Wednesday, 15 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

समाज रुपान्तरणको आधार–शिक्षा
–तोयानाथ काफ्ले

    शिक्षा देशविकासको मेरुदण्ड हो । शिक्षालाई चेतनाको बाहक, समाजको नाभी, मार्गदर्शक, विकासको सशक्त माध्यम सामाजिक, सांस्कृतिक परिवर्तनको मेरुदण्ड, सामाजिक गतिशीलताको विम्ब, मानव सशक्तिकरणको साधन जस्ता विभिन्न नामले पुकारिन्छ । वास्तवमा यसका बहुआयामिक कार्यले गर्दा मात्र यस्तो नाम जुरेको हो । औपचारिक, अनौपचारिक शिक्षाको माध्यमबाट सामाजिक शक्तिका प्रत्येक अवयवहरु रुपान्तरण गर्न सकिन्छ । रुपान्तरण गर्नाको अर्थ हो सामाजिक कुरिती र नकारात्क सम्बन्धलाई बढार्नु भनी उन्नत वैज्ञानिक, सत्य र न्यायपूर्ण सम्बन्धको विकास, परिमार्जन वा परिष्कृत पार्नु ।


    मानिसमा शिक्षाले जातिपाती, छुवाछुत, अन्धविश्वास, रुढिवादी र मनोकेन्द्रित चिन्तनलाई बदल्न प्रेरणा दिन्छ । मानव सभ्यताको विकास र सामाजिक न्यायको प्रवद्र्धन गर्न शिक्षा एक रत्न हो । शिक्षाले समाजमा चेतनाको बहार ल्याउना साथ सामाजिक अन्याय र कुरितीका कालाबादल सफाचट हुन्छन् ? शिक्षालाई सिकाइको  रुपमा पनि लिने गरिन्छ । सूचना प्रविधिको चामत्कारिक विकासले हाम्रा अगाडि दिनहु“ चुनौती थपिएका छन् । हिजोका कुरा आज र आजका कुरा भोलि पुराना र बासीबन्दै जान थालेका छन् । यसले गर्दा शिक्षा क्षेत्रमा पनि दिनानुदिन नया“–नया“ कुराहरुले प्रवेश पाइरहेका छन् । आजको एक्काइसौं शताब्दीको मानिसले आपूmलाई    हरेक क्षण अद्यावधिक गराई राख्नु पनि चुनौती नै बन्नगएको छ । अहिलेको आधुनिक समाजमा शिक्षा मात्रले नपुगी  गुणस्तरीय शिक्षाको अवधारणा आएको छ । व्यक्तिका दृष्टिले रोजगारमूलक, बिकाउ, तत्काल काम पाउन सक्ने ज्ञान, सीप, क्षमता दिने र आत्मसन्तुष्टि दिन सक्ने शिक्षा गुणस्तरीय शिक्षाहो भने अभिभावकका दृष्टिमा सभ्य, सुसंस्कृत, असल नैतिक चरित्र भई उच्च आयआर्जन गर्ने, राम्रो मान्छे बनाउने शिक्षा गुणस्तरीय शिक्षा हो । गुणस्तरीय शिक्षाका सम्बन्धमा सबैको समान अवधारणा नपाइने हुनाले यसले व्यक्ति, समुदाय र राष्ट्रको आवश्यकता पूरा गर्ने क्षमता वा गुणको अवस्था र सन्तुष्टिको तहलाई बुझाउ“दा गुणस्तरीय शिक्षाले शिक्षामा गरिएको लगानी र उत्पादन एवम् प्रतिफल प्राप्तिको अवस्था र सन्तुष्टिको तहलाई बुझाउ“छ । नेपालको बहुसा“स्कतिक संवेदनशीलता नेपालीको जीवन शैली, स्वभाव र गरिबी जस्ता कमजोर पक्षहरु एवम् स्थापित भइसकेका संरचना, मूल्य र मान्यता, पाठ्यक्रम, शिक्षण, मूल्याङ्कन पद्धतिजस्ता पक्षहरुलाई समन्वयात्मक, सन्तुलित र दिगो हुने गरी उपयुुक्त नीति, रणनीति तथा कार्य योजना विकसित गरी तिनको कुशल व्यवस्थापनद्वारा गुणस्तरीय र सान्दर्भिक शिक्षाको अवस्थालाई सुनिश्चित गर्ने कार्य एउटा महत्वपूर्ण चुनौतीका रुपमा    रहन पुगेको छ । 
    शिक्षा देश विकासको मेरुदण्ड भएपनि हाम्रो मुलुकमा शिक्षा क्षेत्रमा भएका प्रगतिलाई मूल्याङ्कन गर्दा कछुवाको गतिमा अगि बढेको देखिन्छ । आजको शिक्षाले नै भोलिको नेपालको चित्रण गर्ने हु“दा नेपालको शिक्षामा परिवर्तन र अद्यावधिकको खा“चो   देखिन्छ । शिक्षामा सुधार ल्याउन विद्यालय तह देखीनै परिवर्तन हुनुपर्ने देखिन्छ । विद्यालय क्षेत्र सुधार योजना(२०६६÷२०७२)ले स्कुले शिक्षाको गुणस्तर अभिवृद्धी गर्न स्पष्ट मार्ग्िचत्र सहित निम्न उदेश्य प्रस्तुत      गरेको छ ।
विद्यालय क्षेत्र सुधार योजनामा मुख्य उदेश्यहरु निम्न छनः  
१–५ वर्ष उमेर समुहका सवै वालवालिकाहरुलाई गुणस्तरिय आधारभुत शिक्षामा समतामुलक पहु“चको सुनिश्चित गर्नु । चार वर्ष उमेर समुहका वालवालिकाहरुको सम्पूर्णताको विकास गरि आधारभूत शिक्षाका लागी तयारी गर्न गुणस्तरीय प्रारम्भिक बाल शिक्षा  विकासको पहु“च सुनिश्चित गर्नु । युवा तथा पौढहरुका लागि कार्यमुलक साक्षरता र सक्षमता बृद्धि गर्नु । माध्यमिक शिक्षाको पहु“च, समता, गुणस्तर र सान्दर्भिकतामा सुधार गर्नु । माध्यमिक तहका विधार्थीहरुलाई प्राविधिक र व्यावसायिक शिक्षाको आधारभुत सीपमा पहु“च वढाउनु । शिक्षा मन्त्रालयको सेवा प्रवाहको कार्यक्षमता सुधार गरी यस सम्वन्धी कार्यक्रमहरुको कार्यान्वयनका लागि क्षमता विकास गर्नु । विद्यार्थीहरुको सिकाइमा सहयोग पु¥याउन शिक्षकहरुको योग्यता र पेशागत सक्षमता वढाउनु ।
    अन्त्यमा थाहा नगरपालिका दुई ठुला शहरहरुको माझमा अवस्थित रहेको तर पनि पछिल्लो समयमा शैक्षिक वसाई सराई तीब्र रुपमा भईरहेको छ । यसमा सम्पुर्ण नगरवासी,सरोकारवाला वर्ग, शिक्षा प्रेमी साथै सम्पूर्ण वासिन्दाहरुको आवश्यक्ता तथा विचार मन्थन गरी माध्यमिक शैक्षिक रणनिति वनाउनु पर्ने देखिन आउछ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

६० दिन नाघ्ने बक्यौता नतिरे लाइन काटिँदै: पालुङ विद्युतको कडा अभियान
FB_IMG_1774886033279-1774886048.jpg

विद्युत महशुलको वक्यौता रकम बढ्दै गए पछि नेपाल विद्युत प्राधिकरण पालुङ  वितरण केन्द्रले वक्यौता विद्युत महशुल...

हृदय रोग निवारण प्रतिष्ठान थाहाको तेस्रो साधारणसभा सम्पन्न
FB_IMG_1774696151904-1774696266.jpg

नेपाल हृदय रोग निवारण प्रतिष्ठान नेपाल थाहा नगर इकाई समितिको तेस्रो साधारणसभा सम्पन्न भएको छ। थाहा नगरको...

khane-1774766593.png