवी  माध्यमिक विद्यालयमा दुइदिने  कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार प्रदेश शिक्षा बिकास निर्देशनालयको शैक्षिक सुधार प्रोत्साहन अनुदान कार्यक्रमबाट शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको कार्यक्रमको आयोजना गरियको हो।

शैक्षिक सत्र २०७९ समाप्त भई नयाँ शैक्षिक सत्र २०८० शुरु भएको  परिप्रेक्ष्यमा आयोजना गरिएको उक्त कार्यशाला गोष्ठीमा प्रशिक्षकहरु सिकाइ समुहका प्रवन्धक निर्देशक सुदर्शन घिमिरे र प्रशिक्षक संजय अधिकारीले  विद्यालयका शिक्षकहरू सामू श्रीजनशील शिक्षणको लागि रचनात्मक शिक्षणकला  विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

विद्यार्थीहरूलाई प्रभावकारी ढंगले सिकाउने विधिबारे चर्चा गर्दै उहाँ हरुले अहिलेको शिक्षा प्रविधिमैत्री र बालमैत्री पनि हुनुपर्ने बताउनुभयो । प्रभावकारी शिक्षणको लागि शिक्षक मात्र नभई कक्षा कोठाको व्यवस्थापनले पनि महत्वपूर्ण भूमिका खेल्ने र त्यसमा कक्षा कोठाको उपयुक्त सजावट, बसाइको सही व्यवस्थापन , शैक्षिक सामग्रीको अधिकतम प्रयोग, शिक्षकको व्यवहार कुशल सीप आदि जस्ता विभिन्न कुराहरूले प्रभाव पार्ने विषयमा पनि प्रशिक्षक हरुले उदाहरण सहित प्रकाश पार्नुभयको थियो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिर्जुलाल थिङ्गको  सभापतित्व तथा थाहा नगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा  भएको उक्त कार्यशाला गोष्ठीले  विद्यालयका  शिक्षकहरूलाई सिर्जनशील शिक्षण, प्रभावकारी प्रस्तुतीकरण र विद्यार्थीप्रति जिम्मेवार बन्न आफूहरूलाई निक्कै सहयोग गरेको अनुभव शिक्षकहरूले सुनाउनुभयको थियो ।
कार्यशालामा विद्यालयका २४ जना शिक्षकहरुको सहभागीता रहेको प्रधानाध्यापक हरिकृष्ण कार्कीले जानकारी दिए।

FB_IMG_1684594258870-1684595729.jpg
mahotsab123-1701100059.jpg
mahotsab123-1701100250.jpg

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...