Tuesday, 21 May, 2024
शिक्षा

सरस्वति माबिका पूर्व विद्यार्थीहरुद्वारा विद्यालयलाई २० थान कम्प्युटर  सहित विभिन्न सामागी सहयोग 

41853847_706558296362258_-1537080825.jpg

— शम्भु अधिकारी  

   थाहा नगर पालिका ७ आग्रा देउखेल स्थित सरस्वति माबिका पूर्व विद्यार्थीहरु मिलेर विद्यालयलाई २० थान कम्प्युटर  सहित विभिन्न सामान सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
    हिजो ३० गते भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख लवशेर बिष्टले कम्प्युटर ल्याव, सोलार को उद्घाटन तथा सहयोगीहरुलाई सम्मानपत्रले सम्मान गर्नु भएको थियो । विद्यालयलाई आर्थिक सहयोग गर्ने १ सय ५६ जना र कम्प्युटर सहयोग गर्ने ४९ दाताको साथै सहित ६० जना विद्यार्थीलाई पोसाक सहयोग गर्ने ३ जनालाई सम्मान गर्नु भएको हो । कार्यक्रममा नगर प्रमुख बिष्टले विद्यालयले सहयोगी दाताहरुलाई धन्यवाद् व्यक्त गर्दै प्राप्त सहयोगलाई सदुपयोग गरेमा मात्र दाताको सम्मान तथा हौसला मिल्ने भएकोले गुणस्तरीय विद्यार्थी उत्पादनका लागि शुभकामना दिनुभएको थियो ।
    विद्यालयलाई ठूलो सहयोगको लागि संयोजन गर्दे आउनु भएका रघुनाथ बजगाईले विद्यालयमा शैक्षिक सुधार तथा विकासको लागि सरस्वति कम्प्युटर ल्याव स्थापना गर्नका लागि विद्यालयमा अध्ययन गरि विभिन्न क्षेत्रमा काम गरिरहनु भएका विद्यार्थीहरुको सहयोगमा सफल भएको बताउनु भयो ।
    विद्यालय व्यबस्थापन समितिका अध्यक्ष मान बहादुर लोको सभापतित्वमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला नेता बिष्णु बिष्ट आदर्श, वडा अध्यक्ष सनम सिं मोक्तान, वडा सदस्य सुन्तलीमाया गुरुङ, थाहा काठमाण्डौ पत्रकार समाजका अध्यक्ष वैकुण्ठ ढकाल, पत्रकार शानितपुर दैनिकका सम्पदक कुमार नेगी, थाहा नगर मिडिया एशोसियसनका सचिव शम्भु अधिकारी, बिकास खवर साप्ताहिकका प्रकाशक सुरज कुमार भुजेल लगायत शिक्षाप्रेमी अभिभावक, पूर्व विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।


world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...