pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

324542846_151821772533461-1673100893.jpg

 

साबिक विजेता एबिसी भेट्रान्स पोखराले हेटौँडामा सञ्चालित आठौँ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो। हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनलमा एबिसीको तर्फबाट नरेन्द्र जङ्ग गुरुङ, कन्या सुब्बा र राजकुमार घिसिङले समान एक÷एक गोल गरेका हुन्। पोखराले मनाङमस्र्याङ्दी भेट्रान्सलाई र बानेश्वरले सिमरा भेट्रान्स बारालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। उपाधि विजेता पोखराले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बानेश्वरले ५५ हजार ५५५ रुपैयाँमै चित्त बुझाएको छ। पोखराका राजकुमार घिसिङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। पोखराका गोलरक्षक खिम गुरुङ, डिफेन्डर कन्या सुब्बा, मिडफिल्डर विजय गुरुङ, प्रशिक्षक खेमबहादुर गुरुङ तथा बानेश्वरका युवराज भुजेल उत्कृष्ट फरवार्ड घोषित भए। उनीहरुले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। हेटौँडा भेट्रान्सको आयोजनामा पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १७ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, आयोजक हेटौँडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रेतीलगायतले पुरस्कार वितरण गरेका हुन्।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...