pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

सहकारीमा सुशासन कायम गर्नुस : मन्त्री बलराम पौडेल

Screenshot_20220627-12113-1656311268.png

बागमती प्रदेश भूमि ब्यवस्था, गरिबी निवारण मन्त्री बलराम पौडेलले सहकारी संस्थामा सुशासन कायम गर्न आग्रह गर्नुभएको छ  ।
सहकारी ब्यवस्थापन सम्बन्धि २ दिने पुनर्ताजगी तालिमको उद्घाटनका क्रममा मन्त्री पौडेलले सहकारीको प्रगतिको लागि सुशासन आवश्यक भएको बताउनुभयो । 
उहाँले आगामी आर्थिक बर्षमा सहकारी मार्फत ३ सय जना युवाहरुकोलागि ३ महिने आवासीय तालिम प्रदान गरि उद्दमशिल बनाउने योजना रहेको समेत बताउनुभयो ।
बागमती प्रदेश भूमि ब्यवस्था, गरिबी निवारण मन्त्रालयको आयोजना र मकवानपुर जिल्ला सहकारी संघको समन्वयमा संचालन भएको तालिम कार्यक्रमको उद्घाटन सत्रमा कार्यक्रमका बिशिष्ट अतिथि बागमति प्रदेश  सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाले सहकारीहरुले उत्पादन, प्रशोधन र बजारिकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सोमबारदेखि हेटौंडाको सिमा होटलमा संचालन भएको तालिम कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष बाशुदेब अधिकारी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका अध्यक्ष रामहरी न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
२ दिन सम्म चल्ने तालिमको बागमती प्रदेश भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सहकारी रजिस्ट्रार नारायण प्रसाद ज्ञावली र शाखा अधिकृत खगेन्द्र पौडेलले सहजीकरण गर्नुहुनेछ ।
तालिममा मकवानपुर जिल्लाका बिभिन्न साहकारीका संचालक तथा कर्मचारीहरुको सहभागिता रहेको छ।

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

Screenshot_20220627-12115-1656311270.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...