janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

शिक्षा

सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्छ:- मेयर बिष्ट

FB_IMG_1738162094179-1738162141.jpg

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर विष्टले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा नगरपालिकाले पहल गरिरहेको बताएका छन् । प्रमुख विष्टले अब नगरका सबै सामुदायिक विद्यालय निजी विद्यालय सरह प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयले गुणस्तरमा ध्यान दिनुको विकल्प नभएको उललेख गरे । मकवानपुर थाहा नगरपालिकाको चित्लाङमा रहेको स्वच्छन्द भैरव माध्यमिक विद्यालयको ६६ औं वार्षिक उत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

थाहा नगरपालिका–९ चित्लाङमा रहेको स्वच्छन्दको ६७ औ वार्षिकोत्सव तथा अभिभावक भेला तथा ७४ औं सहिद दिवस कार्यक्रम थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रमका साथै, पुरस्कार वितरण, छात्रबृत्ति वितरण गरिएको थियो । 

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयका आजिवन सल्लाहकार तथा पुर्व विद्यार्थी समेत रहेका नेपाल निर्माण व्यावसायी संघका पुर्व केन्द्रिय अध्यक्ष जयराम लामिछाने,थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल,मदन भण्डारी विश्व विद्यालयका पब्लिक कोअर्डिनेटर शम्भु अधिकारी च्वाइस नेपालका नेपाल निर्देशक प्रतीक शर्मा, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष असोक सिंह ठकुरी लगायतले शुभकामना दिएका थिए।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिष्णु दहाल द्वारा विद्यालयको वार्षिक प्रतिवेदन तथा आयव्यय प्रस्तुत गरेका थिए।
समारोहमा कार्यपालिका सदस्य अन्जु श्रेष्ठ,वडाका जनप्रतिनिधिहरु, पुर्व विद्यार्थीहरु,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु,शिक्षक अभिभावक संघका पदाधिकारी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

वार्षिक उत्सव कार्यक्रममा च्वाइस नेपालको तर्फ बाट ५ जना विद्यार्थी लाई र शिक्षा शाखा थाहानगर तथा विद्यालयको अक्षयकोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरिएको विद्यालयका शिक्षक जंगबहादुर लामाले जानकारी दिए ।
कार्यक्रममा विद्यालयलाइ निरन्तर सहयोग गर्ने च्वाइस नेपालका निर्देशक प्रतीक शर्मा,सल्लाहकार जयराम लामिछाने,हरीहर लामिछाने,डाक्टर सुमित्रा मानन्धर,असोक सिंह ठकुरी,लक्ष्मण रेग्मी,हरीशरण नेपाल,दल बहादुर गुरुङ,सुरेश लामिछाने,संजय बलामी र रोशन बलामीलाइ सम्मान गरिएको थियो।

FB_IMG_1738162122410-1738162141.jpg
FB_IMG_1738162116984-1738162164.jpg
FB_IMG_1738162107570-1738162164.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...