jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

सिर्जनशील शिक्षणका लागि रचनात्मक शिक्षणकला विषयक अभिमुखीकरण कार्यशाला शुन्दरीदेवीमा सम्पन्न

FB_IMG_1684594254517-1684595726.jpg

शिक्षकहरू आफू कतै भ्रमणमा जाँदा देखेका कुराहरू, आफ्नै जीवनमा आइपरेका घटनाहरू, आफूले हासिल गरेका ज्ञान र सीपहरू अनि आफूले पढेका नयाँ विषयवस्तुहरूलाई समेत ज्ञानवद्र्धक रुपमा आफ्ना विद्यार्थीहरूलाई कसरी सिकाउने ?

यिनै विषयहरूमा केन्द्रित भई थाहा नगरपालिका वडा न ७ स्थित शुन्दरीदेवी  माध्यमिक विद्यालयमा दुइदिने  कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बागमती प्रदेश सरकार प्रदेश शिक्षा बिकास निर्देशनालयको शैक्षिक सुधार प्रोत्साहन अनुदान कार्यक्रमबाट शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको कार्यक्रमको आयोजना गरियको हो।

शैक्षिक सत्र २०७९ समाप्त भई नयाँ शैक्षिक सत्र २०८० शुरु भएको  परिप्रेक्ष्यमा आयोजना गरिएको उक्त कार्यशाला गोष्ठीमा प्रशिक्षकहरु सिकाइ समुहका प्रवन्धक निर्देशक सुदर्शन घिमिरे र प्रशिक्षक संजय अधिकारीले  विद्यालयका शिक्षकहरू सामू श्रीजनशील शिक्षणको लागि रचनात्मक शिक्षणकला  विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

विद्यार्थीहरूलाई प्रभावकारी ढंगले सिकाउने विधिबारे चर्चा गर्दै उहाँ हरुले अहिलेको शिक्षा प्रविधिमैत्री र बालमैत्री पनि हुनुपर्ने बताउनुभयो । प्रभावकारी शिक्षणको लागि शिक्षक मात्र नभई कक्षा कोठाको व्यवस्थापनले पनि महत्वपूर्ण भूमिका खेल्ने र त्यसमा कक्षा कोठाको उपयुक्त सजावट, बसाइको सही व्यवस्थापन , शैक्षिक सामग्रीको अधिकतम प्रयोग, शिक्षकको व्यवहार कुशल सीप आदि जस्ता विभिन्न कुराहरूले प्रभाव पार्ने विषयमा पनि प्रशिक्षक हरुले उदाहरण सहित प्रकाश पार्नुभयको थियो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बिर्जुलाल थिङ्गको  सभापतित्व तथा थाहा नगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्लको प्रमुख आतिथ्यतामा  भएको उक्त कार्यशाला गोष्ठीले  विद्यालयका  शिक्षकहरूलाई सिर्जनशील शिक्षण, प्रभावकारी प्रस्तुतीकरण र विद्यार्थीप्रति जिम्मेवार बन्न आफूहरूलाई निक्कै सहयोग गरेको अनुभव शिक्षकहरूले सुनाउनुभयको थियो ।
कार्यशालामा विद्यालयका २४ जना शिक्षकहरुको सहभागीता रहेको प्रधानाध्यापक हरिकृष्ण कार्कीले जानकारी दिए।

FB_IMG_1684594258870-1684595729.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...