Monday, 13 May, 2024
आर्थिक खबर

सहकारी लेखा ब्यवस्थापन तालिम शुरु

Screenshot_20220626-16305-1656240436.png

मकवानपुर जिल्ला सहकारी संघ लि. को आयोजना बागमति प्रदेश सहकारी बोर्ड को सहयोगमा सहकारी लेखा ब्यवस्थापन तालिम सुरु भएको छ ।

चार दिनसम्म संचालन हुने तालिमको बकैया गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रशिक्षकलाई तालिम सामग्री हस्तान्तरण गरि उद्घाटन गर्नुभयो ।

उद्घाटनकै क्रममा उपाध्यक्ष खत्रीले सहकारीमा आवद्ध भएपछि सहकारीको मर्म अनुसार उद्दमशिल कार्यमा लाग्न तालिममा सहभागीहरुलाई अनुरोध गर्नुभयो । उहाँले
उद्दमशिलताको बिकास गरि समतामुलक समाज निर्माणका लागि सहकारी अपरिहार्य भएको बताउनुभयो । 

तालिम उद्घाटनकै क्रममा उद्घाटन कार्यक्रमका बिशिष्ट अतिथि मकवानपुर जिल्ला सहकारी संघका सचिब दिनेश उपाध्यायले सहकारीको अर्थ सहकार्य भएको र सहकारीले सामाजिक जीवनस्तर उकास्न मद्दत गर्ने बताउनुभयो ।उहाँले सहकारीका संचालक र कर्मचारीको क्षमता बिकासको लागि तालिम आयोजना गरेको बताउनुभयो । उपाध्यायले सहकारी अभियानलाई सार्थक बनाउन स्थानीय तहले सहयोग गर्न समेत अनुरोध गर्नुभयो।

तालिम उद्घाटनका क्रममा बकैया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भुमल सिं घलान, ५ का अध्यक्ष लक्ष्मी जिम्बाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सहकारी संजाल बकैयाका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा एवम्  मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहालले संचालन गर्नुभएको कार्यक्रममा संघका कर्मचारी राज कुमार के.सी.ले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

तालिममा बकैया, बागमती र मकवानपुर गढि गाउँपालिकामा भएका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

Screenshot_20220626-16311-1656240436.png

world-link-1690434568.jpg
मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...