Sunday, 05 May, 2024
आर्थिक खबर

शिखर बचतको वार्षिक कारोबार ९ करोड नाघ्यो।

shikhar1-1672658734.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मधुसूदन बिष्ट को सभापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ प्रताप घिमिरेको बिशिस्ट आतिथ्यता रहेको साधारणसभा उद्घाटन कार्यक्रममा वडा न ४ का अध्यक्ष नारायण लामा ,४ का वडा सदस्य शान्ती बिश्वकर्मा वडा न ३ का सदस्य कृष्णकुमार कार्की ,पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको उपाध्यक्ष अरुण रायमाझी ,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ , ,फरक सोचका अध्यक्ष यादव रायमाझी,थाहा कृषि सहकारीका सचिव केशव सुनार,पाथिभरा सहकारीका अध्यक्ष गोकर्ण बरुवाल,दामन चेली समाजका उपाध्यक्ष राधिका रायमाझी , ग्रामीण पर्यटन सहकारी संस्थाका पुर्व अध्यक्ष तथा समाजसेवी निरन्जन अधिकारी,दिव्यतारा बहुउद्देश्यीय सहकारी पालुङ सेवा केन्द्रका व्यवस्थापक राममाया खत्री,मंगलदिप बचत तथा ऋण सहकारी पालुङ सेवा केन्द्रका व्यवस्थापक गणेश बिष्ट,सेन्चुरी डेभपमेन्ट बैंकका शाखा प्रबन्धक आशिष गौतम,कुण्डलदेवी बहुउद्देश्यीय सहकारीका अध्यक्ष शिवकुमार खत्री,लालिगुरास बहुउद्देश्यीयका नानिछोरी प्रधान,लगायतका आतिथ्यता रहेको थियो ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मधुसूदन बिष्ट तथा कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक वर्ष २०७९/०८०को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ । संस्थाका अध्यक्ष मधुसूदन बिष्टले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै सहकारीको लापरबाहीले गर्दा सहकारीहरुको जनविश्वास घट्दै जानुले असल सहकारी लाई पनि असर परेको बताउदै आगामी दिनमा बागमती प्रदेश सहकारी संस्थाको सदस्य हुने,राष्ट्रिय सहकारी बैंक मार्फतको कारोबार र च्वाइस नेपाल र शिखर बचतको सम्बन्ध लाई निरन्तरता दिदै सदस्य हितकोषको व्यवस्था गर्ने भावी रणनीति भएको उल्लेख गर्दै बचतमा आकर्षक योजना हरु ल्याइयको प्रतिबेदन प्रस्तुत गर्दै च्वाइस नेपाल संगको साझेदारीमा उत्कृष्ट कृषक तथा उद्यमी पुरस्कार,व्यावसायिक तालिम,टनेल बितरण ,रिवेट कार्यक्रम हरु गर्दै आइरहेको प्रतिबेदन प्रस्तुत गरे। तेसै गरि संस्थाका कोषाध्यक्ष मनोज रायमाझीले आर्थिक वर्ष २०७७/०७८ मा संस्थाको सेयर पुँजी १ करोड २४ लाख २४ रहेकोमा आर्थिक बर्ष २०७८/०७९ मा १ करोड ३८ लाख पुगेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ५ करोड ७९ लाख निक्षप संकलन गर्दै ६ करोड ४४ लाख रुपैया लगानी बाट १७ लाख मुनाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गरे १३ सय भन्दा बढी सदस्य संख्या रहेको संस्थाको वार्षिक कारोबार ९ करोड २० लाख पुगेको छ। साधारणसभाको अवसरमा शुभकामना दिदै प्रमुख अतिथी थाहा नगर उपप्रमुख भरत गोपालीले उत्पादनसँग सदस्यलाई जोड्ने गरी आयातलाई प्रतिष्थापन गर्न सामाजिक उद्यमशीलताको क्षेत्रमा अगुवाई गर्न शिखर बचतलाइ लाई आग्रह गरे वहाँले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको धारणा राख्नु भएको थियो । साधारणसभाको अवसरमा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कार बाट १० जना सदस्यलाई सम्मानित गरियो सम्मानित हुनेमा किरण गोपाली,सरोज उप्रेती,श्याम थापा, भवानी श्रेष्ठ ,सुनिता कुवर,रत्न कुमारी गोले,होटल पाइनस,श्यामकाजी गोपाली,बिक्रम  रायमाझी,रामशरण बिष्ट रहे वहाँ हरुलाइ प्रमुख अतिथी उपप्रमुख गोपालीले नगद तथा सम्मानपत्र द्वारा सम्मानित गरे भने संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन अन्तर्गत पालुङ क्याम्पसमा स्नातक तेश्रो बर्षमा अध्यनरत थाहा २ कि रुपा बिष्टलाई छात्रवृत्ति प्रदान गरियो,सहयोगी संस्था च्वाइस नेपाल लाई प्रसंसापत्र द्वारा सम्मानित गरियको थियो। संस्थाले साधारणसभामा हुने फजुल खर्च,लाई नियन्त्रण गर्दै तेसवाट बच्ने रकम लाई सदस्य हितकोष मा राख्ने जानकारी दिइयो।

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...