pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ:- मेयर बिष्ट

FB_IMG_1738162094179-1738162141.jpg

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले पहल गरिरहेको बताएका छन् । प्रमुख विष्टले अब नगरका सबै सामुदायिक विद्यालय निजी विद्यालय सरह प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयले गुणस्तरमा ध्यान दिनुको विकल्प नभएको उललेख गरे । मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थाहा नगरपालिका–९ चित्लाङमा रहेको स्वच्छन्दको ६७ औ वार्षिकोत्सव तथा अभिभावक भेला तथा ७४ औं सहिद दिवस कार्यक्रम थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथै, पुरस्कार वितरण, छात्रबृत्ति वितरण गरिएको थियो । 

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयका आजिवन सल्लाहकार तथा पुर्व विद्यार्थी समेत रहेका नेपाल निर्माण व्यावसायी संघका पुर्व केन्द्रिय अध्यक्ष जयराम लामिछाने,थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,मदन भण्डारी विश्व विद्यालयका पब्लिक कोअर्डिनेटर शम्भु अधिकारी च्वाइस नेपालका नेपाल निर्देशक प्रतीक शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष असोक सिंह ठकुरी लगायतले शुभकामना दिएका थिए।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु दहाल द्वारा विद्यालयको वार्षिक प्रतिवेदन तथा आयव्यय प्रस्तुत गरेका थिए।
समारोहमा कार्यपालिका सदस्य अन्जु श्रेष्ठ,वडाका जनप्रतिनिधिहरु, पुर्व विद्यार्थीहरु,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

वार्षिक उत्सव कार्यक्रममा च्वाइस नेपालको तर्फ बाट ५ जना विद्यार्थी लाई र शिक्षा शाखा थाहानगर तथा विद्यालयको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक जंगबहादुर लामाले जानकारी दिए ।
कार्यक्रममा विद्यालयलाइ निरन्तर सहयोग गर्ने च्वाइस नेपालका निर्देशक प्रतीक शर्मा,सल्लाहकार जयराम लामिछाने,हरीहर लामिछाने,डाक्टर सुमित्रा मानन्धर,असोक सिंह ठकुरी,लक्ष्मण रेग्मी,हरीशरण नेपाल,दल बहादुर गुरुङ,सुरेश लामिछाने,संजय बलामी र रोशन बलामीलाइ सम्मान गरिएको थियो।

FB_IMG_1738162122410-1738162141.jpg
FB_IMG_1738162116984-1738162164.jpg
FB_IMG_1738162107570-1738162164.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...