gumba-1715660528.jpg
Wednesday, 15 May, 2024
खेल

साबिक विजेता एबिसीलाई हेटौँडा भेट्रान्सको उपाधि

324542846_151821772533461-1673100893.jpg

 

साबिक विजेता एबिसी भेट्रान्स पोखराले हेटौँडामा सञ्चालित आठौँ राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा काठमाडौँको बानेश्वर भेट्रान्सलाई ३–० गोल अन्तरले हराउँदै पोखराले लगातार उपाधि कब्जा गरेको हो। हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनलमा एबिसीको तर्फबाट नरेन्द्र जङ्ग गुरुङ, कन्या सुब्बा र राजकुमार घिसिङले समान एक÷एक गोल गरेका हुन्। पोखराले मनाङमस्र्याङ्दी भेट्रान्सलाई र बानेश्वरले सिमरा भेट्रान्स बारालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो। उपाधि विजेता पोखराले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बानेश्वरले ५५ हजार ५५५ रुपैयाँमै चित्त बुझाएको छ। पोखराका राजकुमार घिसिङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। पोखराका गोलरक्षक खिम गुरुङ, डिफेन्डर कन्या सुब्बा, मिडफिल्डर विजय गुरुङ, प्रशिक्षक खेमबहादुर गुरुङ तथा बानेश्वरका युवराज भुजेल उत्कृष्ट फरवार्ड घोषित भए। उनीहरुले नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे। हेटौँडा भेट्रान्सको आयोजनामा पुस २३ गतेबाट सुरु भएको प्रतियोगितामा देशभरका १७ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, आयोजक हेटौँडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रेतीलगायतले पुरस्कार वितरण गरेका हुन्।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु
IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग
1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ...

बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...