pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

सरकारले घर अवस्थित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरुको जोड

1724595159093-1724595639.jpg

तीनै तहका सरकारले लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको प्रवर्द्धन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आइतबार नेपाल घरेलु तथा साना उद्योग महासंघ र होमनेट नेपालको संयुक्त आयोजनामा काठमाडौंमा भएको नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगका समस्या र समाधान विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा लघु, घरेलु साना तथा घर अवस्थित उद्योगहरुको प्रवर्द्धनबाट मात्रै अर्थतन्त्र मजबुत बन्ने भएकाले यी क्षेत्रहरुको समुचित विकासका लागि तीनवटै तहका सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले घर अवस्थित उद्यमका समस्या र समाधानमा तीन तहका सरकारले गर्नुपर्ने कार्यसँगै घरैलाई नै कार्यथलो बनाई मध्यस्थकर्ता र बजारका लागि वस्तु तथा सेवाहरु उत्पादन गर्ने उद्यमीहरुले पछिल्लो समय भोग्नुपरेका समस्याका विषयमा आफ्नो प्रस्तुति राख्नु भएको थियो । प्रस्तुतिका क्रममा थपलियाले सामान्य जीवन जीउन पनि कठीनाई भोगेका र बजारसम्म पहुँच नभएका महिला उत्पादकहरुको उद्यमशीलता विकास तथा जीविकोपार्जन प्रवर्द्धनमा जोड दिनुभयो । कार्यक्रममा घरैलाई नै कार्यथलो बनाई वस्तु तथा सेवाहरु उत्पादन गर्ने ललितपुर बुङमतिकी शान्ता शाक्यले आफूले विगत ३० वर्षदेखि यो पेशा अपनाए पनि राज्यका कुनै पनि निकायबाट सहयोग नपाएको गुनासो गर्नुभयो । कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ पूर्वअध्यक्ष श्यामप्रसाद गिरीले मुलुकको आर्थिक अवस्था सुधार गर्न सक्ने क्षमता भएका लघु, घरेलु साना तथा घर अवस्थित उद्योगको विकास र विस्तारका लागि राज्यका निकायले ध्यान दिनुपर्ने बताउनुभयो । अन्तरक्रियामा लघु उद्यमका समस्या उजागर गर्दै समाधानमा तीनै तहका सरकारको भूमिका र गर्नुपर्ने दायित्वका विषयमा प्रा.डा. राजकुमार भट्टराई र डा. रविन्द्र कुमार न्यौपानेले छुट्टाछुट्टै प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुले स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने लघु, घरेलु साना तथा घर अवस्थित उद्योगलाई तीनै तहका सरकाले उत्पादनमा प्रोत्साहन, सहुलियतपूर्ण कर्जा, प्रविधि हस्तान्तरण र बजारसम्मको पहुँचमा जोड दिनुपर्ने बताएका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...