Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

शैक्षिक संस्थालाई केन्द्रित गरेर खोप उपलब्ध गराउन शिक्षक महासंघ थाहानगरको ध्यानाकर्षण

download-1622279237.jpg

महामारीको रुपमा रहेको कोभिड–१९ को दोस्रो भेरिन्टबाट समेत संक्रमण फैलिइरहेको अवस्थामा समेत खोप उपलब्ध हुन नसकेकोमा नेपाल शिक्षक महासंघ थाहानगर समितिले ध्यानाकर्षण गराएको छ । महासंघले १४ जेठमा एक विज्ञप्ती जारी गर्दै सम्पुर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई खोप उपलव्धताको निमित्त थाहा नगरपालिका शिक्षा शाखा र थाहा नगरपालिकाको कार्यालयलाई अनुरोध गरेको छ । 

शिक्षक महासंघ नगर समितिले भर्चुअल मिटिङ बसि शैक्षिक अन्यौलता माथि गहन छलफल र अन्तरकृया गर्दै  आएको बताउँदै कोभिड महामारीको अवस्थामा शैक्षिक अन्यौलता हटाउनको निमित्त वैकल्पिक शिक्षणको लागि पूर्वाधार तयार गर्नको निम्ति थाहा नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । महासंघ थाहानगर समिति अध्यक्ष राजाराम कार्की तथा सचिव गणेशमान श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘कोभिड विरुध्दको खोप उपलव्ध नभएमा भौतिक रुपमा उपस्थिती भै शैक्षिक गतिविधि सञ्चालन गर्न नसकिने यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गर्दछौं ।’

पढ्नुहोस विज्ञप्तीको पूर्णपाठः

प्रेस विज्ञप्ति

सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुकाे पेशागत हक हित र सुरक्षाकाे लागि संघर्षरत , शैक्षिक गुणस्तर अभिवृध्दिका लागि निरन्तर पेशा प्रति उत्तरदायी समस्त शिक्षकहरुकाे उच्च सम्मान गर्दै काेभिड-19 ले सिँगाे राष्ट्र नै अाक्रान्त भई मानव जीवनमा बढ्दै गई रहेकाे त्रास र असुरक्षाले शिक्षा क्षेत्रमा पर्न गएकाे अल्पकालिन तथा दीर्घ कालिन असर प्रति नेपाल शिक्षक महासंघ थाहा नगर समिति चिन्तनशिल छ । समस्त मानव जीवनकाे सुरक्षाकाे खातिर जारी लकडाउनले जीवन अत्यन्तै पिडादायी र कष्टकर हुन गएकाे अवस्था त्रासमय र बढ्दाे असुरक्षाका कारण विद्यालयका पठनपाठन तथा शैक्षिक गतिविधि पुर्णरुपले ठप्प छ ।

यश सन्दर्भमा नेपाल शिक्षक महासंघ नगर समितिकाे भर्चुअल मिटिङ बसि शैक्षिक अन्याैलता माथि गहन छलफल र अन्तरकृया गर्दै शैक्षिक अन्याैलता हटाउनकाे निमित्त वैकल्पिक शिक्षणकाे लागि पूर्वाधार तयार गर्नकाे निम्ति थाहा नगरपालिका र सम्बन्धित निकायकाे ध्यानाकर्षण गराँउदै हाल पहिलाे चरणकाे काेभिड-19 विरुध्दकाे खाेप उपलव्धता नभएकाेमा नेपाल शिक्षक महासंघ थाहा नगर समितिकाे गम्भीर ध्यानाकर्षण भएकाे छ । उक्त पहिलाे चरणकाे खाेप सम्पुर्ण शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई उपलव्धताकाे निमित्त थाहा नगरपालिका शिक्षा शाखा र थाहा नगरपालिकाकाे कार्यालयमा अनुराेध गर्दै साे काेभिड विरुध्दकाे खाेप उपलव्ध नभएमा भाैतिक रुपमा उपस्थिती भै शैक्षिक गतिविधि सञ्चालन गर्न नसकिने यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गर्दछाैं ।

  •             सचिव  : गणेशमान श्रेष्ठ                                  अध्यक्ष : राजाराम कार्की 
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...