Friday, 26 Apr, 2024
साहित्य

सातबुँदे बकैया घोषणापत्र जारी गर्दै कला साहित्य-महोत्सवको समापन

1647233547482-1647233688.jpg

आफ्नो स्थापनाको २९ औँ वार्षिकाेत्सवका अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुइदिने बकैया-कला साहित्य महोत्सव-२०७८ सातबुँदे बकैया घोषणापत्र जारी गर्दै शनिबार समापन भएको छ ।
महोत्सवमा ६ प्रदेशका २०  जिल्लाका तथा स्थानीय साहित्यकर्मी, कलाकर्मी, सङ्गीतकर्मी, स्थानीय संस्कृतिकर्मी तथा स्थानीयहरू गरी सयौँको उल्लेखनीय उपस्थिति रहेको थियो । बकैया गाउँपालिकाकाे आर्थिक व्यवस्थापन तथा बुद्ध मावि, बकैया-३ हात्तीसुँडेकाे सहकार्यमा सोही विद्यालयको प्राङ्गणमा यो महाेत्सव आयोजना भएको हो ।
महोत्सवको पहिलो दिन विभिन्न १० व्यक्ति तथा संस्थालाई विविध विधाका पुरस्कार तथा सम्मानहरू समर्पित गरिएको थियो । सोही दिन साङ्गितिक साँझसमेत आयोजना भएको थियो । त्यस अवसरमा मकवानपुरका ईश्वर खड्का, प्रमेन्द्र महर्जन, राज घिमिरे तथा पर्साका अजमत अली अन्सारी लगायतका गायक तथा संगितकर्मीहरूको साथ रहेको थियो । महोत्सवका दुवै दिन जिल्ला तथा जिल्लाबाहिरका साहित्यकारहरूका‌ विविध विधाका साहित्यिक सिर्जनाहरूको साथमा  स्थानीय साङ्गीतिक-साँस्कृतिक प्रस्तुति/झाँकी/खैँजडी भजन आदिसमेत महोत्सवका आकर्षण रहेका थिए ।
साहित्यिक तथा गैरसाहित्यिक पुस्तकहरूको प्रदर्शनी तथा स्कुले विद्यार्थीहरूको चित्रकला प्रदर्शनीले पनि महोत्सवको रौनक थपेको थियो ।
महोत्सवकै क्रममा झसाप उपाध्यक्ष विश्वनाथ सञ्जेलको 'फर्कियाै किनारबाट' नामक गजल सङ्ग्रह समेत विमाेचन भएको थियो । साथै महोत्सवमा पठन संस्कृति अभियन्ता सुरेश श्रेष्ठको अगुवाइमा 'पुस्तकालय अभियान मकवानपुर' द्वारा 'हात्तीसुँडे सार्वजनिक पुस्तकालय'को स्थापनार्थ पुस्तकहरू सङ्कलन भएका थिए ।
कार्यक्रमको अर्को विशेष आकर्षण साहित्यिक तथा सामयिक बहसहरू समेत थिए । महोत्सवमा 'सिर्जनामा स्थानीय रङ', 'विद्यालय: सिर्जनशील सिप विकासको केन्द्र', 'स्थानीय तहमा प्रज्ञा प्रतिष्ठान अभ्यास: कति सहज कति असहज?', ' स्थानीय सरकार सञ्चालनका पाँच वर्ष: कति सफल कति असफल?' विषयक चारवटा छुट्टाछुट्टै बहसहरू समेत सञ्चालन भएका थिए ।
बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सरला बोलखेको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. देवी नेपाल, मकवानपुरे अग्रज साहित्यकारहरू तुलसी थापा, आरसी रिजाल,  निमेष निखिल, जिल्ला बाहिरबाट उपस्थित साहित्यकारहरूमा  पर्साबाट गोपाल अस्क, अजमत अली अन्सारी, स्याङ्जाबाट  मिलन समीर, सुनसरीबाट  टीका आत्रेय, चितवनबाट सुरेन्द्र अस्तफल, सर्लाहीबाट सुमन घिमिरे अग्रिम र सञ्जय सुदामा, धादिङबाट यात्रीप्रकाश पाण्डे र हीरा अधिकारी, कालीकोटबाट ध्रुव सञ्ज्याल, रुपन्देहीबाट विष्णु विवश पोखरेल र सुशील सापकोटा, दर्जनौँको सङ्ख्यामा मकवानपुरे कवि तथा साहित्यकारहरू, मकवानपुरे साहित्यिक संघसंस्थाका प्रतिनिधिहरू, झरना साहित्यिक परिवार मकवानपुरका सल्लाहकारहरू, पुरस्कार संस्थापकहरु, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय सामाजिक अगुवाहरु,  जिल्लाभरिका विभिन्न विद्यालयहरूबाट सयौंको संख्याका बालबालिकाहरू, सयौंको संख्यामा स्थानीय बासिन्दाहरू लगायतको दरिलो उपस्थितिले महोत्सवलाई झनै भव्य बनाएको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

1647233540275-1647233688.jpg

world-link-1690434568.jpg
कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...