Tuesday, 14 May, 2024
आर्थिक खबर

सहकारीमा सुशासन कायम गर्नुस : मन्त्री बलराम पौडेल

Screenshot_20220627-12113-1656311268.png

बागमती प्रदेश भूमि ब्यवस्था, गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारी संस्थामा सुशासन कायम गर्न आग्रह गर्नुभएको छ  ।
सहकारी ब्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको उद्घाटनका क्रममा मन्त्री पौडेलले सहकारीको प्रगतिको लागि सुशासन आवश्यक भएको बताउनुभयो । 
उहाँले आगामी आर्थिक बर्षमा सहकारी मार्फत ३ सय जना युवाहरुकोलागि ३ महिने आवासीय तालिम प्रदान गरि उद्दमशिल बनाउने योजना रहेको समेत बताउनुभयो ।
बागमती प्रदेश भूमि ब्यवस्था, गरिबी निवारण मन्त्रालयको आयोजना र मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा संचालन भएको तालिम कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका बिशिष्ट अतिथि बागमति प्रदेश  सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारीहरुले उत्पादन, प्रशोधन र बजारिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सोमबारदेखि हेटौंडाको सिमा होटलमा संचालन भएको तालिम कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बाशुदेब अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
२ दिन सम्म चल्ने तालिमको बागमती प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहकारी रजिस्ट्रार नारायण प्रसाद ज्ञावली र शाखा अधिकृत खगेन्द्र पौडेलले सहजीकरण गर्नुहुनेछ ।
तालिममा मकवानपुर जिल्लाका बिभिन्न साहकारीका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

Screenshot_20220627-12115-1656311270.png

world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...