Saturday, 27 Apr, 2024
साहित्य

सर्लाहीमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न, बिर्खे अञ्जान सहित ६ स्रष्टा सम्मानित 

birkhe-1556958073.jpg

सर्लाहीमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न बिर्खे अञ्जान सहित ६ स्रष्टा सम्मानित 
ओम कार्की स्मृति साहित्य प्रतिष्ठानले १९ बैशाखमा सर्लाहीको राजघाटमा राष्ट्रिय काव्य गोष्ठी सम्पन्न गर्यो । २०५६साल बैसाख१९ गते तत्कालीन बिद्रोही दल माओवादीको एम्वुसमा परि साहादत प्राप्त गरेका प्रहरी जवान ओम कार्कीको २० अौं स्मृति दिवसको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्कीको सभापतित्व तथा प्रा डा भीम खतिवडाको प्रमुख आतिथ्यतामा आयोजित राष्ट्रिय काव्य गोष्ठीलाई बागमती नगरपालिका वडा नं ६ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार गोविन्द राईले स्वागत मन्तब्य राख्नु भएको थियो भने ओम कार्कीको ब्यक्तित्व तथा कृतित्व माथि झलनाथ खनाल स्वास्थ्य बिज्ञान प्रतिष्ठान का नवराज भण्डारी ,पुर्व गाविस अध्यक्ष बिष्णु पुलामीले चर्चा गर्नु भएको थियो ।्
 सहिद ओम कार्कीको तस्बिरमा प्रमुख अतिथि प्राडा भीम खतिवडा  तथा प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्की माल्यार्पण गरे पश्चात् प्रारम्भ भएको अौपचारिक कार्यक्रममा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँनुहुने स्रष्टाहरूलाई प्रतिष्ठानले सम्मानित पनि गरेको थियो ।जस अन्तर्गत मकवानपुरका कविर समालोचक बिर्खे अञ्जान, काठमाडौंका कवि कलानिधि दाहाल, चितवनका महाकाब्यकार केशवराज आमोदी,गजलकार पुष्प अधिकारी अञ्जली ,सर्लाहीका मुक्तककार हरिकृष्ण काफ्ले र सुनसरी धरानका समालोचक प्राडा भीम खतिवडालाई ओम कार्की साहित्य प्रतिभा सम्मान द्वारा सम्मानित गरिएको थियोे ।दुई सत्रमा बिभाजन गरिएको सो कार्यक्रममा दोस्रो चरणमा बिशेष वाचनकालागि आमन्त्रण गरिएका स्याङ्जाका मिलन समीर ,सुर्खेतकी शिवा कार्की मोरकी सन्ध्या सापकोटा दाङका वसन्त वली वसन्ती र बर्दियाका पृथक हिमालले क्रमशः गजल ,मुक्तक कविता वाचन गरेका थिए।स्थानीय साहित्यकारहरूको पनि बलियो उपस्थिति भएको सो कार्यक्रममा दिनेश पोख्रेल ,जीवन आचार्य ,भाष्कर काजी,सुन्दर कार्की ,विना लुङ्गेली,मिना देवकोटा र राजेश्वरी काफ्लेले पनि आआफ्नो सिर्जना सुनाएका थिए।
 सहिद ओम कार्कीले राष्ट्रकालागि जुन बलिदानी नेपाली माटोलाई दिनु भयो त्यही माटोलाई मुटुमा राखेर कलम कर्मीहरूको उत्साहका लागि स्थापना भएको प्रतिष्ठानले भोलिका दिनहरूमा जनजिविकाको सवालसँग जोडिएर काम गर्दै जाने हो भने साचो अर्थमा उहाँलाई सम्मान गरिएको ठहर्छ भन्दै प्राडा भीम खतिवडाले यस्ता किसिमको गतिविधिको आयोजनाले सकारात्मक सन्देश मात्रै प्रवाह नगरीकन उत्साहको पनि बिजारोपण गर्छ भन्नू भयो ।  गजलकार कमल अर्याल धादिङ्गेले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानकि अध्यक्ष अम्बिका कार्कीले सभा समापन गर्दै शोकलाई शक्तिमा बदलेर आगामी दिनमा साहित्यमा मात्रै केन्द्रीकृत नभई सामाजिक ,साँस्कृतिक रूपान्तरणमा पनि प्रतिष्ठानले काम गर्ने छ भन्नुभयो । मुलुकभरका प्रतिनिधि स्रष्टाहरूको बृहत् भेला भएको सो कार्यक्रममा स्थानीय बुद्धिजीवी ,समाजसेवी ,राजनीति कर्मी तथा सर्व साधारणहरूको घुइँचो लागेको थियो ।


 


world-link-1690434568.jpg
जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...