pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

सङ्क्रमित घरघरमै,आइसोलेसन कक्ष रित्तै

images-1621063573.jpg

मकवानपुरको थाहा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । परीक्षण गर्दा पोजिटिभ देखिनेवित्तिकै स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही निर्देशनसहित घर पठाउँछ । स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्थामा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ । 
हिजो बुधबार थाहा नगरपालिका–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो नघटेका कारण स्वास्थ्य केन्द्र जानुभयो । स्वास्थ्य केन्द्रमा उहाँसँग अरु १० जना पनि त्यस्तै प्रकृतिका बिरामी पुगेका थिए । सबैको एन्टिजेन परीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजिटिभ देखियो । अहिले बिष्ट घर आइसोलेसनमा हुनुहुन्छ । 
थाहा नगरपालिकामा गत बैशाख १० गतेयता अहिलेसम्म १८७ जनामा कोरोना सङ्क्रमण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ । डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको सङ्क्रमितहरुले बताएका छन् । १८७ मध्ये २ जनाको मृत्यु भएको, ८ जना निको भएको, ६ जनालाई थप उपचारको लागि हेटौँडा पठाएको र बाँकी १७१ जना सबै घर आइसोलेसनमा रहेको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । भुजेलका अनुसार नगरपालिकाले व्यवस्था गरेको सामुदायिक आइसोलेसनमा भने एक जनालाई पनि पठाइएको छैन । 
गत वर्षदेखि क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थाहा नगरपालिका–६ स्थित सामुदायिक भवनमा नगरपालिकाले आइसोलेसन कक्ष स्थापना गरेको छ । २० बेडको उक्त आइसोलेसन तयार भइसकेको र सङ्क्रमितहरुको उपचारको लागि विशेषज्ञसहितको स्वास्थ्य टोली पनि तयार रहेको थाहा नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिनुभयो । 
आफूमा कोरोना पोजिटिभ देखिएपछि अधिकाँस बिरामीहरु घरमै बस्न रुचाउने डाक्टरहरुको भनाइ रहेको छ । घर आइसोलेसनमा बस्दा परिवारसँगै बसेको अनुभूति हुने र आत्मबलको विकास हुने भएकोले सामुदायिक आइसोलेसनभन्दा घर आइसोलेसन नै रोज्ने गरेको सङ्क्रमितहरु बताउँछन् । कसैलाई सास फेर्न गाह्रो भयो वा थप केही जटिलताहरु देखियो भने स्वास्थ्यकर्मीहरुलाई तुरुन्त घर–घरमा पठाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 
थाहा नगरको वडा नम्बर १, २, ३, ४ र ६ मा टोल–टोलमा सङ्क्रमितहरु रहेको र उनीहरु घर आइसोलेसनमा बस्दा समुदायमा जोखिम बढ्न सक्नेमा चिन्ता व्यक्त गर्न थालिएको छ । डाक्टरले बिरामीको अवस्थाको आधारमा घर आइसोलेसनमा बस्न सिफारिस गरे पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार रहे–नरहेकोबारे एकीन हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सामान्यतथा कोरानाका  बिरामीहरुलाई घरमा पठाउनु अहिलेको बाध्यता रहेको कोरोना रोकथाम तथा नियन्त्रण निर्देशन समिति थाहा नगरका सदस्य सुरेन्द्रमान प्रधानले बताउनुभयो । ‘नगरपालिकाले तयार पारेको आइसोलसनमा जम्मा २० बेडको क्षमता छ, नगरमा डेढ सय बिरामी नाघिसक्यो, कसलाई छानेर सामुदायिक आइसोलेसनमा पठाउनू?’ उहाँले भन्नुभयो ।
थाहानगरमा अहिले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएमा मात्र परीक्षण गर्ने गरिएको छ । सङ्क्रमण देखिएका व्यक्तिको परिवारका सदस्यलाई पाँच दिनपछि ज्वरो आएमा परीक्षण गर्ने गरिएको छ । ‘व्यक्तिहरु स्वास्थ्य केन्द्रमा पुग्दा यो अवस्था छ भने स्वास्थ्य केन्द्र समुदायमा पुगेर परीक्षण गर्ने हो भने अवस्था भयावह देखिन सक्छ,’ प्रधानले भन्नुभयो । आवश्यक उपकरणको अभावमा समुदायस्तरमा कोरोनाको परीक्षण गर्न नसकिएको थाहा नगरपालिकाले जनाएको छ । 
थाहानगरमा उद्योग वाणिज्य संघसँग समन्वय गरेर अर्को आइसोलेसन कक्ष स्थापनाको तयारी गरिरहेको नगरप्रमुख लवशेर विष्टले बताउनुभयो । 


 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg