pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

सङ्क्रमित घरघरमै,आइसोलेसन कक्ष रित्तै

images-1621063573.jpg

मकवानपुरको थाहा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र पालुङ र स्वास्थ्य चौकी बज्रवाराहीमा कोरोना परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । परीक्षण गर्दा पोजिटिभ देखिनेवित्तिकै स्वास्थ्य संस्थाले बिरामीलाई औषधि लेखेर केही निर्देशनसहित घर पठाउँछ । स्वास्थ्य केन्द्र बाहिर तयारी अवस्थामा रहेको एम्बुलेन्सले बिरामीलाई घरमा लगेर छोडिदिन्छ । 
हिजो बुधबार थाहा नगरपालिका–३ का राजेन्द्र विष्ट केही दिनदेखि ज्वरो नघटेका कारण स्वास्थ्य केन्द्र जानुभयो । स्वास्थ्य केन्द्रमा उहाँसँग अरु १० जना पनि त्यस्तै प्रकृतिका बिरामी पुगेका थिए । सबैको एन्टिजेन परीक्षण गर्दा एक जनाबाहेक सबैमा पोजिटिभ देखियो । अहिले बिष्ट घर आइसोलेसनमा हुनुहुन्छ । 
थाहा नगरपालिकामा गत बैशाख १० गतेयता अहिलेसम्म १८७ जनामा कोरोना सङ्क्रमण देखिएकोमा सबैलाई घरमै बस्न भनिएको छ । डाक्टरले उनीहरु सबैलाई ‘प्रेस्कृप्सन’मा ‘होम आइसोलेट’ लेखिदिएको सङ्क्रमितहरुले बताएका छन् । १८७ मध्ये २ जनाको मृत्यु भएको, ८ जना निको भएको, ६ जनालाई थप उपचारको लागि हेटौँडा पठाएको र बाँकी १७१ जना सबै घर आइसोलेसनमा रहेको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । भुजेलका अनुसार नगरपालिकाले व्यवस्था गरेको सामुदायिक आइसोलेसनमा भने एक जनालाई पनि पठाइएको छैन । 
गत वर्षदेखि क्वारेन्टिनको रुपमा प्रयोग गर्दै आएको थाहा नगरपालिका–६ स्थित सामुदायिक भवनमा नगरपालिकाले आइसोलेसन कक्ष स्थापना गरेको छ । २० बेडको उक्त आइसोलेसन तयार भइसकेको र सङ्क्रमितहरुको उपचारको लागि विशेषज्ञसहितको स्वास्थ्य टोली पनि तयार रहेको थाहा नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले जानकारी दिनुभयो । 
आफूमा कोरोना पोजिटिभ देखिएपछि अधिकाँस बिरामीहरु घरमै बस्न रुचाउने डाक्टरहरुको भनाइ रहेको छ । घर आइसोलेसनमा बस्दा परिवारसँगै बसेको अनुभूति हुने र आत्मबलको विकास हुने भएकोले सामुदायिक आइसोलेसनभन्दा घर आइसोलेसन नै रोज्ने गरेको सङ्क्रमितहरु बताउँछन् । कसैलाई सास फेर्न गाह्रो भयो वा थप केही जटिलताहरु देखियो भने स्वास्थ्यकर्मीहरुलाई तुरुन्त घर–घरमा पठाउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । 
थाहा नगरको वडा नम्बर १, २, ३, ४ र ६ मा टोल–टोलमा सङ्क्रमितहरु रहेको र उनीहरु घर आइसोलेसनमा बस्दा समुदायमा जोखिम बढ्न सक्नेमा चिन्ता व्यक्त गर्न थालिएको छ । डाक्टरले बिरामीको अवस्थाको आधारमा घर आइसोलेसनमा बस्न सिफारिस गरे पनि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार रहे–नरहेकोबारे एकीन हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सामान्यतथा कोरानाका  बिरामीहरुलाई घरमा पठाउनु अहिलेको बाध्यता रहेको कोरोना रोकथाम तथा नियन्त्रण निर्देशन समिति थाहा नगरका सदस्य सुरेन्द्रमान प्रधानले बताउनुभयो । ‘नगरपालिकाले तयार पारेको आइसोलसनमा जम्मा २० बेडको क्षमता छ, नगरमा डेढ सय बिरामी नाघिसक्यो, कसलाई छानेर सामुदायिक आइसोलेसनमा पठाउनू?’ उहाँले भन्नुभयो ।
थाहानगरमा अहिले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो समस्या देखिएमा मात्र परीक्षण गर्ने गरिएको छ । सङ्क्रमण देखिएका व्यक्तिको परिवारका सदस्यलाई पाँच दिनपछि ज्वरो आएमा परीक्षण गर्ने गरिएको छ । ‘व्यक्तिहरु स्वास्थ्य केन्द्रमा पुग्दा यो अवस्था छ भने स्वास्थ्य केन्द्र समुदायमा पुगेर परीक्षण गर्ने हो भने अवस्था भयावह देखिन सक्छ,’ प्रधानले भन्नुभयो । आवश्यक उपकरणको अभावमा समुदायस्तरमा कोरोनाको परीक्षण गर्न नसकिएको थाहा नगरपालिकाले जनाएको छ । 
थाहानगरमा उद्योग वाणिज्य संघसँग समन्वय गरेर अर्को आइसोलेसन कक्ष स्थापनाको तयारी गरिरहेको नगरप्रमुख लवशेर विष्टले बताउनुभयो । 


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...