kirsi-samaagri-utpaadan-1733404658.png
Tuesday, 21 Jan, 2025
krishi-suchana-1732709378.png

आर्थिक खबर

सरकारले घर अवस्थित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

1724595159093-1724595639.jpg

तीनै तहका सरकारले लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आइतबार नेपाल घरेलु तथा साना उद्योग महासंघ र होमनेट नेपालको संयुक्त आयोजनामा काठमाडौंमा भएको नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगहरुको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र मजबुत बन्ने भएकाले यी क्षेत्रहरुको समुचित विकासका लागि तीनवटै तहका सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले घर अवस्थित उद्यमका समस्या र समाधानमा तीन तहका सरकारले गर्नुपर्ने कार्यसँगै घरैलाई नै कार्यथलो बनाई मध्यस्थकर्ता र बजारका लागि वस्तु तथा सेवाहरु उत्पादन गर्ने उद्यमीहरुले पछिल्लो समय भोग्नुपरेका समस्याका विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो । प्रस्तुतिका क्रममा थपलियाले सामान्य जीवन जीउन पनि कठीनाई भोगेका र बजारसम्म पहुँच नभएका महिला उत्पादकहरुको उद्यमशीलता विकास तथा जीविकोपार्जन प्रवर्द्धनमा जोड दिनुभयो । कार्यक्रममा घरैलाई नै कार्यथलो बनाई वस्तु तथा सेवाहरु उत्पादन गर्ने ललितपुर बुङमतिकी शान्ता शाक्यले आफूले विगत ३० वर्षदेखि यो पेशा अपनाए पनि राज्यका कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गर्नुभयो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ पूर्वअध्यक्ष श्यामप्रसाद गिरीले मुलुकको आर्थिक अवस्था सुधार गर्न सक्ने क्षमता भएका लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको विकास र विस्तारका लागि राज्यका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा लघु उद्यमका समस्या उजागर गर्दै समाधानमा तीनै तहका सरकारको भूमिका र गर्नुपर्ने दायित्वका विषयमा प्रा.डा. राजकुमार भट्टराई र डा. रविन्द्र कुमार न्यौपानेले छुट्टाछुट्टै प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने लघु, घरेलु साना तथा घर अवस्थित उद्योगलाई तीनै तहका सरकाले उत्पादनमा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा, प्रविधि हस्तान्तरण र बजारसम्मको पहुँचमा जोड दिनुपर्ने बताएका थिए ।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
“अरूको सोचमा आफ्नो हर्ष वा शोक नखोजौं”:- सिम्रन खड्का
1737464074557-1737464098.jpg

यस्तो त् सानो कुरामा नै खुसि हुने मन सानै कुरा मा पनि बिचलित हुन् पुग्छ खुसि हुन लाइ धेरै ठुलो कुरा नचाहिने मन लाइ...

एमालेमा ५९ जनाको सामूहिक राजीनामा
FB_IMG_1736141202334-1737357938.jpg

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले कारबाहीमा...

चित्लाङ थानकोट सडक:- आज बेलुकी ४ बजे बाट खुल्ने
FB_IMG_1735712432242-1737346578.jpg

एक महिना देखि सडक आवातजावत लाई पुर्ण रुपमा बन्द गरि स्तरोन्नति गरिरहेको थानकोट चित्लाङ सडकमा आज बेलुकी ४ बजे पछि...

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि मनहरी ७ लाई
FB_IMG_1737289788299-1737289810.jpg

मकवानपुर, ०६ माघ । मनहरी गाउँपालिका वडा स्तरीय दोश्रो वडा अध्यक्ष भिमान सहिद स्मृति कप फुटबल प्रतियोगिताको उपाधि...

एमाले थाहा नगरले तीन महिने अभियान संचालन गर्ने
FB_IMG_1737217757007-1737217772.jpg

हालै बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गर्दै थाहा नगर कमिटीले तीन महिने अभियान...

अंगारेका कार्की परिवार द्वारा इन्द्रायणी मन्दिरमा सिंहको मुर्ती प्रतिष्ठा
FB_IMG_1737215999456-1737216014.jpg

बाजे गम्भीर सिंह कार्कीका जसि मन्त र शिवहरी का सन्तान थाहा २ अंगारेका माधव कार्की,राजेन्द्र कार्की,किरण...

पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप थाहामा माघ २२ गते देखि लगाइने,
1737032241097-1737032257.jpg

थाहा नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ माघ २२ गतेदेखि लगाउने भएको छ । थाहा नगरपालिका...

टेक्नो फ्यान्टम भी फोल्ड 2 5G: फोल्डेबल फोनले नेपाली बजारमा ल्यायो नयाँ उत्साह
1736955698308-1736955710.jpg

काठमाडौं – “बोर्न टु डोमिनेट” भन्ने नारासहित टेक्नोले आफ्नो नवीनतम उत्पादन, टेक्नो फ्यान्टम भी फोल्ड 2 5G,...

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो
FB_IMG_1736955047474-1736955059.jpg

डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र...