Saturday, 04 May, 2024
आर्थिक खबर

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न ९ बुँदे प्रतिबद्धता

FB_IMG_1686745629804-1686745653.jpg

राज कुमार के.सी.

हेटौंडा, ३१ असार/बागमती प्रदेश सहकारी विकास बोर्डको आयोजनामा हेटौंडामा सहकारी क्षेत्रमा देखिएका समस्या र निराकरण विषयक दुई दिने प्रदेश स्तरीय अन्तरक्रिया गोष्ठी ९ बुँदे हेटौंडा प्रतिबद्धता पत्र–२०८० जारी गर्दै सम्पन्न भएको छ । 

बागमती प्रदेश अन्तरगत १३ जिल्लाका सहकारी संघ, बिषयगत सहकारी संघ, जिल्ला सहकारी संघ र सबै जिल्ला स्थित बिषयगत सहकारी संघका अध्यक्ष लगायत पदाधिकारी र ब्यवस्थापकहरु सहभागी रहेको गोष्ठीमा सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसको निराकरणको लागी सरोकारवालहरुको भूमिका र छाता संघहरुको दायित्व बिषयमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेंल, गरिबी न्यूनिकरण तथा सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीको भूमिका बिषयमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीले, वचत सहकारीमा देखिएका समस्या र त्यसको समाधानका उपायका लागि सरकार र अभियानको भुमिका बिषयमा नेप्सकूनका अध्यक्ष परितोष पौड्यालले र बागमती प्रदेशमा सहकारीको वस्तुस्थिति र समस्या बिषयमा बागमती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

गोष्ठीमा बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले कार्यक्रमको उद्देश्य र औचित्य माथि प्रकाश पार्नुभएको थियो । 

बुधबार गोष्ठी समापनका अवसरमा बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष देवकोटाले दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा प्रस्तुत कार्यपत्र र छलफलका आधारमा तयार गरिएको ९ बुँदे हेटौंडा प्रतिवद्धता पत्र–२०८० प्रस्तुत गर्नुभएको थियो ।

प्रतिबद्धता पत्रमा आर्थिक बर्ष २०८०÷०८१ लाई ‘सदस्य जागरण वर्ष’ को रुपमा कार्यक्रम तयार गरी कार्यन्वयन गर्ने गराउने, प्रदेश सहकारी नीति निर्माणमा बागमती प्रदेश सरकारलाई सबै संघहरुले सहयोग गर्ने बागमती प्रदेश भित्रका सहकारीहरुको वास्तविक अवस्थाको जानकारी प्राप्त गर्ने गरी सबै सहकारीहरुको वस्तुगत विवरण सहितको तथ्याङ्कहरु संकलन गरी प्रकाशन गर्ने, संघिय सहकारी ऐन, नियमावली र बागमती प्रदेश सहकारी ऐन, नियमावली बीचमा देखिएका दोहोरोपन हटाउन ऐन नियमावलीहरु अभियानको सुझावका आधारमा आवश्यक्ता अनुसार संशोधन गर्ने, भविष्यमा सहकारी क्षेत्रको क्षति कम गर्न सबै सहकारी संस्थाहरुलाई सहकारी संघहरु÷सहकारी बैंकले विकास गरेको सुशासन, दिगोपन र स्वःनियमनका कार्यक्रमहरुमा अनिवार्य समावेश गराउदै लैजाने कुराहरु उल्ल्ेख गरिएकोछ ।

त्यस्तै मन्त्रालयले सहकारी संस्थाहरुलाई उत्पादन तथा बजारीकरणका आधारमा अनुदान र उनीहरुको सीप विकासका लागि आवश्यक तालिम कार्यक्रमहरुको व्यवस्था मिलाउने, बागमती प्रदेश भित्रका सबै सहकारी संघहरुको संस्थागत विकासका लागि आवश्यक सहयोग गर्ने, बागमती प्रदेश सरकारले तयार गरेको सहकारी संघ÷संस्था संचालन, अनुगमन तथा लेखापरीक्षण सम्बन्धी मापदण्ड–२०७९ पूर्ण रुपमा कार्यन्वयन गर्ने, सहकारी अभियानको पूँजीको संरक्षण गर्ने दायित्व अभियान र मन्त्रालय दुवैको भएकोले सहकारीका सम्पूर्ण बचतकर्ता सदस्यहरुको बचत पूर्ण सुरक्षा गर्ने कुरा प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । 

साथै सहकारी संस्थाहरुलाई कानुनी व्यवस्था अनुसार स्वःनियमनमा सञ्चालन गर्ने गराउनेमा समेत प्रतिवद्धता व्यक्त गरिएको छ ।

बागमती प्रदेश सहकारी बिकास बोर्डको आयोजनामा सम्पन्न गोष्ठीको उद्घाटन बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नुभएको थियो । कार्यक्रममा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजालको सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल जडिबुटी सहकारी संघ केन्द्रीय अध्यक्ष ईश्वरीराज पाण्डे, प्रदेश सहकारी संघको अध्यक्ष रामशरण घिमिरे लगायतको सहभागिता रहेको थियो ।


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...