pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

सरस्वति माबिका पूर्व विद्यार्थीहरुद्वारा विद्यालयलाई २० थान कम्प्युटर  सहित विभिन्न सामागी सहयोग 

41853847_706558296362258_-1537080825.jpg

— शम्भु अधिकारी  

   थाहा नगर पालिका ७ आग्रा देउखेल स्थित सरस्वति माबिका पूर्व विद्यार्थीहरु मिलेर विद्यालयलाई २० थान कम्प्युटर  सहित विभिन्न सामान सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
    हिजो ३० गते भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लवशेर बिष्टले कम्प्युटर ल्याव, सोलार को उद्घाटन तथा सहयोगीहरुलाई सम्मानपत्रले सम्मान गर्नु भएको थियो । विद्यालयलाई आर्थिक सहयोग गर्ने १ सय ५६ जना र कम्प्युटर सहयोग गर्ने ४९ दाताको साथै सहित ६० जना विद्यार्थीलाई पोसाक सहयोग गर्ने ३ जनालाई सम्मान गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख बिष्टले विद्यालयले सहयोगी दाताहरुलाई धन्यवाद् व्यक्त गर्दै प्राप्त सहयोगलाई सदुपयोग गरेमा मात्र दाताको सम्मान तथा हौसला मिल्ने भएकोले गुणस्तरीय विद्यार्थी उत्पादनका लागि शुभकामना दिनुभएको थियो ।
    विद्यालयलाई ठूलो सहयोगको लागि संयोजन गर्दे आउनु भएका रघुनाथ बजगाईले विद्यालयमा शैक्षिक सुधार तथा विकासको लागि सरस्वति कम्प्युटर ल्याव स्थापना गर्नका लागि विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रमा काम गरिरहनु भएका विद्यार्थीहरुको सहयोगमा सफल भएको बताउनु भयो ।
    विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मान बहादुर लोको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला नेता बिष्णु बिष्ट आदर्श, वडा अध्यक्ष सनम सिं मोक्तान, वडा सदस्य सुन्तलीमाया गुरुङ, थाहा काठमाण्डौ पत्रकार समाजका अध्यक्ष वैकुण्ठ ढकाल, पत्रकार शानितपुर दैनिकका सम्पदक कुमार नेगी, थाहा नगर मिडिया एशोसियसनका सचिव शम्भु अधिकारी, बिकास खवर साप्ताहिकका प्रकाशक सुरज कुमार भुजेल लगायत शिक्षाप्रेमी अभिभावक, पूर्व विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...